२०८१ बैशाख १३

काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

काठमाडौं । नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना सक्रमणपछि बडु, पाण्डे, परियार, यादव, सिद्दिकी र घिमिरेला होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणमा उनीमा कोरोना संक्रमण देखिएको हो ।


Advertisement


शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो । पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका लागि बैठक सारिएको छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर पनि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन्।

यस्तै केन्द्रीय सदस्य मिन बिश्वक्रम पनि कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्य देखिएपछि अस्पतालमा छन् । कोरोना रिपोर्ट नेगेभिट आएपनि उनी पूर्ण स्वस्थ हुन सकेका छैन ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap