२०८३ जेष्ठ ३१

Tag: SYM NETWORK

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु : प्रधानसेनापति शर्मा

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु : प्रधानसेनापति शर्मा

देश, समाचार
३ असार, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे । उनले भने, ‘मैले सैन...
रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा 

स्वास्थ्य
खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ । यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ । सुन्तला सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ । यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिस भुल्न मद्दत गर्छ । हरियो सागसब्जी हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका ला...
चार आईजीपी फेरिए, ४७ महिना बित्यो, भेटिएनन् निर्मलाका हत्यारा

चार आईजीपी फेरिए, ४७ महिना बित्यो, भेटिएनन् निर्मलाका हत्यारा

देश, समाचार
काठमाडौं । ४७ महिनासम्म पनि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न प्रहरी असफल भएको छ । हत्यारासम्म पुग्ने ‘क्लु’ नपाउँदा प्रहरीले अनुसन्धानमा सफलता पाउन नसकेको हो । ०७५ साल साउन १० गते निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो । साथीको घरमा ‘नोटबुक’ लिन गएकी निर्मला साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो । खोज्दै जाँदा उनको शव घरभन्दा एक किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट र प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले ०७५ भदौमै भीमदत्त नगरपालिका–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तक रूपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल नखाएपछि उनी छुटेका थिए । दिलीपलाई पक्राउ गरेपछि प्रह...
पिरो ‘करेन्ट’ को तड्का- एक वर्षमा चार अर्बको कारोबार

पिरो ‘करेन्ट’ को तड्का- एक वर्षमा चार अर्बको कारोबार

नेपाली ब्रान्ड
बुटवलका महेश श्रेष्ठ चाउचाउका पारखी हुन्। हतार भएका बेला उमालेर र काँचै खान पनि मिल्ने भएकाले दिउँसोको खाजामा चाउचाउ नै उनको रोजाइ हो। स्कुल पढ्दादेखि एकैखाले चाउचाउले खाजा टारिरहेका उनको स्वाद अहिले भने फेरिएको छ। उनी पिरो चाउचाउ रूचाउन थालेका छन्। बजारमा कोरियन पिरो चाउचाउ आएपछि महेश त्यसकै स्वादमा भुलेका थिए। अहिले नेपालमै उत्पादित चाउचाउको पिरो स्वादमा रमाएका छन्। 'करेन्ट' चाउचाउको 'हट एन्ड स्पाइसी' ले उनलाई स्वाद र बजेट दुवैमा सन्तुष्ट बनाएको छ। 'कोरियन चाउचाउ महँगो थियो। एक प्याकेट २२५ रूपैयाँसम्म पर्ने,' महेशले भने, 'उस्तै स्वादिलो र स्पाइसी नेपाली चाउचाउ ५० रूपैयाँमा पाएपछि किन विदेशी खानु! डल्ले खुर्सानीको पिरो जिब्रोमा ट्वाक्क, स्वादै बेग्लै!' महेश देशभरका करेन्ट चाउचाउप्रेमी उपभोक्ताका प्रतिनिधि मात्र हुन्। अहिलेक...
तीन युवाले ३ करोडमा थालेको ‘डेलिस’ एक वर्षमै भयो १४ करोडको

तीन युवाले ३ करोडमा थालेको ‘डेलिस’ एक वर्षमै भयो १४ करोडको

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
तपाईंले दही त खानु भएकै छ पक्का पनि। घरमै ठेकीमा जमाएको, कुनै भाँडामा जमाएको वा डेरीबाट किनेको खाने गर्नुभएको होला। काठमाडौं उपत्यकाबासीले भक्तपुरको जुजु धौ पनि खानुभएको होला। तपाईंले 'ग्रीक योगर्ट' चाहिँ खानुभएको छ कि छैन त? अंग्रेजीमा दहीलाई योगर्ट भन्छन्। ग्रीक योगर्टमा प्रोटिन बढी र सुगर (चिनीको मात्रा) अत्यन्तै कम हुन्छ। सामान्य दहीभन्दा ग्रीक योगर्टमा पानी पनि कम हुन्छ। विदेशमा पढेर फर्केका तीन जना उद्यमी युवाले अमेरिकी मुलुकहरूमा प्रचलित ग्रीक योगर्टको स्वाद नेपाली बजारमा ल्याएका छन्। संखुवासभाका सूर्य कार्की, चितवनका विनय बोगटी र सन्दीप पौडेलले दुग्ध परिकारका पारखी नेपालीका लागि दहीको नयाँ स्वाद पस्केका हुन्। उनीहरूले बजारमा भित्र्याएको दहीको ब्रान्ड नाम 'डेलिस ग्रीक योगर्ट' हो। उनीहरूले अन्य दुग्ध परिकारसमेत उत्पादन गर्ने गरी डेरी उद्योग सञ्चालन गरेका छन्।&nbs...
तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

तौल घटाउँदा शरीर कुपोषण भएजस्तो होइन, झरिलो-भरिलो हुनुपर्छ

स्वास्थ्य
बजारमा मोटोपन घटाउने सूत्र बिक्री हुन्छ । ‘१५ दिनमा यति केजी तौल घटाउने’ भन्दै गरिने प्रचारमा मान्छे झुम्मिएका छन् । यसको स्पष्ट संकेत हो, मानिसहरु मोटोपनबाट हैरान छन् । मोटोपन कसरी घटाउने ? कसरी तौल नियन्त्रण गर्ने ? मान्छेले यसमा अनेक तौरतरिका अपनाउने गरेका छन् । कोही ‘बोसो पगाल्ने’ उपकरणको सहारा खोजिरहेका छन्, कोही ‘फास्टिङ’ बसिरहेका छन् । कतिले शारीरिक व्यायामबाट त कतिले विभिन्न औषधिबाट मोटोपन नियन्त्रणको उपाय खोजिरहेका छन् । मान्छेहरु अन्धाधुन्ध मोटोपन घटाउनतर्फ लाग्छन् । हामी देख्न सक्छौं, मोटोपन घट्यो भनेर सामाजिक सञ्जालमा फोटो राखिरहेका हुन्छन् । उनीहरु दुब्लो त देखिन्छन्, तर रुपरंग नै उडेको देखिन्छ । अनुहार एवं छालाको चमक हराएको हुन्छ । किन यस्तो हुन्छ ? अन्धाधुन्ध खानपान छाडेर वा कडा व्यायाम गरेर मोटोपन घटाउँदा त्यसले अपेक्षित नतिजा त दिंदैन नै, ...
पाँच साथीले १५ लाखमा सुरू गरेको ‘अबिर’

पाँच साथीले १५ लाखमा सुरू गरेको ‘अबिर’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
अबिर भन्नासाथ हाम्रो दिमागमा के आउँछ? रङ, होइन त!  आज यहाँ हामीले कुरा गर्न लागेको 'अबिर' चाहिँ रङ होइन, यो एउटा ब्रान्ड हो जसले अनेक डिजाइनका लुगा उत्पादन गर्छ। त्यो हो– 'अबिर डिजाइनर हब' र संक्षेपमा 'अबिर'। फेसनलाई प्राकृतिक रूपमा उत्पादित कपडासँग जोड्दै डिजाइनसम्बन्धी विषय पढेका पाँच जना साथी मिलेर सुरू गरेका हुन् 'अबिर'। सहकार्यमा छन् रश्मी तन्डुकार, बिनु बज्राचार्य, अञ्जली डंगोल, अनिशा महर्जन र रिकेश कस्ती।  प्राकृतिक कपडा अर्थात सूती (कटन), बाँसको रेसा (बेम्बो), अल्लो, रेशम (सिल्क) आदिबाट बनेका कपडाको माग नेपाली बजारमा बढ्दै जाँदा अबिर सञ्चालनमा ल्याएको बताउँछिन् संस्थापकमध्येकी एक रश्मी तन्डुकार। उनले भनिन्, 'फेसनमा प्राकृतिक कपडा लगाउनुपर्छ भन्ने धारणा विकास हुँदै गएको छ। यसलाई मध्यनजर गर्दै अबिर डिजाइनर हब सुरू गरेका हौं।'  अबिर ...
सहरमा कोठाभित्रै थुनिन बाध्य बालबालिका

सहरमा कोठाभित्रै थुनिन बाध्य बालबालिका

विचार
२६ जेठ, काठमाडौं । अमेरिकाको लस एन्जलसका प्रख्यात फिल्म निर्माता वाल्ट डिज्नी आफ्नी दुई छोरीलाई डुलाउन भन्दै ग्रिफिस पार्क पुगे । त्यहाँ अरु बालबालिका मस्ती गरिरहेका भए पनि उनकी छोरी डियान र भोरानलाई त्यो पार्क पटक्कै मन परेन । पार्क देखेर रमाएर खेल्नुपर्ने साना छोरीहरुलाई झर्को लागेको देखेपछि डिज्नी सोचमग्न भए । उनीहरु गएको ग्रिफिस पार्कमा बालबालिकाले मात्रै खेल्न पाउँथे । अभिभावकले उनीहरु खेलेको हेरेर बस्नुपथ्र्यो । पार्क देखेर छोरीले व्यक्त गरेको व्यवहारपछि उनले बालबालिकाका साथै अभिभावकले समेत खुलेर मस्ती गर्न सक्ने पार्कको परिकल्पना गर्न थाले । र, उनी थ्रिलर र मस्ती गर्न सकिने पार्क निर्माणमा होमिए । लामो समयको मेहनतपछि उनले बालबालिकाका लागि मात्रै नभई सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरे । जुन अहिले डिज्नील्याण्डका नामले संसारभर ...
३३,८७७ किलो फोहोर संकलन : सफा हिमाल अभियान सम्पन्न

३३,८७७ किलो फोहोर संकलन : सफा हिमाल अभियान सम्पन्न

देश, समाचार
काठमाडौं । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालित 'सफा हिमाल अभियान २०२२' सम्पन्न भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने उद्देश्यसाथ अभियान सञ्चालन गरिएको थियो । गएको चैत २२ देखि यही जेठ २२ गतेसम्म सञ्चालित अभियानबाट सेनाले ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको जनाइएको छ । त्यसमध्ये कुहिने सात हजार २२७ किलो फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६ हजार ६५० किलो रिसाइकल एजेन्सीलाई प्रदान गरिएको थियो । उक्त अभियानका क्रममा कञ्चनजंघा आधार शिविरमा पहिचान नखुलेका दुई मानव अस्थिपञ्जर समेत फेलापरेको थियो । अस्थिपञ्जरहरू ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाएको सेनाले जानकारी दिएको छ । समापन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सबैको साथ, सहयोग र सामूहिक भावन...
उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ: भीम रावल

उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ: भीम रावल

राजनीति
नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो। धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। Advertisement कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ।’ उनले आगामी प्रदेश सभा र संघीय चुनाव एमालेले जित्नुपर्ने पनि बताएका छन्। ‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि आगामी चुनाव जित्नु पर्छ।’ यसअघि एमाले नेता घनश्याम भुषालले पनि स्थानीय&...