२०८३ बैशाख २१

Author: Raunak

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक

देश, राजनीति, समाचार
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका छन् ।  Advertisement अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।  नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठक बस्न अस्वीकार गर्दै आएका थिए । साभार: रातोपाटी ...
किसान उत्साहित ,तीन वर्षमै फल्यो किबी

किसान उत्साहित ,तीन वर्षमै फल्यो किबी

देश, समाचार
गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।  ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउँछन् ।  पैँतीस वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैँ उत्साहित बनाउँछ । गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए । गाउँपालिका गठनपछि आर्थिक वर्ष २०७४/०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो । परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा न...
कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए : झापा

कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए : झापा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । Advertisement कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।  उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् । पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, ...
प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाको मृत्यु भएको छ ।विराटनगरमा होम आइसोलेसनमा बसेका एकजना र अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको हो । मृतकमा मुटुसम्बन्धि रोगको पुरानै समस्या थियो । श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उनको बुधबार दिउँसो कोरोना परीक्षण गरिएकोमा साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि बित्न नपाउँदै बुधबार राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए । Advertisement विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ । उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका संक...
बेपत्ताको पहिचानका लागि खोजतलासमा सहयोग गर्न आग्रह

बेपत्ताको पहिचानका लागि खोजतलासमा सहयोग गर्न आग्रह

देश, राजनीति, समाचार
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।  आज यहाँ आयोजित कार्यक्रममा आयोगका आयुक्त डा गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए ।  उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए । Advertisement आयोगका सदस्य डा. अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए ।  अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थान...
टिपर दुर्घटनामा दुई को मृत्यु

टिपर दुर्घटनामा दुई को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा बिहीबार दुई जनाको मृत्यु भएको छ । Advertisement विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए । Credit: OnlineKhabar ...
विरोधका बीच भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवी प्रदान

विरोधका बीच भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवी प्रदान

देश, समाचार
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपालको भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई मानार्थ महारथी पदवी प्रदान गरिएको छ।  एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई महारथी पदवी प्रदान गरेकी हुन् । नेपाल र भारत सैनिक इतिहासमा एकअर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहँदै आएको छ ।  बुधबार नेपाल आएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएका थिए । सो क्रममा  बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए ।  उक्त अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए । Advertisement ...
५३ जना कोरोना संक्रमित थपिए : कर्णाली

५३ जना कोरोना संक्रमित थपिए : कर्णाली

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ५३ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये सुर्खेतका मात्रै ४० जना रहेका छन । जसमध्य थुनुवा र व्यपारी पाँच/पाँचजना, कर्मचारी ६ जना, विद्यार्थी दुईजना, नेपाल आर्मी, स्वास्थ्यकर्मी, सवारी चालक र शिक्षक एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । Advertisement त्यस्तै दैलेखका आठजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र अन्य प्रदेशका दुईजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ५७ पुगेको छ । महाशाखाको पछिल्लो...
सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई हेरेर आवश्यक दक्ष जनशक्ति परिचालन गर्ने, कोरोनाबाट हुने मृत्युदर घटाउन आवश्यक कार्य गर्नेसमेत केन्द्रको बैठकले निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । को...
यस वर्ष तनहुँमा तिहारका लागि यस्तो छ सुरक्षा व्यवस्था, देउसीभैलो खेल्न मनाही

यस वर्ष तनहुँमा तिहारका लागि यस्तो छ सुरक्षा व्यवस्था, देउसीभैलो खेल्न मनाही

देश, समाचार, सामाजिक
जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।  जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले भने, “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ ।” पछिल्लो कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो ।  स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लग...