२०८२ पुष ५

Author: admin

सफलताको सिँढीमा अर्को खुड्किला : मनास्लु वल्र्ड कलेजमा खेलकुद विज्ञान

सफलताको सिँढीमा अर्को खुड्किला : मनास्लु वल्र्ड कलेजमा खेलकुद विज्ञान

शिक्षा
"राष्ट्रका लागी खेलकुद, स्वाश्थ्यका लागी खेलकुद" भन्ने नेपाल सरकारकाे मुल नारालाई आत्मसाथ गर्दै मनास्लु वल्र्ड कलेजमा यसै शैक्षिक शत्र देखी प्लस टु तहमा खेलकुद  विज्ञान (Sports Science)  विषयलार्इ  समावेश गरिएकाे छ । व्यक्तिकाे सर्वाङगीण एवं समाज र राष्ट्रकाे समग्र  विकासका लागी  विध्यालयमा अाधारित खेलकुदका कृयाकलापहरू आयोजना र संचालन गर्न आवश्यक पर्ने अाधरभुत र व्यवस्थापकिय पक्षहरू संग विध्यार्थीहरूलाइ परिचित गराउने उद्देश्यरहेकाे यस पाठ्यक्रमलार्इ यस कलेजमा संलग्न गराउँन पाउँदा उत्साहित रहेकाे यसै कलेजका  प्रिन्सिपल राजन श्रेष्ठले जानकारी गराए ।  थप जानकारीका लागि: Manaslu World College, Chuchhepati - 7 Chabahil, Kathmandu 01-4472374 | 01-4484807 www.manasluworldcollege.com ...
मिठाइको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका सर्वप्रिय मिठाइ पसल

मिठाइको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका सर्वप्रिय मिठाइ पसल

नेपाली ब्रान्ड
काठमाडौं । रसबरी, जुलेबी, बर्फी, लड्डु, गुलाब जामुन, पेंडा । यी नाम काफी छन्, जसले मुखमा पानी आउँछ । गुलियो र रसिलो मिठाइको धेरै बखान गरिरहनुपर्दैन । शुभकार्यमा होस् वा खुसियालीमा, मुख मिठ्याउन यावत थरीका मिठाइ खाने खुवाउने गरिन्छ । त्यसो त कतिपयलाई खानापछि मिठाइ नभई हुन्न । भोक मेट्न होस् वा मुख स्वाद फेर्न, मिठाइ खोज्ने गरिन्छ । साउनको महिना । धेरैले मासुमंस छाड्छन् । यतिबेला धेरैले नास्ताको रुपमा मिठाइ खाने गर्छन् । अतः काठमाडौंमा केही यस्ता मिठाइ पसल छन्, जो स्वाद र गुणस्तरका कारण सर्वप्रिय छन् । यहाँ त्यस्तै पाँच मिठाइ पसलको चर्चा गरिएको छ, जहाँका मिठाइले स्वाद पारखीलाई हरक्षण आमन्त्रण गरिरहेका हुन्छन् । गुलाब स्वीट्स मिठाइ पारखीहरूको पहिलो रोजाइमा पर्छ गुलाब । यसको स्थापना २०७० सालमा भएको थियो । गुलाबका न्युरोड, कलंकी, झम्सिखेल लगायत आठ स्थानमा शाखा...
विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

विदेश / एन.आर.एन
१६ साउन, काठमाडौं । अनलाइन इनसाइक्लोपेडिया प्लाटफर्म विकिपेडियाले आर्थिक मन्दी (resession) सम्बन्धी पेजलाई सम्पादन गर्न नसकिने बनाएपछि विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त्यसको आलोचना गरेका छन् । टेस्ला सिइओ मस्कले विकिपेडियाका सह सस्थापक जिम्मी वेल्समाथि तिक्ष्ण आलोचना गर्दै विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको टिप्पणी गरेका छन् । ट्वीटरमा सोधिएको प्रश्नका जवाफ दिँदै मस्कले विकिपेडियामा रहेको आर्थिक मन्दीको पेज सम्पादन गर्नबाट प्रयोगकर्तालाई बन्देज लगाइएको विषयमा असन्तुष्टि व्यक्त गरेका हुन् । विकिपेडियाका सस्थापक जिम्मी वेल्सलाई ट्याग गर्दै उनले लेखेका छन् : विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको छ । न्युयोर्क पोस्टका अनुसार विकिपेडियाको च्भअभककष्यल (आर्थिक मन्दी) को विषयको पेजमा प्रयोगकर्ताहरुबीच सम्पादन गर्ने युद्ध नै चलेपछि विकिपेडियाल...
संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’ : कनकमणि दीक्षित

संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’ : कनकमणि दीक्षित

लेख, विचार, विचार
लमजुङ भोजे गाउँ विकास समिति–२ का बीबी गुरुङको प्रश्न : ‘युद्धमा मर्नु मार्नु त स्वाभाविक हो, तर घाँटी रेटेर हत्या गर्नुको अर्थ के हो सुन्न चाहन्छु ?’ पुष्पकमल दाहाल (‘प्रचण्ड’) : ‘…म तपाईंलाई स्पष्ट गरुँ, जनयुद्ध शुरू भएको ६ महिनापछि, मैले नै लेखेर एउटा गम्भीर ‘सर्कुलर’ तलसम्म पठाएको थिएँ, ‘यदि कसैलाई एनिहिलेट (सफाया) गर्नुपर्ने अवस्था आइपर्‍यो भने पनि मानिसलाई यातना दिएर त्यस्तो गरिनुहँदैन ।’ कसैलाई सफाया नै गर्नुपर्ने स्थिति आयो भने पनि यातना दिनुहुँदैन भनेर मैले ‘सर्कुलर’ गरेको थिएँ ।…’ यस कार्यक्रमको प्रश्नोत्तरले पुष्पकमल दाहाल लगायत उनीसँग लागेका माओवादी नेतृत्वको आपराधिक मानसिकता प्रष्ट पार्दछ । उनीहरूलाई अर्काको ज्यान लिनु सामान्य थियो । यस्तै हिंस्रक आचरणको भरमा गाउँघरमा त्रास फैलाउँदै आफ्नो विध्वंसकारी प्रभाव बढाएको थियो, माओवादीले । दाहालकाे हकमा द्वन्द्वकाल ज्याद...
जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
पाटनढोकाबाट पुल्चोकतर्फ थोरै अगाडि बढेपछि सटरमाथि बोर्डमा लेखिएको देखिन्छ 'बोसा'। बाहिरबाट चियाउनेबित्तिकै सटरभित्र सजाइएका गमला र फूलहरूले हरकोहीलाई तान्छ। अझ फूलप्रेमीहरू त त्यहाँ पुगेपछि भित्र नछिरी फर्किँदैनन्। छिरिसकेपछि रित्तै फर्किँदैनन्। प्रायः गमला, फूल र सजावट तथा माटाका भाँडाकुँडा लिएरै फर्किने बोसाका सञ्चालक अनिल प्रजापति बताउँछन्। उनका अनुसार बोसा भनेको नेवार भाषामा सजावट हो। भक्तपुर, पुरानोठिमीका ३८ वर्षीय अनिलको पुर्ख्यौली पेसा हो माटाका भाँडा बनाउनु। आफूले बनाएका सामान बिक्री गर्ने पसललाई उनले बोसा नाम दिएका हुन्। भक्तपुरमा बनेका परम्परागत माटो र सेरामिक्स भाँडाका साथै सजावटका विभिन्न सामान बोसामार्फत् बिक्री गर्छन्। पछिल्लो समय गमलामा विभिन्न थरीका फूल रोपेर पनि बेचिरहेका छन्। 'गमला र फूल अत्यधिक रूचाइएका छन्,' उ...
६ लाख घुस लिँदै गर्दा उपसचिव रंगेहात पक्राउ

