ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम
५ असार, काठमाडौं । सरकारले भुक्तानी नदिएपछि ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न थालेका छन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेका छन् । यसबाट बिमित नागरिक सेवाबाट वञ्चित हुनेछन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।
स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर भुक्तानी नपाएपछि धुलिखेल अस्पताल, राप्ती आँखा अस्पताल, राणा अम्बिका आँखा अस्पताल (भैरहवा)ले बीमा बोर्डलाई पत्र पठाएर सेवा बन्द गर्ने बताएको छ ।
बिरामीको भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले शुक...









