२०८१ बैशाख ८

मुटु प्रत्यारोपण तयारी, बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन

झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्ष भित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरुआत गरेको छ । 

हाल प्रदेश १ का मुटुका बिरामी उपचारका लागि काठमाडौँ तथा भारतको दिल्ली र भेलोर जानुपर्ने अवस्थालाई अन्त्य गर्न  शिक्षण अस्पतालको सो तयारी थालेको हो । 


Advertisement


यसका लागि अस्पतालले चिकित्सक, पूर्वाधार तथा उपकरण सहित आन्तरिक तयारी द्रुत रुपमा अगाडि बढाएको अस्पतालका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँले जानकारी दिए । 

अस्पतालले विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सकसँगको समन्वयमा मुटु सम्बन्धी गुणस्तरीय सेवा सञ्चालन गर्दै आएको छ । उनले भने “अब अस्पतालले मुटु प्रत्यारोपणको योजना अघि सारेको छ । यो कार्य चुनौती भएपनि हामी सफलता हासिल गर्छौ । ”

 हालै मात्र अस्पतालले मुटु रोगको सम्पूर्ण उपचारका  लागि अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा  ल्याएको छ ।   करिव  ५० करोड रुपैयाँको लगानीमा प्रदेश १ मा पहिलोपटक सो सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । कार्यकारी निर्देशक प्रसाईले सस्तो र गुणस्तरीय सेवा चिकित्सकीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको जानकारी दिए ।  
 
हाल क्याथल्याव सेवाबाट ६ जना बिरामीको उपचार हुँदै आएको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा उमेश यादवले जानकारी दिए।  उनले मुटु रोगको उपचार बिधिका बारेमा जानकारी दिँदै अस्पतालको उपचार सेवा  नेपालकै उच्च प्रविधियुक्त र सुविधासम्पन्न भएको दाबि समेत गरे । 

स्वदेश र विदेशका  समेत मुटुरोगका विशेषज्ञ चिकित्सककोे लामो अनुभवको सेवा अब वि एण्ड सीबाट  उपलब्ध हुने  अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

तीनसय श्ययाको सो अस्ततालले गतवर्षदेखि प्रदेश १ मा नै पहिलो पटक क्यान्सर उपचार सेवा शुरुआत  गरेको थियो । अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा समेत प्रदान गर्दै आएको छ ।

पछिल्लो समय अस्पतालले कोरोना भाइरसका बिरामीलाई समेत उत्कृष्ट सेवा प्रदान गर्दै आएको अधिकृत गिरीले बताए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap