२०८१ बैशाख १४

राप्रपामा पशुपति शमशेरदेखि महामन्त्री पाठकसम्म समानुपातिकमा 




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले समानुपातिक रोजेका छन् । 



Advertisement



स्रोतका अनुसार पूर्वअध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी समानुपातिकमा बसेका छन् । 

त्यस्तै, महामन्त्री भुवन पाठक प्रदेशतर्फ समानुपातिक सूचीमा छन् । नेता बुद्धिमान तामाङ पनि समानुपातिकमा बसेका ती नेताले जानकारी दिए । 



निर्वाचन आयोगमा सोमबार समानुपातिक सूची बुझाइए पनि त्यसमा शंसोधन हुने ती नेताको भनाइ छ । 

“समानुपातिक सूची त बुझायौँ । अझै छलफलमा नै छौँ । समानुपातिक सूचीबारे विवाद नै छ । यसमा संशोधन हुन्छ,” ती नेताले भने ।

Copy link
Powered by Social Snap