आमाछोरीले २५ हजारमा थालेको ‘पहिलो पाइला’, महिनामा ३ लाखको कारोबार
लगानी र व्यवसाय सानै सही, उत्साह र लगनले काम गर्दा सफलताको बाटोतर्फ जान सकिन्छ भन्ने दृष्टान्त हुन् आमाछोरी कृष्णकुमारी र चाँदनी श्रेष्ठ।
काठमाडौं, बालाजुकी कृष्णकुमारी श्रेष्ठ ५३ वर्षकी भइन्। उनले केही वर्ष सिलाइ व्यवसाय चलाइन्। सिलाइको काम घरबाटै गर्थिन्। बिहे र छोराछोरी जन्मिएपछि फुर्सद निकाल्न कठिन भयो। व्यवसाय छाडेर दुई दशकभन्दा लामो समय घरायसी काममै बिताइन्।
कृष्णकुमारीले विगत स्मरण गरिन्, 'दुइटा बच्चा भएपछि घरकै काम भ्याइएन। घर पनि बनाइयो। अनि काम त चटक्कै छाड्नु पर्यो।'
काम छाडे पनि लुगा सिउने मेसिन घरमै थन्किएको थियो। छोराछोरी हुर्किएर ठूला भए। थन्किएको मेसिन फेरि चलाउने जाँगर चलेको थिएन।
एक दिन उनकी छोरी चाँदनीले साथीको बच्चा जन्मेको खुसीमा उपहार दिने कुरा गरिन्। कृष्णकुमारीले आफ्नै मेसिनमा दौराभोटो तयार गरिदिइन्। साथीलाई त्यो लुगा साह्रै मन पर्यो...









