२०८३ बैशाख २५

Author: Senior Editor Nima

प्रदेश १ सरकारको टोली बजेट माग्दै सिंहदरबारमा

प्रदेश १ सरकारको टोली बजेट माग्दै सिंहदरबारमा

राजनीति
ठूला विकास आयोजनाहरू सञ्चालन गर्न बजेट अभाव भएपछि प्रदेश १ सरकारको एउटा उच्चस्तरीय टोली केही दिनयता बजेट माग्दै सिंहदरबार धाइरहेको छ।  Advertisement संघ सरकारबाट प्रदेशमा हस्तान्तरित तथा प्रदेशले प्राथमिकताको सूचीमा राखेका बहुवर्षीय विकास आयोजनाहरू बजेट अभावले अघि बढ्न नसक्ने अवस्था सिर्जना भएपछि सरकारी टोली प्रधानमन्त्री, अर्थमन्त्री लगायतसँग सहयोग माग्दै सिंहदरबार पुगेको हो। चालु आर्थिक वर्षमा मात्रै प्रदेशका ठूला र बहुवर्षीय आयोजनाहरूमा ५ अर्ब रुपैयाँ हाराहारी रकम अपुग हुने अवस्था देखिएपछि सरकारी टोली संघसँग गुहार माग्न काठमाडौं पुगेको हो। प्रदेशको सरकारी टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीबाट सकारात्मक आश्वासन पाएको जनाएको छ।  मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोसहितको प्रदेशको टोलीले यह...
राजविराज द किङलाई सप्तरी प्रिमियर लिगको उपाधि

राजविराज द किङलाई सप्तरी प्रिमियर लिगको उपाधि

खेलकुद
चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किङले जितेको छ। Advertisement राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किङले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्‍यो। राजविराज द किङले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। राजविराज द किङका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट, फिर्दोश अन्सारीले २ तथा रूपेश कुमार सिंहले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज द किङले १९.१ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। द किङको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ८ छक...
गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ

गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल भए पनि पार्टीलाई खासै फरक नपर्ने बताएका छन्। Advertisement गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले एमाले बाघ भएको बताए। बाघअगाडि देखेपछि हरिण भाग्ने गरेको उनको टिप्पणी थियो। ‘गठबन्धन उहाँहरूको छनौट होइन बाध्यता हो,’ स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र तयारी कार्यशालालाई आज भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘बाघ देख्यो भने हरिण कुद्छ। यो हरिणको कुनै छनोट होइन बाध्यता हो। नत्र बाघले खाइहाल्छ।’ एमालेलाई अगाडि देखेपछि सत्तागठबन्धनले तालमेल गरेको उनले बताए। ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नु परेन त?,’ उनले भने, ‘यसले हामीलाई फरक पर्दैन। हाम्रो विजय सुनिश्चित छ। दिनदिनै हजारौं मानिस एमाले प्रवेश गरिरहेका छन्।’ उनले एमाले सरकारले गरेका महत्वपूर्ण का...
एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा

राजनीति
नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। Advertisement एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुइटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्‍याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएकोमा प्राधि...
यी हुन् बाइडेनले नेपालका लागि प्रस्ताव गरेका नयाँ अमेरिकी राजदूत

यी हुन् बाइडेनले नेपालका लागि प्रस्ताव गरेका नयाँ अमेरिकी राजदूत

राजनीति
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन्। Advertisement राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन्। २५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ। यसअघि उनी यो क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री थिए। त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) थिए। रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका थम्पसनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। थम्पसनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्...
बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्। Advertisement प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगिसकेका छन्। मन्त्री खड्का बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी भएका थिए। बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी थिए भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी रह्यो। श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदै...
स्थानीय चुनावमा अरू दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

स्थानीय चुनावमा अरू दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

राजनीति
नेपाली कांग्रेसले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जाने सर्वसम्मत निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। Advertisement ‘स्थानीय चुनावका लागि स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा भयो,’ महतले भने, ‘यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’ अब गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने पनि महतले बताए। सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने कांग्रेसले निर्णय गरेको हो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको सहकार्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २...
पूर्णबहादुर खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मेवारी

पूर्णबहादुर खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मेवारी

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । Advertisement केन्द्रीय समिति बैठकबाट निर्वाचन परिचालन समितिको संयोजकमा खडकालाई चयन गरिएको हो । अब उनले पार्टी सभापति तथा पदाधिकारीको परामर्शमा आफ्नो समितिमा रहने सदस्यहरू चयन गर्नेछन् । ...
नुवाकोटका स्थानीयले भेटे प्रधानमन्त्री देउवालाई

नुवाकोटका स्थानीयले भेटे प्रधानमन्त्री देउवालाई

राजनीति
नुवाकोटका स्थानीय बासिन्दासहित प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन्। Advertisement जिल्लाका विकास निर्माणलगायत विषयबारे नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतसहित स्थानीयले आज बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेका हुन्। उनीहरूले ककनी सडक अलपत्र रहेकोले निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए। उक्त बाटो तत्काल पूरा गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिनुपर्ने माग उनीहरूको थियो। साथै बञ्चरेडाँडाको डम्पिङ साउटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको महतले बताए। उनीहरूले मागसहित ज्ञापन पत्र पनि बुझाएका छन्। जसमा नुवाकोटका विभन्न गाँउपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ। प्रधानमन्त्री देउवाले ...
कोलोम्बोमा परराष्ट्र मन्त्री खड्काले भेटे भारतीय समकक्षी जयशंकरलाई

कोलोम्बोमा परराष्ट्र मन्त्री खड्काले भेटे भारतीय समकक्षी जयशंकरलाई

राजनीति
श्रीलंकामा रहेका परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ।  Advertisement परराष्ट्र मन्त्रालयले मंगलबार कोलोम्बोमा दुई मन्त्रीबीच भेट भएको र दुई पक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको जनाएको छ।  खड्का र जयशंकर बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेका हुन्। जयशंकरले मंगलबार ट्वीट गर्दै रामायण सर्किटलाई अघि बढाउने विषयमा ध्यान दिन छलफलसमेत भएको जानकारी दिएका छन्।   ...