२०८२ मंसिर २५

Author: admin

दरबार हत्याकाण्डमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने

दरबार हत्याकाण्डमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्म्सले पटकथा लेखन अन्तिम चरणमा पुगेको र आगामी वर्षको सुरुदेखि अडिसन र कार्यशाला सुरु हुने जनाएको छ । फिल्म निर्माण घोषणाको पाँच वर्षपछि निर्माता सन्तोष सेनले फिल्म निर्माण कार्य अघि बढेको बताएका हुन् । Advertisement २०५८ साल जेठ १९ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको वंशनाश भएको थियो । उक्त घटना भएको आज २१ वर्ष पुगेको छेकोमा फिल्म निर्माता सेनले प्रि–प्रोडक्सन कार्य अघि बढेको जनाए । ‘स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ र आउँदो वर्षको सुरुवातदेखि सेट डिजाइन, वर्कसप र अडिसन कार्य सुरु हुनेछ,’ सेनले भने, ‘अहिले हाम्रै टिमले तथ्य केलाउने र घटनासँग सम्बन्धित पात...
अर्थमन्त्रीको तजबिजीमा ५७ अर्ब बजेट, मनलाग्दी खर्च गर्न पाइने 

अर्थमन्त्रीको तजबिजीमा ५७ अर्ब बजेट, मनलाग्दी खर्च गर्न पाइने 

देश, राजनीति, समाचार
यसपटकको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो तजबिजीमा खर्च गर्न सक्ने गरी ५७ अर्ब रूपैयाँ बजेट छुट्याएका छन्। बजेटमा अर्थमन्त्रालय अन्तर्गत विविध शीर्षकमा करिब १ खर्ब १२ अर्ब रूपैयाँ छुट्याइएको छ। यसमा विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथि सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, विपद राहतदेखि कम्प्युटर लगातको खरिद सबै खर्चहरू तोकिएका छन्। Advertisement त्यसबाहेक विविधमै भैपरी आउने चालु र पुँजीगत खर्च अन्तर्गत ५७ अर्ब रूपैयाँ छुट्याइएको छ। यस्तो भैपरीमा राखिएको रकम कहाँ र कसरी खर्च हुने भनेर छुट्याइएको हुँदैन।  'यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम भनेको अर्थमन्त्रीले आफ्नै तजबिजीमा खर्च गर्न सक्ने रकम हो,' एक अर्थविदले भने, 'यो शीर्षकमा छुट्याइएको रकम के के मा खर्च गर्ने भनेर निर्क्यौल नै गरिएको हुँदैन।' यस्तो प...
जबर्जस्ती करणीसम्बन्धी कानुन संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

जबर्जस्ती करणीसम्बन्धी कानुन संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

देश, समाचार
राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबुबाहिरको परिस्थितिमा कानुनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उजुर गर्ने एक वर्षको हदम्यादसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरी कानुनलाई संविधानप्रदत्त बनाउन उक्त पत्राचार गरिएको उल्लेख छ। Advertisement विज्ञप्तिमा भनिएको छ, 'विभिन्न कारणबाट कानुनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्थासमेत सिर्जना हुन सक्ने कुरालाई मध्यनजर गरी हदम्यादसम्बन्धी व्यवस्थालाई यान्त्रिक र प्राविधिक नबनाई पीडितमैत्री हुने गरी संशोधन गर्नुपर्ने देखिँदा संशोधनका लागि आयोगले सरकार प्रधानमन्त्र...
भक्तपुरमा मेलम्ची खानेपानीको सफल परीक्षण, ७ हजार धारामा आयो पानी

भक्तपुरमा मेलम्ची खानेपानीको सफल परीक्षण, ७ हजार धारामा आयो पानी

देश, समाचार
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ। आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो। Advertisement खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौं खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए। भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र ...
काठमाडौं विश्वविद्यालयका १७१२ विद्यार्थी दीक्षित हुँदै  

काठमाडौं विश्वविद्यालयका १७१२ विद्यार्थी दीक्षित हुँदै  

शिक्षा, समाचार
१४ जेठ, बनेपा । काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । Advertisement दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् । कार्यक्रममा पाँच जनालाई काठमाडौँ विश्वविद्या...
देशकै सर्वाधिक ठूलो किचेन – फर्नीचर प्यालेस : हेटौंडामा ग्रान्ड ओपनिङ (जेष्ठ १३)

देशकै सर्वाधिक ठूलो किचेन – फर्नीचर प्यालेस : हेटौंडामा ग्रान्ड ओपनिङ (जेष्ठ १३)

