बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?
प्रविधिको विकास र विस्तारसँगै मोबाइलमा बालबालिकाको पहुँच बढेको छ । अहिले अधिकांश बालबालिकाले मोबाइलमा विभिन्न किसिमका भिडियो गेम खेल्ने गर्छन् । गेमप्रति उनीहरुको लत नै लागेको छ । बालबालिका भिडियोका गेमका लागि मोबाइलमा घण्टौं घोत्लिने गरेका छन् ।
यति मात्रै होइन, कतिपय बालबालिकाले खेलकै लागि आपराधिक क्रियाकलाप समेत गर्ने गरेको भेटिएको छ । यसरी बालबालिकालाई भिडियो गेमले गाँजिरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई कसरी यसबाट टाढा राख्ने भन्ने विषयमा अभिभावकले सोच्न जरुरी छ ।
लामो समयसम्म बालबालिका मोबाइलमा घोत्लिंदा उनीहरुलाई हानी गर्ने त छँदैछ, अभिभावकलाई समेत तनाव हुन्छ ।
बालबालिका मोबाइलमा हिंस्रक गेम किन खेल्छन् ?
बालबालिकामा नयाँ नयाँ भिडियो गेम खेल्ने चाहना हुन्छ । जसमा उमेर र पारिवारिक माहोलले महत्वपूर्ण भूमिका खेल्छ । उनीहरु नयाँ नयाँ गेम खेलेर आफू जि...









