भक्तपुरमा मेलम्ची खानेपानीको सफल परीक्षण, ७ हजार धारामा आयो पानी
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ।
आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो।
Advertisement
खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौं खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए।
भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र ...









