२०८३ बैशाख २६

Author: Senior Editor Nima

ओलीले लमजुङ पुगेर भने- अब एमाले प्रतिपक्षमा बस्दैन

ओलीले लमजुङ पुगेर भने- अब एमाले प्रतिपक्षमा बस्दैन

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी प्रतिपक्षमा बस्ने पार्टी नभएको बताएका छन्। Advertisement लमजुङको घलेगाउँमा शुक्रबार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि अब एमाले प्रतिपक्षमा नबस्ने दाबी गरेका हुन्। ‘यहाँहरूलाई थाहा छ, अहिले नेकपा एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन। जालझेल गरेर एक छिन प्रतिपक्षमा पुर्‍याए पनि हामी फेरि सरकारमा पुग्छौं’, उनले भने, ‘यसलाई लागि तपाईहरूको सहयोग र साथ चाहिन्छ।’ एमालेले देश र जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको स्मरण गराए। ‘एमालेले जनताको चाहना बुझेको छ। जनताको समृद्धिको चाहना बुझेको छ। त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ’, उनले भने,‘बाटा घ...
नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपिएफको सान्त्वना जित 

नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपिएफको सान्त्वना जित 

खेलकुद
रूपन्देहीमा संचालन भइरहेको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सान्त्वना  जित हात परेको छ। Advertisement यसअघि नै समूह चरणबाट बाहिरिएको एपिएफले मंगलबार समूह चरणको अन्तिम खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्‍यो। ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य एपिएफले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफका लागि कप्तान प्रदीप ऐरीले नटआउट ५२ रन जोडे। उनले ५८ बलमा ६ चौका हिर्काए। दीपक बोहराले ४२ रन बनाए। त्यसअघि ट्यालेन्ट हन्टले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२५ रन जोड्यो। उसका लागि ओपनर असादुरजमानले सबैभन्दा बढी ३० रन जोडे। बलिङमा एपिएफका भुवन कार्की र प्रदीप ऐरीले २-२ विकेट लिए। समूह 'बी' यसअघि नै त्रिभुवन आर्मी र उत्तरप्रदेश-११ सेमिफाइनलमा पुगिसकेका छन्।   ...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

राजनीति
सत्तारूढ गठबन्धनका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताको सहभागिता छ। Advertisement बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच तालमेलसहित विभिन्न विषयमा छलफल भएको छ। गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन्। ...
ऋण लिएर, चन्दा उठाएर ए डिभिजनमा पुगेको खुमलटार युथ क्लब

ऋण लिएर, चन्दा उठाएर ए डिभिजनमा पुगेको खुमलटार युथ क्लब

खेलकुद
खुमलटार युथ क्लबका लागि गत आइतबार ऐतिहासिक दिन सावित भयो। २०६१ सालमा स्थापना भएको क्लब  १७ वर्षपछि नेपाली फुटबलको शीर्ष डिभिजनमा बढुवा भयो। Advertisement गत वर्ष अभागी सावित भएको खुमलटारलाई यसपटक भने भाग्यको साथ थियो। सहिद स्मारक बी डिभिजन लिगको अन्तिम खेलमा खुमलटारलाई आफूले जितेर मात्र पुग्नेवाला थिएन, गर्विलो इतिहास बोकेको रानीपोखरी कर्नर टिम (आरसिटी) ले अंक गुमाउनु पर्ने अवस्था थियो। नभन्दै त्यस्तै भयो, अन्तिम दिन खुमलटारले सामाजिक युथ क्लबलाई २-१ ले पराजित गर्दा आरसिटी बराबरीमा रोकियो। आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा अंक गुमाएको थियो। खुमलटारका लागि ए डिभिजनमा पुग्न आत्मघाती गोलको भूमिका थियो। सामाजिक युथविरूद्ध खुमलटारका सबिन केसीले १४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ५७ मिनेटमा सामाजिकका सुरेश ख...
विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या देखापर्‍यो: झलनाथ खनाल

विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या देखापर्‍यो: झलनाथ खनाल

राजनीति
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताएका छन्। Advertisement विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ। तर चरम आर्थिक संकट भने आइसकेको छैन।’ पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचन सर्ने हल्लामा कुनै सत्यता नरहेको बताए। उनले वर्तमान स्थितिमा मुलुकलाई गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय स्तरमा गठबन्धन गरी निर्वाचनमा जाने  बताए। उनले मुलुकलाई सही दिशामा ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको चर्चा गर्दै आगामी निर्वाचनमा सत्तामा रहेका दलहरूबीच गठबन्धन गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए।    &...
गुजरातको पहिलो हार, शीर्ष स्थानमा उक्लने मौका गुमायो

गुजरातको पहिलो हार, शीर्ष स्थानमा उक्लने मौका गुमायो

खेलकुद
अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो हार व्यहोरेको छ। Advertisement सनराइजर्स हैदराबादले गएराती गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जित निकाल्दै गुजरातको अपराजित यात्रामा पूर्णविराम लगायो। यो सँगै गुजरातको शीर्ष स्थानमा उक्लने मौका गुम्यो।  १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। हैदराबादको जितमा कप्तान केन विलियम्सनको अर्धशतकीय पारी खेले। १७ औं ओभरको पहिलो बलमा आउट हुनुअघि केन विलियम्सनले ४६ बलमा २ चौका र ४ छक्कासहित ५७ रनको योगदान दिए। ओपनर अभिषेक शर्मा ४२ रनमा आउट भए। शर्माले विलियम्सनसँग पहिले विकेटका लागि ८.५ ओभरमा ६४ रनको साझेदारी गरेका थिए।  यस्तै निकोलस पुरनले १८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउँदा एडेन माक...
केन्द्रबाटै उम्मेदवार तोके सत्तागठबन्धनलाई गाह्रो पर्छ: शेखर कोइराला

