२०८१ बैशाख ८

हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने




५ असार, काठमाडौं । अब वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालनलाई थप व्यवस्थित गर्न भन्दै यस्तो निर्णय गरेको हो ।

विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् ।



Advertisement



अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । यसैगरी सरकारले विशिष्ट व्यक्ति(भीआईपी)को उडानमा हेलिकप्टर कम्पनीले २ जना पाइलट राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणको लागि एक स्वचालित विद्युतीय प्रणाली (सफ्टवेयर एप्लिकेसन) सञ्चालनमा ल्याइने भएको छ ।

हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउने निर्णयमा उल्लेख छ ।

स्वचालित प्रणालीले तोकेमा  दुई जना हेलिकप्टर पाइलट राख्नुपर्ने व्यवस्था समेत हेलिकप्टर कम्पनीले गर्नुपर्ने निर्णयमा उल्लेख छ । तर, नेपाल सरकारले तोकेको विशिष्ट व्यक्तिको उडानमा दुई जना हेलिकप्टर पाइलट अनिर्वाय रहनु पर्ने प्राधिकरणले बताएको छ ।

अबको बढीमा ३ वर्षभित्र पाइलट तयार पार्नको लागि हेलिकप्टर कम्पनीहरुले पेश गरी प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्तिको व्यवस्था अनिवार्य रुपमा मिलाउनुपर्ने निर्णय पनि भएको छ ।

Copy link
Powered by Social Snap