२०८१ बैशाख ११

लुम्बिनीकाे राजधानी निर्माण छिटै सक्नेगरी लाग्न मुख्यमन्त्री केसीको निर्देशन





बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको आयोजना स्थायी राजधानी निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।



Advertisement



उनले राजधानी निर्माण कार्य प्रगतिमा पूणर्ता दिन राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

प्रदेश पर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका (देउखुरी) दाङले आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित सहर विकास गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले कार्यसम्पादन समयभित्र गर्नेगरी काम गर्न आग्रह गरे ।



कार्यक्रममा जग्गा एकीकरणका लागि कार्यक्रममा एकीकरण कार्यदलका संयोजक श्यामेर चौधरीलाई पनि सपथ ग्रहण गराउँदै मुख्यमन्त्री केसीले जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभइ साझा विषय भएकाले यस कार्यमा लाग्नका लागि आग्रह समेत गरे ।

कार्यक्रममा जग्गा एकीकरण विज्ञ  सुर्यभक्त सांघाछी र जग्गा एकीकरण कार्यदलका सदस्य पदम बैद्धिकले समेत प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा प्रदेश पूर्वाधार प्राधिकरणका सीईओ छवि पोख्रेलेले राजधानी निर्माणको कार्यलाई कार्यतालिका बनाएर नै अगाडि बढाइने बताए ।

Copy link
Powered by Social Snap