२०८३ बैशाख २६

Author: Senior Editor Nima

मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

खेलकुद
नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधि रूपन्देही-११ ले जितेको छ। शनिबार सिद्धार्थनगरमा भएको फाइनल भिडन्तमा घरेलु टिम रूपन्देहीले मलेसिया-११ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो। Advertisement टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १४० रन जोड्यो। उसका लागि नजरिल रहमानले ३६ रन जोडे। बलिङमा रूपन्देहीका बसिर अहमदले २ विकेट लिए। १४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। उसका लागि प्रज्वल थापाले ७१ रन जोडे। उनले ६१ बलमा ८ चौका र २ छक्का हिर्काए। सन्दीप रजालीले ४१ रन र देव खनालले १२ रनको योगदान दिए। फाइनल अफ दि म्याच प्रज्वल घोषित भए भने प्रतियोगिताभर ११९ रन र १० विकेट लिएका रूपन्देहीका बसिर अहमद प्लेयर अफ दि सिरिज भए। ...
म राजनीतिमा किन आएँ?

म राजनीतिमा किन आएँ?

राजनीति
जब म व्यवसायिक यात्रामा थिएँ, देश-विदेश जहाँ पुग्दा पनि मैले एउटा प्रश्नको सामना गर्नुपर्थ्यो– तपाईं किन राजनीतिमा आउनुहुन्न? तपाईंजस्तो मानिस राजनीतिमा आएर देश बनाउन किन योगदान गर्नुहुन्न? Advertisement म राजनीतिमा प्रवेश गर्नुका पछाडि विश्वभर रहेका नेपाली नागरिकबाट पाएको यो प्रोत्साहनको ठूलो भूमिका छ। अहिले म राजनीतिमा छु। मलाई सोध्न थालिएको छ– तपाईं जस्तो सफल उद्यमी किन राजनीतिमा आउनु भयो? त्यसैले आज म किन राजनीतिमा आएँ र आर्थिक विकासप्रतिको मेरो दृष्टिकोण के हो भन्नेबारे उल्लेख गर्न चाहन्छु। मेरा लागि राजनीति दर्शनका ठेलीमा खोज्ने विषय होइन। नेपाली जनताको घर आँगनमा विद्यमान समस्याहरूको समाधान गर्न सक्नु नै राजनीति हो। म यसकै लागि राजनीतिमा आएको हुँ। जनताको जीवनसँग कहीँकतै नजोडिने तर विद्वता छाँट्न मात्रै गरिने राजनीति मेरा ...
गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

राजनीति
नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन्।  Advertisement ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भनिन्, ‘अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने बीचको हो। त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ।’ जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन्। उनले भनिन्, ‘प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो।’ य...
माधव नेपालको चुनावी सन्देश- एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू पस्किनुस् (भिडिओ)

माधव नेपालको चुनावी सन्देश- एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू पस्किनुस् (भिडिओ)

राजनीति
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू जनतासामू पस्किन पार्टीका नेता/कार्यकर्तालाई आह्वान गरेका छन्।  Advertisement स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गरेका छन्। 'हामीले किन हाम्रो पुरानो पार्टी एमाले छोडेर विद्रोह गर्नुपर्‍यो। एक-एक प्रमाण र तथ्य दिनुस्। त्यसपछि विपक्षीले केही बोल्न सक्ने छैनन्। झूटा आरोपमा चोटिलो जवाफ दिनुस्,' नेपालले भनेका छन्।  उनले आफ्नो पार्टीको नीति कम्युनिष्ट आन्दोलनको हितको खातिर अघि बढाएको पनि उल्लेख गरेका छन्।  नेकपा एमालेलाई लक्षित गर्दै उनले त्यो कम्युनिष्ट पार्टीले बाटो बिराएको बताएका छन्। 'उनीहरूले बाटो बिराएका छन्। दक्षिणपन्थी भासिएका छन्। उनीहरूमा व...
कोलकातामाथि हैदराबादको सानदार जित

कोलकातामाथि हैदराबादको सानदार जित

खेलकुद
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ। Advertisement योसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा उक्लिएको छ। कोलकाताले जितको लागि दिएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।  हैदराबादलाई लगातार तेस्रो जित दिलाउन राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे। राहुल त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाउँदा माक्ररम ३६ बल खेल्दै ६ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे।  ओपनर अभिषेक शर्मा ३ रनमा आउट हुँदा कप्तान केन विलियम्सनले १७ रन जोडेका थिए। निकोलस पुरन ५ रनमा अविजित रहे। तेस्रो विकेटका लागि एडेन माक्ररम र राहुल त्रिपाठीले ९४ रनको साझेदारी गर्दै साानदार जितको आधार तय गरे। कोलकाताका ...
एन्फा निर्वाचन : यी हुन् बी डिभिजनबाट मताधिकार पाउने ११ क्लब

