२०८१ बैशाख ११

‘छक्कापञ्जा ४’ सुटिङबाट बाहिरियो दीपकराज गिरीको लुक्स




काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ ।

टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ ।



Advertisement



फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट-पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् ।

कोरस कलाकारलाई समेत पञ्जैबाजा बजाइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् ।

यो दृश्यले सुधार गृहमा पुगेको राजा पात्रलाई बाहिर कुरेर बसिरहेका अन्य पात्रको दृश्यको रुपमा देख्न सकिन्छ । यो दृश्यलाई फिल्ममा दीपकको इन्ट्रीको रुपमा हेरिएको छ ।

‘छक्कापञ्जा ३’पछि चौंथो श्रृंखलामा दीपक यही दृश्यमार्फत कमब्याक भएका छन् । छायांकन सुरु भएको तीन दिनमै मुख्य पात्र समेत रहेका दीपकराज गिरीको लुक्स बाहिरिएको हो ।

हेमराज विसीको निर्देशनमा फिल्म छायांकन भैरहेको छ । फिल्ममा दीपक, बेनिशा, शिशिर बाङ्देल, केदार घिमिरे, राज आचार्य लगायतका कलाकारको अभिनय छ ।

Copy link
Powered by Social Snap