२०८१ बैशाख १५

गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन




जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ।



Advertisement



मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरु हुने भएकोले जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो।

प्रभावमा आधारित पूर्व सचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण र जनधनको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसाथ पूर्व सूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जानकारी दिए।

डा. उप्रेतीले विषयगत समितिलाई बिहीबार मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउनसक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण दिएका थिए। टास्क फोर्सका संयोजकसमेत रहेका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे।

उनले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका घटनाबारे जन समुदायलाई पूर्व सूचीत गराउने प्रमुख उद्देश्य राखेको बताए।

नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि विपद् व्यवस्थापन अन्तर्गत प्रभावमा आधारित पूर्व सूचना प्रणालीका लागि १ अर्ब ६१ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

Copy link
Powered by Social Snap