इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !
१९ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार साँझ ढुवानी रोक्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्यो । बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा वृद्धिका लागि गरेको आग्रह निगमले अस्वीकार गरेपछि आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए ।
आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले १६ साउनदेखि हवाई इन्धनको अग्रिम ढुवानी पीडीओ (अग्रिम खरिद अनुमति) नलिने, २० गतेदेखि सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र २१ गतेदेखि देशैभरको पेट्रोलियम ढुवानी रोक्ने उल्लेख थियो । माग सम्बोधनका लागि दुई दिनको मात्रै सीमा दिएर घोषणा भएको आन्दोलन दोस्रो दिनमै व्यवसायीले फिर्ता लिए । निगम सञ्चालक समितिका एक सदस्य व्यवसायीले उक्साहटमा आन्दोलन घोषणा गरेको बताए । ‘बढेको मूल्यका कारण आर्थिक रुपल...









