२०८१ बैशाख १४

मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधि रूपन्देही-११ ले जितेको छ। शनिबार सिद्धार्थनगरमा भएको फाइनल भिडन्तमा घरेलु टिम रूपन्देहीले मलेसिया-११ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।


Advertisement


टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १४० रन जोड्यो। उसका लागि नजरिल रहमानले ३६ रन जोडे।

बलिङमा रूपन्देहीका बसिर अहमदले २ विकेट लिए।

१४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। उसका लागि प्रज्वल थापाले ७१ रन जोडे। उनले ६१ बलमा ८ चौका र २ छक्का हिर्काए।

सन्दीप रजालीले ४१ रन र देव खनालले १२ रनको योगदान दिए।

फाइनल अफ दि म्याच प्रज्वल घोषित भए भने प्रतियोगिताभर ११९ रन र १० विकेट लिएका रूपन्देहीका बसिर अहमद प्लेयर अफ दि सिरिज भए।

Copy link
Powered by Social Snap