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
देशको मुटु तथा बागमती प्रदेशको राजधानी हेटौँडामा यही मिति २०७९ जेष्ठ १३ गते उद्दघाटन हुन गइरहेको छ : हेटौँडा किचन एंड फर्नीचर प्यालेस। ७००० वर्ग फीटमा फैलिएको यस हेटौँडा किचन एंड फर्नीचर प्यालेसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका २५+ क्याटेगोरीका सामानहरु उपलब्ध छन्। ठूलो क्षेत्रफलमा सर्वाधिक बढी प्रकारका सामग्री भएकाले यो शोरुम नेपालकै सर्वाधिक ठूलो किचन - फर्नीचर शोरुम मध्ये एक हो। Advertisement दुबै ब्राण्डेड तथा आवश्यकता अनुरूप "कस्टुमाइज" गर्न सकिने फर्नीचर तथा किचेनका सम्पूर्ण प्रोडक्ट यहाँ उपलब्ध छन। हेटौँडा किचन एंड फर्नीचर प्यालेस सबैका लागि उच्च आकर्षणको केन्द्र बन्दै आएको छ। हेटौँडा नगरकै एउटा गर्व भएकाले नव निर्वाचित नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आथित्यतामा उद्दघाटन समारोह सम्पन्न हुन गइरहेको छ। हाम्रा उच्च स...
काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

देश, समाचार
काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ। खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। Advertisement प्रहरी घटनास्थल पुगेको छ। शव कसको हो भन्ने पहिचान खुलेको छैन। करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ...
साढे २ करोड लगानीमा भिल्ला बनाउँदै ‘रिभरसाइड रिसोर्ट’

साढे २ करोड लगानीमा भिल्ला बनाउँदै ‘रिभरसाइड रिसोर्ट’

कर्पोरेट, विज्ञापन
राजधानी काठमाडौं उपत्यकाको व्यस्त दिनचर्या र कोलाहलबाट थोरै समय भए पनि अलग भएर आनन्द लिन चाहनु हुन्छ भने तपाईंको चाहना पूरा गरिदिन्छ 'त्रिशूली रिभरसाइड रिसोर्ट' ले। त्रिशूली नदी किनारमा रहेको उक्त रिसोर्टले नदीपारि भिल्ला अर्थात बस्ती रिसोर्ट बनाउँदैछ। रिसोर्टका सञ्चालक उद्धव कँडेलका अनुसार दुई वर्षअघि सुरू भएको भिल्लाको निर्माण आगामी छ महिनाभित्र पूरा हुनेछ।  भिल्लामा सपरिवार बसेर तपाईंले आफूमा ताजगी भर्न सक्नुहुन्छ। करिब पाँच रोपनी क्षेत्रफल ओगट्ने भिल्लामा २५ वटा घर हुनेछन्। ती घरमा एक पटकमा २५ परिवार अटाउँछन्।  भिल्लामा रेस्टुराँ, बार, बगैंचा, स्विमिङ पुल इत्यादि रहने छन्। स्पा, साउना, थेरापी, बडी मसाजको सुविधा पनि हुनेछ। शान्त पारिवारिक वातावरण हुने भिल्ला झट्ट हेर्दा परम्परागत गाउँजस्तो देखिनेछ। उद्धवका अनुसार छानो परम्परागत घरको जस्तै हुनेछ। घरको भित्ता...
रसुवाको पानी जसले मेटाउँदैछ चीनदेखि खाडीसम्मको तिर्खा

रसुवाको पानी जसले मेटाउँदैछ चीनदेखि खाडीसम्मको तिर्खा

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
हामी 'मिनरल वाटर' भनेर बोतल र जारमा बन्द प्रशोधित पानी खान्छौं नि! यस्तो पानी सहरी क्षेत्रमा होओस् कि ग्रामीण बजारमा, सर्वत्र पाइन्छ। नेपालकै प्रशोधित पानी विदेश पनि निर्यात हुन्छ। यस्तै एउटा व्यावसायिक कम्पनी हो 'रुद्रगंगा नेचुरल वाटर प्रालि'। यसको प्रशोधन कारखाना रसुवाको धुन्चेमा छ। कम्पनीले 'रसुवा नेचुरल स्प्रिङ वाटर' नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा 'रसुवा ब्रान्ड' भन्ने गरेको छ। कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीका अनुसार रसुवा ब्रान्डको पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो। कम्पनीले एक वर्षअघि, सन् २०२१ फेब्रुअरीमा पहिलो निर्यात गरेको थियो। चीनका वितरकले धेरै वटा प्रदर्शनी र मेलामा सहभागी गराए। सबै ठाउँबाट राम्रो प्रतिक्रिया आयो।  Advertisement एक वर्षमा ४० हजार लिट...
काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता

काठमाडौंको मेयरमा बालन साहको उम्मेदवारी दर्ता

देश, राजनीति, समाचार
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। Advertisement वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ। तस्बिरहरू: ...