२०८२ पुष ४

Author: admin

४ वर्ष मल किन्न भारतलाई ६९ अर्ब ५७ करोडको ठेक्का

४ वर्ष मल किन्न भारतलाई ६९ अर्ब ५७ करोडको ठेक्का

समाचार
१५ साउन, काठमाडौं । गत १४ असारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट एउटा जानकारी आयो– नेपालको अभाव टार्न भारतले तत्काल १५ हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउँदैछ । उक्त मल लिन कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक भारतमै रहेको सूचना पनि त्यसमा थियो । भोलिपल्ट १५ असारमा कृषि अनुसन्धान परिषद्, खुमलटारको हातामा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा तत्कालीन कृषिमन्त्री महेन्द्र राय यादवले पनि सो विषयमा जानकारी गराए । ‘जीटूजी प्रक्रियाको मल भारतबाट केही दिनमै आउँदैछ’, उनले भने, ‘नेपाल सरकारले जसरी पनि मलको व्यवस्था गर्छ ।’ असार सकियो, यादव पनि कृषिमन्त्री पदबाट हटे, तर १५ हजार मेट्रिक टन मल आएन । चैतमा भएको जीटूजी (सरकार–सरकार) सम्झौताको परिमाणबाट कट्टा हुने गरी तत्काल खाँचो टार्न लागिए पनि उक्त मल आएन । मल नआएको विषय खोज्दै जाँदा महँगोमा १५ हजार मेट्रि...
नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

खेलकुद
१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ । आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको हो । नवौं खेलकुदमा सात प्रदेश, गैरआवासीय नेपाली संघसहित चारवटा विभागीय टिमको सहभागिता हुनेछ । संघले पनि विभागीय टिमको मान्यता पाएको छ । बैठकले एउटा टिममा अधिकतम ३३९ महिला र ३६९ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने गरी कोटा निर्धारण गरेको छ । नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेलका कुल ४ सय ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सम्बन्धित जिल्ला र प्रदेशका खेलाडीलाई मात्र सहभागी गराउन पनि निर्णय गरेको छ । खेलाडी छनोटका लागि प्रदेशलाई आवश्यक बजेट उपलब्ध गराउने निर्...
पूर्वप्रधानमन्त्रीहरू-हराउने होइन, बिदाबारी गर्ने हो : गणेश कार्की

पूर्वप्रधानमन्त्रीहरू-हराउने होइन, बिदाबारी गर्ने हो : गणेश कार्की

विचार, विचार
संविधान जारी नगरी पहिलो संविधानसभा अस्ताएपछि शून्यताले राज गर्दै गरेको बेला थियो। संविधान बनाउन नसकेको दोष अर्को दलमाथि थोपरिरहेका नेताहरूले दोस्रो संविधानसभा चुनावका लागि खिलराज रेग्मी ल्याउन भने भव्य ‘राष्ट्रिय सहमति’ गरेका थिए। दलहरूले खिलराज ल्याए, खिलराजले लोकमान। दलहरूले एकपछि अर्को नगर्नुपर्ने गर्दै गए, गर्नुपर्ने गरेनन्। यसरी शान्ति प्रक्रिया र संविधान निर्माणबाहेक सबैथोकमा ‘मेलमिलाप’ गरेर कांग्रेस, एमाले, माओवादीले आफ्नो ऐतिहासिक अयोग्यता देखाएका बेला शम्भु थापासहित केही नागरिक अगुवाले दलहरूका मुख्यालय घेर्ने निधो गरेका थिए। त्यसबेलाका क्रमशः तीन ठूला दलहरूमध्ये उनीहरू माओवादी, कांग्रेसका शीर्ष नेता भेट्न गए। त्यसपछि नागरिक टोली तत्कालीन तेस्रो ठूलो दल एमालेको मुख्यालय बल्खु हिंड्यो। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, ‘प्रभावशाली नेता’ केपी ओली उनीहर...
गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

अर्थतन्त्र, बैँक/ बीमा
१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन । आमाले पनि नियमित कारोबार गर्दै आएको सहकारीप्रति उनले कहिल्यै शंका गरिनन् । तर शुक्रबार एकाएक आफूले दिनरात नभनी मिहिनेत गरेर कमाएको पैसा वर्षौंदेखि जम्मा गरेको सहकारी संस्थामा ताला लगाएर सञ्चालक फरार भएको सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । ‘पहिले आमाले कारोबार गर्नुहुन्थ्यो, मलाई पनि विश्वास लागेर कारोबार गरेँ । पहिले सानो भवनमा थियो, अहिले सहकारी ठूलो भएपछि भवन पनि ठूलो बनेको छ,’ आइतबार सहकारी विभागमा भेटिएकी महजर्नले गहभरी आँसु पार्दै भनिन्, ‘‘राति १२ बजे...
‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकराज गिरीको लुक्स

‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकराज गिरीको लुक्स

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ । फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट-पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् । कोरस कलाकारलाई समेत पञ्जैबाजा बजाइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् । यो दृश्यले सुधार गृहमा पुगेको राजा पात्रलाई बाहिर कुरेर बसिरहेका अन्य पात्रको दृश्यको रुपमा देख्न सकिन्छ । यो दृश्यलाई फिल्ममा दीपकको इन्ट्रीको रुपमा हेरिएको छ । ‘छक्कापञ्जा ३’पछि चौंथो श्रृंख...
हृदयेन्द्रलाई एक दिन राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

हृदयेन्द्रलाई एक दिन राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

देश, समाचार
१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !’ उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताए । हेर्नुहोस् मिश्रले के लेखे ? ...
चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन

चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन

अर्थतन्त्र, आर्थिक
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै  प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले आज चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाहीँ विधुत् आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको स्पष्ट पारेको हो ।  पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए । उक्त समस्या केवलकारको समस्या नभएर विद्युत्का कारण समस्या भएको उनको भनाइ छ । प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको उनको जिकिर छ ।  चन्द्रागिरि हिल्सले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको...
बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या

बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या

देश, समाचार
१३ साउन, काठमाडौं । यदि अष्ट्रेलिया पठाइदिने लोभमा नफसेको भए कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल यतिबेला जापानमा हुने थिइन् । उनको परिवार वैदेशिक अध्ययनका लागि खर्च जुटाउन नसक्ने अवस्थाको पनि थिएन । तर सपनाले डिपेन्डेन्ट भिसाको सहज बाटो रोजिन् र त्यही लोभले उनलाई अहिले प्रहरी हिरासत पुर्‍याएको छ । जापान जान ‘स्टुडेन्ट भिसा’ लगाएकी उनी सोमबार टोकियो उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र परिवारले बिदाबारी भएर विमानस्थलको अन्तिम जाँच कक्षमा पुगेकी थिइन् । तर त्यहीँ उनको हातमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले हत्कडी लगाइदियो । वैदेशिक अध्ययनका लागि जापान उड्न ठिक्क परेकी युवती कसरी प्रहरी नियन्त्रणमा परिन् ? यसबारे बुझ्न ०७७ मंसिरतिर फर्किनुपर्छ, जतिबेला उनलाई ‘डिपेन्डेन्ट भिसा’मा अष्ट्रेलिया पठाइदिने अफर आएको थियो । ...
‘समाजवादी केन्द्र’ बनाउने कोसिस : कुलचन्द्र वाग्ले

‘समाजवादी केन्द्र’ बनाउने कोसिस : कुलचन्द्र वाग्ले

विचार, विचार
नेपालका कम्युनिस्ट पार्टीहरूको एकता, धु्रवीकरण र विभाजनको लामो शृंखला छ । विसं २००६ सालमा स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको समयदेखि नै आरम्भ यस्तो शृंखला अझै जारी छ ।  कम्युनिस्टहरूको जुट र फुटको कारण भने अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रभाव र नेतृत्वमा आफैँ रहने महत्त्वाकांक्षा हुन् । तिनीहरूबीच आफूमात्रै सच्चा कम्युनिस्ट बाँकी अन्य घटक संशोधनवादी, जडसूत्रवादी वा पोथापन्थी आरोपित गर्ने प्रचलन रह्यो ।  मूलधारको कम्युनिस्ट राजनीतिभन्दा बाहिर बसेका कम्युनिस्टहरूले प्रजातान्त्रिक अभ्याससमेत गर्न खोज्नेहरूलाई लगाउने आरोप अहिले पनि करिब त्यस्तै छ । यस्तै धारणाका वशीभूत कम्युनिस्टहरू ‘जनवाद’को प्रलोभनमा सडकमै छन् । कोही सडकबाट उठेर सरकार र सत्तामा छन्, कोही अहिले पनि सडकमै छन् । सत्तामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष...
गण्डकीको संसद्बाट बल्ल चुच्चे नक्सा पारित

गण्डकीको संसद्बाट बल्ल चुच्चे नक्सा पारित

देश, समाचार
पोखरा । संघीय संसद्को प्रतिनिधिसभाले दुई वर्ष अगाडि पारित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा गण्डकी प्रदेशसभाले बिहीबार पारित गरेको छ । प्रतिनिधिसभाको २०७७ जेठ ३१ गतेको बैठकले चुच्चे नक्सा पारित परेको थियो । प्रतिनिधिसभाले संविधानको अनुसूचीमा रहेको निशान छापमा परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो । गण्डकी प्रदेशसभाले भने अहिले आएर प्रदेशसभा नियमावलीको अनुसूची ८ मा रहेको प्रदेशसभाको प्रतीक चिह्न (लोगो) मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरेको हो । अहिले पनि गण्डकी प्रदेशसभाका सदस्यहरूले लगाउने सुनजडित लोगोमा पुरानै नेपालको नक्सा छ । उक्त लोगो परिवर्तन गर्नका लागि पनि नियमावलीमा संशोधन आवश्यक थियो । त्यसका लागि प्रदेशसभाले २०७७ साउन ४ गते सरकारका मन्त्री र प्रदेशसभाका सदस्यहरूसँग नियमावली स...