२०८३ बैशाख २१

Author: Raunak

संघीयता लौकाको चिचिला होइन : मन्त्री जितेन्द्र सोनल

संघीयता लौकाको चिचिला होइन : मन्त्री जितेन्द्र सोनल

देश, राजनीति, समाचार
२२ कात्तिक, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्बाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री नै प्रदेशको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् । ‘संघीय सरकार संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पर्दैन भन्छ । संविधानले प्रदेशलाई दिएको अधिकार कानुन बनाएर कटौति गर्न लागि परेको छ’ उनले भने, संघीयता लौकाको चिचिला होइन, जसलाई हातको औला देखाएपछि मुर्झाउँछ ।’ Advertisement मधेसी, आदिवासी जनजाति, दलित मुस्लिमलगायत सबैको छोराछोरीले शाहदत दिएर संघीयता ल्याएको भन्दै उनले कसले चाहँदैमा यसलाई उल्टाउन नसक्ने बताए । पर्साको बहुदरमाई नगरपालिका-२ पिपरामा आयोजित बहुउपयोगी आकस्मिक भवनको शिलान्यास गर्दै प्रदेश सरकारका मन्त्री सोनलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असान्र्दभिक विचार र नेतृत्व हावी भएको बताए । राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले...
मुटु प्रत्यारोपण तयारी, बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन

मुटु प्रत्यारोपण तयारी, बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्ष भित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरुआत गरेको छ ।  हाल प्रदेश १ का मुटुका बिरामी उपचारका लागि काठमाडौँ तथा भारतको दिल्ली र भेलोर जानुपर्ने अवस्थालाई अन्त्य गर्न  शिक्षण अस्पतालको सो तयारी थालेको हो ।  Advertisement यसका लागि अस्पतालले चिकित्सक, पूर्वाधार तथा उपकरण सहित आन्तरिक तयारी द्रुत रुपमा अगाडि बढाएको अस्पतालका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँले जानकारी दिए ।  अस्पतालले विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सकसँगको समन्वयमा मुटु सम्बन्धी गुणस्तरीय सेवा सञ्चालन गर्दै आएको छ । उनले भने “अब अस्पतालले मुटु प्रत्यारोपणको योजना अघि सारेको छ । यो कार्य चुनौती भएपनि हामी सफलता हासिल गर्छौ । ”  हालै मात्र अस्पतालले मुटु रोगको सम्पूर्ण उपचारका  लागि...
देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।  Advertisement यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।  आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मना...
एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। Advertisement उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया ...
प्रहरीले पटकासहित चार जना नियन्त्रणमा लिए

प्रहरीले पटकासहित चार जना नियन्त्रणमा लिए

देश, समाचार, सामाजिक
सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।  पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।  Advertisement ...
समवेदना : स्व. यज्ञनिधि पन्त

समवेदना : स्व. यज्ञनिधि पन्त

मिश्रित, समवेदना
हाम्रा प्रात: स्मरणीय, परम्पुज्य पिता श्री यज्ञनिधि पन्तको २०७७/०७/१० ९४ वर्षको उमेरमा भएको स्वर्ग आरोहणले हामी सम्पूर्ण परिवार जन अत्यन्त स्तब्ध र शोकाकुल छौं। बुवाको असामयिक स्वर्गवास भएको आज १३ औँ दिनको पुण्यतिथिमा बुवाको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।  श्रीमतीहरु :दीपा कुमारी पन्त, स्व. दुर्गा देवी पन्त र स्व. जिता कुमारी पन्त  छोरा/बुहारी : गेहराज / पुष्पा पन्तवासुदेव/ निर्मला पन्तगोविन्द प्र./ सुमित्रा पन्तदुर्गा मणि/ यमा पन्तगणेश कुमार/ प्रमिला पन्तऋषिराज/ शारदा पन्तपोषण राज/ राधा पन्त  छोरीहरू: पुष्पा देवी खनाल र योगमाया न्यौपाने  तथा समस्त पन्त परिवार (रानिपुर, बर्दिया) Advertisement ...
नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ

नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजेको देखि ४ बजेसम्म चलेको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । चौथो दिन पनि नेताहरुले धारणा राखेरै बैठक टुंगिएको छ । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसी, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, देउवा पक्षका एनपी साउदलगायतले धारणा राखेका थिए ।  जारी बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रको पक्षमा धारणा राखेका थिए । संस्थापन पक्षीय नेताहरूले भने त्यसको प्रतिवाद गरेका थिए । Advertisement पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत न...
काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
काठमाडौं । नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना सक्रमणपछि बडु, पाण्डे, परियार, यादव, सिद्दिकी र घिमिरेला होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणमा उनीमा कोरोना संक्रमण देखिएको हो । Advertisement शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो । पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका ल...
कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । बुटवलको कोरोना विषेश असपतालमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका वाड नं. १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलका आज मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा.बिष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको हो । संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
ओली संग अन्तिम वार्ता गर्न ५ नेता जाने : नारायण काजी श्रेष्ठ

ओली संग अन्तिम वार्ता गर्न ५ नेता जाने : नारायण काजी श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । Advertisement बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो । त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए । प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष ओलीसँग सल्लाह गरेरै डाकिएको प्रस्ट पारे । आजको अनौपचारिक बैठकमा अध...