भरतपुर अस्पतालको सेवा सुधारिँदै
चितवन, २ फागुन (रासस): भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो ।
अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुव...









