चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी
काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्।
बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्याइएको थियो।
भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यतिबेला १४० जना केबलकारमा फसेका थिए।
चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पुगेका अझै १५० जना पर्यटकको उद्दार गर्न बाँकी रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
'अझै डेढ सय मानिसहरू माथि बाँकी हुनुहुन्छ,' उनले भने।
अहिलेसम्म प्रहरीले दुई सय जनालाई माथिबाट पैदल हिँडाएर तल ल्याएको बताएको छ। प्रहरीले स्कर्टिङ गर्...









