२०८१ बैशाख ६

देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । 


Advertisement


यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् । 

आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मनाङ र

बाजुराबाहेक अरु जिल्लामा सक्रिय संक्रमित रहेका छन् । 

Copy link
Powered by Social Snap