रूकुम-पश्चिममा गठबन्धनबीच कुरा मिलेन, माओवादीले एक्लै टुंग्यायो आफ्ना उम्मेदवार
सत्ता गठबन्धन दलबीच रूकुम पश्चिममा पनि कुरा मिल्न सकेको छैन।
Advertisement
केही दिनदेखि चलिरहेको गठबन्धनबीचको छलफलबाट निष्कर्ष ननिस्किएपछि सोमबार माओवादी केन्द्र रूकुम-पश्चिमले एकलौटी स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेको छ।
माओवादीको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ जिल्लामा गठित उम्मेदवार छनोट तथा सिफारिस समितिको बैठक बसी पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ।
नेकपा माओवादी केन्द्र रूकुम पश्चिमका प्रचारप्रसार विभाग प्रमुख ध्रुब बुढाथोकीका अनुसार उनीहरूको नाम प्रदेश समितिमा पठाइसकिएको छ।
समितिले जिल्लाको चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी कुमारी शर्मा बीएम, आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही, मुसिकोट नगर...









