२०८३ कार्तिक १२

चैत १९ गते देउवा-मोदी भेटवार्ता हुने, बनारस पनि जाने

प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन्।


Advertisement


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य केही मन्त्री र सचिवहरू सहभागी हुनेछन्।प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ। दिल्लीमा हुँदा प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वेन्कैया नायडु, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट्ने कार्यक्रम छ।

चैत २० मा नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap