झाडुपोछा गरेर हुर्काएकी छोरी क्रिकेटर बनिन्, आमा भन्छिन्- मेरा लागि गर्वको बात हो
सुदूरपश्चिम प्रदेश, बझाङको जयपृथ्वी नगरपालिकाकी बासिन्दा मनीषाले उपाध्यायले २०७६ सालमा प्रधानमन्त्री कप क्रिकेट खेलिन्। दुई वर्षपछि, २०७८ सालमा यही खेलमा उनले गण्डकी प्रदेशबाट खेलिन्।
सोही वर्ष भएको मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट प्रतियोगितामा मनीषाले गण्डकी प्रदेशको कप्तानी सम्हालिन्। उनको टिमले उपाधि जित्यो।
मनीषा अहिले काठमाडौंको क्रिकेट एकेडेमीमा क्रिकेटको प्रशिक्षण लिँदैछिन्। उनकी आमा धनादेवी उपाध्याय आवश्यक खर्च पठाउँछिन्। धना भैंसी र बाख्रा पालेर घरमै सानोतिनो आम्दानी गर्छिन्।
हालै यु–१९ महिला क्रिकेट विश्वकप छनोट खेल्न मलेसिया गएको नेपाली टोलीमा मनीषा पनि थिइन्। उनले यु–१९ विश्वकप क्वालिफायर- २०२२ खेलिन्। मनीषाले नेपाली राष्ट्रिय महिला टिमबाट मलेसियामा एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने मौका पनि पाएकी थिइन्। त्यही समय एपेन्डिस...









