२०८२ माघ १६

Author: admin

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

देश, समाचार
हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ।  यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। Advertisement उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडी मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएक...
प्रदेश–१ को नाम कोसी राख्न ओलीको सुझाव

प्रदेश–१ को नाम कोसी राख्न ओलीको सुझाव

देश, समाचार
Former PM Oli suggests name for Province 1 as Koshi झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश–१ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।   Advertisement अध्यक्ष ओलीले भने, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँको धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।” उनले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टि...
महासचिव न्यौपानेद्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा

महासचिव न्यौपानेद्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा

शिक्षा
काठमाडौँ, १८ फागुन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । Advertisement एपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ । ...
आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनीहरू मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बनाउँछन्। यीमध्ये मेथी र डल्ले खुर्सानी अचारको माग बढी छ। डल्ले खुर्स...
व्याख्यात्मक टिप्पणीमा अमेरिकाको ‘ओ के’

व्याख्यात्मक टिप्पणीमा अमेरिकाको ‘ओ के’

देश, समाचार
नेपालको मन्त्रिपरिषद र संसदले पारित गर्न लागेको अमेरिकी सहयोग परियोजना एमसिसी (MCC) र यसको व्याख्यात्मक टिप्पणीमा अमेरिकाले पनि ‘ग्रिन सिग्नल’ दिएको छ। व्याख्यात्मक टिप्पणीको मस्यौदा शनिबार अनौपचारिक रूपमा काठमाडौंस्थित राजदूतावासमार्फत् अमेरिकालाई पठाइएको थियो। Advertisement दूतावासले हिजो नै उक्त मस्यौदा वासिङ्टन डिसी पठाएको थियो। मस्यौदा पाएपछि अमेरिकीहरूले आज बिहान सात बजेसम्ममा खबर गर्ने बताएका थिए। केही साना प्राविधिक कुरामा टिप्पणीसहित अमेरिकाले आज बिहानै सो मस्यौदामा 'ग्रिन सिग्नल' पठाएको छ। ‘यो हामीले अन्तर्राष्ट्रिय सन्धीमा गरिने प्रचलनअनुसार एक पक्षीय रूपमा व्याख्यात्मक टिप्पणी लेख्न लागेका हौं। तर पनि त्यसमा अमेरिकीहरूको आपत्ति नहोस् र उनीहरूको पनि सहमति रहोस् भनेर मस्यौदा उनीहरूसँग सेयर गरेका हौं,’ एक नेताले भने। संसदबाट व...
राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट : चन्द्रप्रसाद ढकाल

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट : चन्द्रप्रसाद ढकाल

अर्थतन्त्र, आर्थिक
१२ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको उनको भनाइ छ । Advertisement ‘राजश्व संकलन शत प्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्या समेत सिर्जना भएको छ,’ पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले तरलता संकट समाधानका लागि नेपाल सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्ने बताए । संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्न...
प्रतिनिधि सभा : आज एमसीसी सम्झौताबारे छलफल हुने

प्रतिनिधि सभा : आज एमसीसी सम्झौताबारे छलफल हुने

देश, राजनीति, समाचार
१२ फागुन, काठमाडौं । प्रतिनिध सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । Advertisement संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ। गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ । एमसीसी सम्झौता पारित गर...
आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' (एमसीसी) मा छलफल हुनेछ । कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिएको छ,” उनले भनिन् ।  Advertisement प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा २ दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गर्ने गृहकार्य देउवाको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) तथा सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) सँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान...
एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

देश, राजनीति, समाचार
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले सेतोपाटीलाई जानकारी दिइन्।‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’ Advertisement उनले लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्। बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। ...
पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
उनले जम्मा दस हजार रूपैयाँ लगानीमा सुरू गरेकी हुन् यो व्यवसाय 'कति कुरा...', 'सम्झना', 'मःम माया', 'नोस्टाल्जिया'।  'घरमै प्रोडक्सन'ले करिब एक वर्षदेखि आफ्ना साना रंगीन नोटबुकलाई चिटिक्क परेका चित्रसहित यस्ता शब्दहरूले सजाएको छ। यी शब्दले युवाहरूको भाव झल्काउँछ र हरेक नोटबुकको डिजाइनपछाडि अर्थ लुकेको पाइन्छ। 'क्युट' नोटबुक, बुकमार्क र गितार जर्नल घरमै प्रोडक्सनका विशेष उत्पादन हो। यसबाहेक ब्रान्डकी सञ्चालक अनुग्रह घलेको मुख्य ध्यान भने आफ्ना उत्पादनमार्फत कलाकारका मौलिक सीप चिनाउनु हो।  बजारमा अरू कलाकारका चित्र चोरेर त्यसलाई स्टिकर वा लुगाहरूमा प्रयोग गर्ने काम अनुग्रहलाई चित्त बुझ्दैन। विदेशमा गैरकानुनी मानिने यस्तो काम हामीकहाँ कुनै डरधक गरेको देख्दा उनलाई दिक्क लाग्छ। त्यसैले उनी नयाँ काम गरेर यो प्रवृत्तिमा परिवर्तन खोजिरहेकी थिइन्।  यस...