२०८१ बैशाख १२

एमालेले इमेलमा माग्यो घोषणा पत्रका लागि सल्लाह-सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय चुनावका लागि पार्टीले तयार पार्ने प्रतिवद्धता पत्र र घोषणा पत्रमा सल्लाह र सुझाव मागेको छ।


Advertisement


आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले वैशाख ३० गते हुने चुनावका लागि केन्द्रले बनाउने घोषणा पत्र र स्थानीय तहले निर्माण गर्ने प्रतिवद्धता पत्रमा समेट्नका लागि सल्लाह र सुझाव मागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

सरोकारवालाहरूले त्यस्ता सुझाव [email protected] मा इमेल गर्न सक्ने गुरूङले बताए।

प्रतिवद्धता पत्रका लागि  एमालेले चैत १६ गते हाइब्रिड भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्नेछ। उक्त कार्यक्रममा केन्द्रीय नेताहरू भौतिक रूपमा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने छन्।

केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए।

एमाले स्थायी कमिटीले निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको मात्रै समय दिने निर्णयप्रति आपत्ति जनाएको छ।

चुनावलाई प्रभावित पार्ने गरी सरकारले गरेका प्रहरीका सरूवा बढुवादेखि अन्य गतिविधि रोक्नु पर्ने उसको माग छ।

मूल्यवृद्धि नियन्त्रण गर्न  र दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले एकतर्फी रूपमा बनाइरहेको बाँध रोकी दुई पक्षीय वार्ताबाट समाधान निकाल्न एमालेले सरकारको ध्यानाकर्षण गराएको गुरूङले जानकारी दिए।

Copy link
Powered by Social Snap