एन्फा निर्वाचन : यी हुन् बी डिभिजनबाट मताधिकार पाउने ११ क्लब

खेलकुद
आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बी डिभिजनबाट मताधिकार पाउने क्लबको टुंगो लागेको छ। Advertisement शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनमार्फत मताधिकार पाउने क्लबको टुंगो लागेको हो। बी डिभिजनका १४ क्लबमध्ये  ११ टिमले एन्फा निर्वाचनका लागि मताधिकार पाउने व्यवस्था छ। त्यसको लागि निर्वाचन समितिले शुक्रबार निर्वाचन गराएको थियो। सामाजिक युवा क्लब, वीरगन्ज युनाइटेड र झन्सिखेलबाहेक अन्य ११ टिमले मताधिकार पाएका छन्। मताधिकार पाउने क्लबमा श्री भगवती क्लब, आरसिटी, मध्यपुर युथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार, बाँसबारी, चर्च ब्वाइज, सरस्वती, श्री कुमारी र ब्वाइज युनियनले मताधिकार पाएका छन्। खुमलटारले सर्वाधिक १४ मत पाउँदा  वीरगन्जले सबैभन्दा कम २ मत ...
संखुवासभामा कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने

संखुवासभामा कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने

राजनीति
नेपाली कांग्रेसले संखुवासभामा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने भएको छ। Advertisement वैशाख ३० गते हुने स्थानीय चुनावमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने केन्द्रमा निर्णय भएको थियो। जसअनुसार जिल्लामा पनि गठबन्धनमा रहेका दलका नेताहरूबीच पाँचपटकसम्म बैठक भएको थियो। लगातार बैठक गरे पनि माओवादी मिलेर जाने पक्षमा नदेखिएको कांग्रेसको आरोप छ। कांग्रेसका जिल्ला सभापति दीपक खड्काले माओवादीसँग गठबन्धन नगर्ने निर्णयमा पुगिएको बताए। ‘दिनरात बैठक बसेर छलफल गरे पनि माओवादीले गठबन्धनलाई चुनावसम्म लैजान चाहेको जस्तो देखिएन,’ उनले भने, ‘आवश्यकताभन्दा बढी दाबी गर्ने र नेकपा एकीकृत समाजवादीलाई माओवादीले स्वीकार नगरेको देखियो।’ उनले गठबन्धनमा रहेका अन्य दलहरूसँग भने चुनावी तालमेलबारे छलफल भइरहेको बताए। ‘गठबन्धनका अरू दलसँग छलफ...
प्याट्रिओट्स कप : ब्लु बर्ड र गोल्डेनगेट उपाधिका लागि भिड्ने

प्याट्रिओट्स कप : ब्लु बर्ड र गोल्डेनगेट उपाधिका लागि भिड्ने

खेलकुद
एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिओट्को आयोजनामा भइरहेको प्याट्रिओट्स कपको उपाधिका लागि ब्लु बर्ड कलेज र गोल्डेगेट इन्टरनेसनल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ। Advertisement शुक्रबार भएको सेमिफाइनलमा आ-आफ्ना खेल जित्दै दुवै टिमले उपाधि भिडन्त पक्का गरेका हुन्। उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ। ब्लु बर्डले एपेक्स कलेजलाई ११९ रनको फराकिलो अन्तरले हरायो। पहिले ब्याटिङ गरेको ब्लु बर्डले ३ विकेटको क्षतिमा २०७ रन जोड्यो। उसका लगि दीपक डुम्रेले ७४ रन तथा सचिन लेखकले ५४ र दुर्गेश क्षेत्रीले ५० रन जोडे। २०८ रनको लक्ष्य पछ्याएको एपेक्स ८८ रनमा अलआउट भयो। अर्को सेमिफाइनलमा गोल्डेनगेटले हिमालयन ह्वाइट हाउसलाई ६ विकेटले हरायो। ह्वाइटहाउसले दिएको १०३ रनको लक्ष्य गोल्डेनगेटले ४ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्‍यो। ...
स्थानीय चुनावबारे छलफल गर्न प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई

स्थानीय चुनावबारे छलफल गर्न प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई

राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गृहमन्त्री बालकृष्ण खाणसँग छलफल गरेका छन्। Advertisement वैशाख ३० मा हुने स्थानीय चुनावमा सहभागी हुनेबारे उनीहरूको भेटवार्ता केन्द्रित थियो। विप्लव नेतृत्वको पार्टीले चुनावमा सक्रिय सहभागिता भने नजनाउने निर्णय गरेको थियो। तर प्रकाण्डले पछिल्लो समय निर्वाचन आयोग र मन्त्रीहरूसँग चुनावबारे छलफल गरिरहेका छन्। गृहमन्त्रीसँगको भेटमा प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए। त्यसका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा हुनुपर्ने उनले बताए। गृहमन्त्री खाणले कानुनअनुसार फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका थिए। ...
विश्व जुनियर टेनिसमा नेपालका तीन खेलाडी भिड्ने

विश्व जुनियर टेनिसमा नेपालका तीन खेलाडी भिड्ने

खेलकुद
आइटिएफ विश्व जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ। Advertisement बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा रामेश्वर थापा छन्। टिम स्पर्धामा खेल हुने छ। दुई सिंगल्स र एक डबल्समा खेल खेलाइने छ। गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो। टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रबार एक कार्यक्रम बिदाइ गरिन्। ...