२०८२ पुष ४

Author: admin

पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री 

पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री 

अर्थतन्त्र
२१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिड-१९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरे । मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागेको बताए । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह...
मनास्लु वर्ल्ड कलेजको प्रवेश परीक्षा सम्पन्न : २०७९ कै सर्वाधिक ठूलो प्रवेश परीक्षा भएको अनुमान

मनास्लु वर्ल्ड कलेजको प्रवेश परीक्षा सम्पन्न : २०७९ कै सर्वाधिक ठूलो प्रवेश परीक्षा भएको अनुमान

शिक्षा
चुच्चेपाट्री स्थित मनास्लु वर्ल्ड कलेजले +२ मा भर्ना लिनका लागि प्रवेश परीक्षा सम्पन्न गरेको छ। उक्त प्रवेश परीक्षामा विद्यार्थीहरूको बाक्लो उपस्थिति देखेर यो वर्ष विद्यार्थीको संख्या दोब्बर हुने अनुमान गरिएको छ। प्रवेश परीक्षामा प्रथम तथा अब्बल नम्बर ल्याउने विद्यार्थीका लागि मनास्लुले थप छात्रवृत्तिको व्यवस्था पनि गरेको छ। विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा पठन पाठन सञ्चालन गर्दै आएको मनास्लु वर्ल्ड कलेजको छोटो समयको प्रगतिलाई सम्पूर्ण विज्ञहरुले आश्चर्य तथा आशाका साथ हेर्दै आएका छन्। सबैको रोजाइमा मनास्लु वर्ल्ड कलेज मनास्लु वर्ड कलेजका विशेषता : दक्ष, अनुभवी तथा युवा उर्जावान फ्याकल्टि मेम्बेर्सशान्त एवं रमणीय वातावरणमा पठनपाठन हुनेप्रविधिमैत्री कक्षाविज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षासिपमूलक व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक...
KMC को होस्टेल : विद्यार्थी र कर्मचारीको मृत्यु हुनु सामान्य घटना

KMC को होस्टेल : विद्यार्थी र कर्मचारीको मृत्यु हुनु सामान्य घटना

देश, समाचार
बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन ।  आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।  केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् । KMC स्कूल बागबजार स्थित KMC कलेज मातहत कै संस्था हो। विगतमा पनि होस्टेलमा विद्यार्थी मृत फेला परेको र धेरै दिन विद्यार्थीहरु द्वारा नारा बाजी पनि चल्दै आएको दृश्य हाम्रो मन मस्तिष्कमा ताजै छ। आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।  रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइ...
जनताको वहुदलीय जनवाद बुझ्ने हो भने…

जनताको वहुदलीय जनवाद बुझ्ने हो भने…

राजनीति
जनताको बहुदलीय जनवाद – यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । न त यो अत्यन्त आदर गरिएका दिवंगत नेता मदन भण्डारीको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो । नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो – जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचार पनि हो । यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्वन्धमा मुलुकको राजनीतिक यथार्थ धरातलमा उभिएर सैद्धान्त्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ । जबजको जन्म जडतामा जकडिएको मान्यता बोकेर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर विकसित भएको विचार हो । २००६ साल वैशाख १० गते नेपालका ...
विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला

विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला

देश, समाचार
१४ असार, विराटनगर । अबिरल वर्षासँगै सिंघियामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् । सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीयबासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन् ...
‘मधुमेहमा पनि आँप खान हुन्छ, तर मात्रा जान्नुपर्छ’

‘मधुमेहमा पनि आँप खान हुन्छ, तर मात्रा जान्नुपर्छ’

स्वास्थ्य
काठमाडौं । मधुमेहका बिरामीले यो खान हुँदैन, त्यो खान हुँदैन हामीले धेरै सुन्दै आएका छौं । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो यो पनि हामीले सुनेका छौं । यस्तोमा गुलियो फलफूल पनि मधुमेहको बिरामीको लागि हानिकारक हुन सक्ला । तर डाक्टरहरुले फलफूल त स्वास्थ्यको लागि एकदमै राम्रो भनिरहेका हुन्छन् । अहिले आँपको सिजन चलिरहेको छ । जुन गुलियो फलफूलमा पर्छ । आँप गुलियो हुने र अन्य फलफूलको तुलनामा यसमा बढी सुगर हुने भएकाले मधुमेहको बिरामीले आँप खानु हुन्छ कि हुँदैन ? खाए कति मात्रामा खानुपर्छ ? यिनै विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी : मधुमेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ? मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्...
मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

देश, समाचार
१४ असार, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ । एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् । सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्व...
चार जना अपांगता भएका छोरा सम्हाल्दै बित्छ भट्टराई दम्पतीको दिन

चार जना अपांगता भएका छोरा सम्हाल्दै बित्छ भट्टराई दम्पतीको दिन

देश, समाचार
छोराछोरी छ जना छन्, पाँच छोरा र एक छोरी। सबैभन्दा ठूला छोरा वीरेन्द्र २२ वर्षका भए। छ सन्तानमध्ये चार जनामा गम्भीर प्रकृतिको अपांगता छ। बोल्छन् तर कुरा बुझिँदैन। कम्मरमुनिको भाग चल्दैन। श्रवण क्षमता सामान्य छ। साहिँला छोरा महेन्द्र १८ वर्षका भए। पछिल्लो सन्तान छोरी छन्। नाम हो ममता, सात वर्षकी भइन्। महेन्द्र र ममता मात्रै सामान्य अवस्थाका अर्थात् सांग छन्।  आम्दानीको अतरिक्त स्रोत केही पनि छैन। गरिखाने भनेको खेतीपाती नै हो। खेतीबाहेक दिनभरिको मजदुरी हो, मजदुरी गर्ने पनि घरमा एक जनाले मात्रै। यो संक्षिप्त पारिवारिक विवरण हो जाजरकोटको छेडागाड नगरपालिका-३ का विशाखर भट्टराई परिवारको। विशाखरले अपांगता भएका आफ्ना छोराहरूलाई उपचारका लागि पालैपालो नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्‍याए। केही पार नलागेपछि भारतको रुपैडिहास्थित अपांगता विशेष अस्पताल पनि पुर्‍याए। ...
‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

विचार, विचार
काठमाडौं । विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष पुर्‍याउने तयारी भइरहेको विषयमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले असार १ गतेको संसद्मा विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने तयारी भइरहेको बताएपछि यसले पार्ने विविध प्रभावबारे बहस सुरु भएको हो ।  विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुवैले २० वर्ष नपुगी विवाह गरे बाल विवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी विहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रूपैयाँसम्म सजाय हुने व्यवस्था छ । त्यस्तो विवाह स्वतः बदर हुने पनि अपराध संहितामा उल्लेख छ ।  मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक बालिग नागरिकले मन परेको व्यक्तिसँग सहमतिमा यौन सम्बन्ध राख्न पाउनुलाई मानवीय हकका रूपमा व्याख्या गरेको छ । तर, विव...
रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

देश, राजनीति
८ असार, काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ उनले भने । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पा...