६ लाख घुस लिँदै गर्दा उपसचिव रंगेहात पक्राउ

देश, समाचार
१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन्  । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो । ...
आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

अर्थतन्त्र, आर्थिक
१६ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा राजस्व र अन्य प्राप्तिबाट ११ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म संकलन भने ११ खर्ब १६ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको भएको छ । सो वर्ष सरकारले प्राप्त हुने भनि अनुमान गरेको आयको मात्र ९४.५६ प्रतिशत उपलब्धि हो । लक्ष्य अनुसार सरकारले आय गर्न नसक्नुमा आर्थिक वर्षको अन्तिम चौमासमा विलासिताका वस्तुको आयातमा गरिएको कडिकडाउको प्रभाव हो । त्यसो त आन्तरिक राजस्व समेत लक्ष्य अनुसार उठ्न सकेन । आयकर समेत कमजोर हुँदा समग्रमा सरकारको आय प्रभावित बनेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले गत आवमा २ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन हुने अनुमान गरेको थियो । आर्थिक वर्षको अन्त्यमा २ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ मात्र संकलन भएको छ...
सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै

सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै

शिक्षा
१६ साउन, काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ । विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ । मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार नेपालबाट पाकिस्तानका साथै चीन, इजिप्ट, थाइल्याण्ड, श्रीलंका र रुसमा विद्यार्थीहरु गएका छन् । पाकिस्तानमा ६३ जना नेपाली विद्यार्थी छात्रवृत्तिमा एमबीबीएस पढ्न गएका छन् । २०७४ मा १० जना, २०७५ मा १० जना, २०७६ मा ९ जना, २०७७ मा १० जना र २०७८ मा १० जना पाकिस्तान गएका हुन् । बी फार्ममा २०७४ मा ३ जना, २०७८ मा १ जना, इन्जिनियरिङतर्फ २०७४ मा १ जना, २०७५ मा ५ जना र २०७...
फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

अर्थतन्त्र, आर्थिक
१२ साउन, काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ । सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको बताइएको छ । यो त्रैमासिक अवधिमा मेटाको कूल आम्दानीमा १ प्रतिशत गिरावट आएर २८ अर्ब ८० करोड डलर कायम भएको छ । जुन महिनामा औषतमा हरेक दिन १ अर्ब ९७ करोड मानिसले फेसबुक लगइन गरेका छन् । मार्च महिनामा यो संख्या १ अर्ब ९६ करोड थियो । त्यस्तै मेटा कम्पनीका कुनै एउटा एप प्रयोग गर्ने दैनिक प्रयोगकर्ताको संख्या जुन महिनामा २ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनामा यो संख्या २ अर्...
बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट रकम लिएको खुलासा!

बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट रकम लिएको खुलासा!

विदेश / एन.आर.एन, समाचार
बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट दस लाख पाउन्ड लिएको खुलासा भएको छ। सन्डे टाइम्सको रिपोर्टअनुसार चार्ल्सले लादेनका दुई सौतेनी भाइहरूबाट सन् २०१३ मा यो रकम लिएको सार्वजनिक भएको बिबिसीले लेखेको छ। यो रकम चार्ल्सको परोपकारी संस्था 'प्रिन्स अफ वेल्स च्यारिटेबल फन्ड' ले लिएको हो। यो कोषको स्थापना सन् १९७९ मा भएको थियो। यसले बेलायतसहित विश्वभरका विभिन्न परियोजनालाई अनुदान दिन्छ।  यो कोषले सन् सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको बिबिसीले लेखेको छ। उनीहरू पूर्व अलकायदा नेता ओसामा बिन लादेनका सौतेनी भाइहरू हुन्। आतंकवादी गतिविधिमा संलग्न लादेन सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका थिए। बिबिसीका अनुसार सल्लाहकारले उक्त अनुदान नलिन आग्रह गरेका थिए। ...