२०७९ मंसिर २४
Advertisement

Advertisement

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ बाट प्रदर्शन हुने




जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ।

शुक्रबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका छन्।

invotech

सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई प्रस्तुत गरिएको छ। जसमा साम्राज्ञी बेहुलीको पहिरनमा देखिएकी छन् भने जितुलाई बाजा बजाउँदै गरेको देख्न सकिन्छ।

यो फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन्। दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्।


Advertisement


फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ। 

फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। 

Copy link
Powered by Social Snap