२०८१ बैशाख २२

प्रेम आले भन्छन्– म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुठ




काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुठ भएको बताएका छन् ।



Advertisement



पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुठ हो । मेरो भनाइ यही हो ।”

आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

आले पछिल्लो समय अश्लील गालीका कारण विवादित बन्दै आएका छन् । 

Copy link
Powered by Social Snap