२०८३ कार्तिक १२

स्थानीय चुनावबारे छलफल गर्न प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गृहमन्त्री बालकृष्ण खाणसँग छलफल गरेका छन्।


Advertisement


वैशाख ३० मा हुने स्थानीय चुनावमा सहभागी हुनेबारे उनीहरूको भेटवार्ता केन्द्रित थियो।

विप्लव नेतृत्वको पार्टीले चुनावमा सक्रिय सहभागिता भने नजनाउने निर्णय गरेको थियो। तर प्रकाण्डले पछिल्लो समय निर्वाचन आयोग र मन्त्रीहरूसँग चुनावबारे छलफल गरिरहेका छन्।

गृहमन्त्रीसँगको भेटमा प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए। त्यसका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा हुनुपर्ने उनले बताए।

गृहमन्त्री खाणले कानुनअनुसार फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap