२०८० चैत्र १६

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छ : अध्यक्ष नेपाल




काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताएका छन् ।



Advertisement



पार्टीको केन्द्रीय प्रचार विभागले आज (बुधबार) जिल्ला अध्यक्षहरूसँग गरेको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई पुर्‍याउनुपर्नेमा जोड दिए ।

महासचिव डा बेदुराम भुसालले मुलुकमा संविधान र राजनीतिक प्रणालीको संरक्षण गर्न तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरी स्थापना गरिएको उक्त पार्टी जनतालाई सामाजिक न्याय, समानताका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय प्रचार विभागले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सीमित स्रोत र साधनबाट विभिन्न चुनावी प्रचार सामग्री उत्पादन गरेको बताउँदै प्रदेश, जिल्ला कमिटीले गठन गरेको प्रचार विभागलाई केन्द्रले समन्वय गर्ने बताए । 

प्रचार विभाग उपप्रमुख एवं समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले आफ्नो संस्थाले अहिलेसम्म ४० जिल्लामा सङ्गठन विस्तार गरेको जानकारी दिँदै बाँकी स्थानमा पार्टीसँग समन्वय गरी गठन गरिने र प्रदेशस्तरीय भेला छिट्टै गरिने बताए । रासस

Copy link
Powered by Social Snap