२०८३ कार्तिक १२

कप्तान सन्दीप भन्छन्- बलिङमा सुधार गर्नुपर्ने ठाउँ छन् 

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपालले विजयी सुरुवात गर्‍यो। 


Advertisement


नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीलाई १५ रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो। पिएनजी ४ बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो।

कुनै समय सहज स्थितिमा देखिएको नेपालमाथि १९ ओभरसम्म दबाब परेको थियो। पिएनजीका नोर्मान भानुआ १९औं ओभरको छैटौं बलमा करण केसीको एलबिडब्लूको धरापमा परेपछि नेपाललाई राहत मिलेको थियो। लगत्तैको अर्को बलमा सिमोन अताइलाई करणले आउट गरेपछि खेल नेपालको पक्षमा परेको थियो।

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए। जसमा दोस्रो बलमा नेपालले रनआउटमार्फत अन्तिम विकेट लिएको थियो।

खेलको प्लेयर अफ दि म्याच नेपालका कप्तान सन्दीप लामिछाने भए। उनले ३ विकेट लिदा २२ रन खर्चिएका थिए।

खेलपछि कप्तान सन्दीपले त्रिवि मैदानको विकेट ब्याटिङका लागि सजिलो भएको बताए। साथै उनले नेपालको बलिङमा आफू सन्तुष्ट भए पनि सुधार गर्नुपर्ने ठाँउ रहेको बताए। 

‘ब्याटिङ गर्न राम्रो विकेट छ। हामीले राम्रो योगफल बनाएका हौं। अझै हामीले १०-१५ जोड्न सक्थ्यौं। एकदिवसीय सिरिजमा युवा खेलाडी थिए। टी-२० सिरिजमा अनुभवी खेलाडी भएकाले सजिलो भएको छ। हाम्रो लक्ष्य टी-२० सिरिज जित्ने हो। विजयी सुरूवात गर्दा खुसी छौं ,’ उनले भने।

‘बलिङमा खुसी त छु, तर केही इम्प्रुभ गर्न जरूरी छ। बलिङमा योजनाअनुसार गर्न काम गर्न सकिरहेका छैनौ।’

सिरिजमा भोलि पिएनजी र मलेसियाबीच खेल हुनेछ। नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग पर्सी प्रतिस्पर्धा गर्नेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap