कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ?
सायद बिहानको दश बजेको थियो। बिहानको खाजा खाइसकेपछि अनितासहित उसको श्रीमान् र दुवै बच्चाहरू आफ्नो काममा व्यस्त थिए। त्यसैबेला अनिताको मोबाइलको घण्टी बज्यो। अनिताले फोन उठाइन्।
'हेल्लो, बिनिता दिदी नमस्ते!,'
दिदीले धेरै समयपछि फोन गरेकी थिइन्, त्यसैले अनिता कुरा गर्न एकदम उत्सुक थिइन्। जब उनीहरू भेट्छन्, एकअर्कालाई अत्यन्तै न्यानो माया दर्शाउँछन्।
'अनिता, तिमीलाई कस्तो छ?'
'यहाँ सबैलाई ठिक छ दिदी अनि त्यहाँको हालचाल के छ?'
'सबै कुरा राम्रो छ अनिता। आज तिम्रो छोराको विवाहको जनै सुपारी लिने दिन हो!,' उनले धेरै गम्भीर मुद्रामा भनिन्।
अनिताले बुझ्नै सकिन दिदीले के भनिरहेकी छिन? उसको छोराको जनै सुपारी र उसैलाई थाहा छैन? अनिता चकित भइन्। अनिताले अचम्म मान्दै सोधिन्, 'मेरो छोराको जनै सुपारी? दिदी, तपाईं यो के भनिरहनु भएको छ? मैले केही बुझिनँ।'
अनिता आत्त...