केन्द्रबाटै उम्मेदवार तोके सत्तागठबन्धनलाई गाह्रो पर्छ: शेखर कोइराला

राजनीति
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय चुनावका लागि उम्मेदवार सिफारिस गर्दा महानगरबाहेक अन्यत्र केन्द्रबाटै उम्मेदवार नतोक्न आग्रह गरेका छन्। Advertisement केन्द्रबाटै पालिकास्तरको उम्मेदवार तोक्ने निर्णय भएमा कांग्रेसलाई मात्र नभई सत्तागठबन्धनका सबै दलहरूलाई अप्ठ्यारो पर्ने उनले बताए। ‘आवश्यकता र औचित्यका आधारमा तालमेल गर्न सक्ने केन्द्रीय समितिले निर्णय गरेको छ,’ निजामती कर्मचारी युनियनले आज काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले भने, ‘महानगरको उम्मेदवार केन्द्रले तोक्ने हो। उपमहानगर र नगरपालिकाको प्रदेशबाट र वडाको क्षेत्रले उम्मेदवार तोक्ने हो, केन्द्रबाट नतोकौं।’ उनले वैशाख ३० मै स्थानीय चुनाव हुने पनि बताए। पाँचदलीय गठबन्धन चुनावमा मिलेर जाने भएकोले प्रदेश, जिल्ला र पालिकास्तरबाट नै दलका प्रतिनिधिहरूले छलफल गरेर उम्मेदवार तोक्नुप...
पेट्रोलियम खपत २० प्रतिशत घटाउने विकल्पबारे मुख्यसचिव नेतृत्वको कार्यदलले अध्ययन गर्दै

पेट्रोलियम खपत २० प्रतिशत घटाउने विकल्पबारे मुख्यसचिव नेतृत्वको कार्यदलले अध्ययन गर्दै

राजनीति
अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेनलमा अर्थमन्त्री जनार्दन शर्मा। अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियमको मूल्य बढ्दै गएपछि खपत घटाउने विभिन्न विकल्पमा सरकारले अध्ययन सुरू गरेको बताएका छन्। Advertisement अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले इन्धन खपत २० प्रतिशत घटाउन सार्वजनिक विदाको दिन सरकारी गाडी नचलाउने र सार्वजनिक विदा थप्ने विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लगिएको जानकारी दिए। सार्वजनिक विदा बढाएर दुई दिन गर्नेबारे गृहकार्य भइरहेको कुरा यसअघि नै आएको थियो। मन्त्रिपरिषदमा छलफल क्रममा रहेको उक्त प्रस्तावमाथि मुख्य सचिव नेतृत्वको कार्यदलले अध्ययन गरिरहेको पनि अर्थमन्त्री शर्माले बताएका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै अर...
गठबन्धनलाई ओलीको व्यंग्य: पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन

गठबन्धनलाई ओलीको व्यंग्य: पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘खैजडी सरकार’को उपमा दिँदै वैशाख ३० गते हुने स्थानीय तहको चुनाव रोक्ने कोसिस गरिरहेको आरोप लगाएका छन्।  Advertisement सोमबार बझाङको चैनपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले अध्यादेश र नक्कली कानुन ल्याएर सरकारले चुनाव सार्न र  जनप्रतिनिधिविहीन अवस्थामा देशलाई पुर्याउन खोजेको भन्दै आरोप लगाएका हुन्। वैशाख ३० को स्थानीय तहको निर्वाचन व्यवस्थित तरिकाले निर्वाध रूपमा हुनुपर्ने उनले बताए।  ‘यो सरकारले अजम्बरी बुटी पाएको नसम्झे हुन्छ, एमालेले चाहे सात दिनमै यसको जरा उखेर फाल्न सक्छ, तर अहिले चुनाव विथोल्ने निहुँ नपाऊन् भनेर चुप लागेका छौं,’ ओलीले भने।  अघिल्लो स्थानीय चुनावमा पनि बझाङमा कांग्रेस–माओवादी मिले पनि एमाले एक्लैले आठ पालिकामा जितेको थियो भने एकमा उपप्रमुख जितेको ...
कांग्रेसबाट भरतपुरको मेयरमा २५, उपमेयरमा २४ जना आकांक्षी

कांग्रेसबाट भरतपुरको मेयरमा २५, उपमेयरमा २४ जना आकांक्षी

राजनीति
नेपाली कांग्रेस चितवनका २५ जना नेताहरूले भरतपुरको मेयरमा दाबी गरेका छन्।  Advertisement सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि यहाँ मेयर र उपमेयर पदमा आकांक्षा राख्नेको संख्या धेरै देखिएको छ।  उपमेयर पदमा पनि  २४  जनाले दाबी गरेको महानगर सभापति चित्रसेन अधिकारीले बताए।  नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र जिल्ला समितिको परिपत्रका आधारमा महानगर समितिले मेयर र उपमेयर पदका आकांक्षीलाई चैत २७ र २८ गते भित्र मनोनयन दर्ता गर्न आह्वान गरेको थियो। यो अवधिमा मेयर पदमा केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, पार्टीका बागमती प्रदेशका कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद...