२०८१ बैशाख १४

विराटनगरमा स्वतन्त्र उमेदवारले दर्ता गराए मनोनयनपत्र 

विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनको उमेदवारी मनोनयनपत्र दर्ता सुरु भएको छ ।

आइतबार विराटनगर महानगरपालिका वडा नम्बर–१० को अध्यक्षमा माधव वाग्लेले मनोनयनपत्र दर्ता गराएका छन् । उनी यसअघि स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए । सोही वडामा मोहन साह हलुवाईले पनि वडा सदस्यमा मनोनयनपत्र दर्ता गराएका छन् ।


Advertisement


०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले टिकट नदिएपछि वाग्ले स्वतन्त्र उमेदवार बनेका थिए ।

विराटनगरस्थित रेडक्रसको भवनमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा वडाध्यक्ष र दुई सदस्यका लागि पहिलो उमेदवारी दर्ता भएको छ । कार्यालयका प्रमुख निर्वाचन अधिृकत भरत लम्सालले आज बिहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको बताए । मनोनयन दर्ता आज बेलुका ५ बजेसम्म र सोमबार पनि हुनेछ ।

मोरङको रंगेली नगरपालिकामा मंगल नेसनल अर्गनाईजेसनबाट दुई वडाध्यक्ष र चार सदस्यको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए । रंगेली–१ र ४ मा वडाध्यक्ष र वडा नम्बर–३ मा दुई, वडा नम्बर–१ र ४ मा समान एकजना सदस्यको मनोनयन दर्ता गराएका हुन् ।

Copy link
Powered by Social Snap