२०८२ मंसिर २५

Tag: Nepal

दि नेपाल डिस्टिलरीजले पायो ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र

दि नेपाल डिस्टिलरीजले पायो ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र

नेपाली ब्रान्ड
खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरीज ले 'आइएसओ ९००१:२०१५' प्रमाणपत्र प्राप्त गरेको छ।  कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यता प्राप्त प्रमाणीकरण निकाय, डिएनभी (युकेएएस) बाट उक्त प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको बताएको छ। यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरू तय गर्दछ। कम्पनीले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको जनाएको छ। यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ। यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्...
सिप्रदी ट्रेडिङले सम्पन्न गर्‍यो स्किल–अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सम्पन्न गर्‍यो स्किल–अप दीक्षान्त कार्यक्रम

कर्पोरेट
सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा छ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ। दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनरहरू-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिकमर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।  तालिम सकेपछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका कम्पनीले बताएको छ।  कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र दिएका बताइएको छ। ...
फुडमाण्डौं १२ औं वर्षमा, ग्राहकलाई छुटै छुट

फुडमाण्डौं १२ औं वर्षमा, ग्राहकलाई छुटै छुट

नेपाली ब्रान्ड
नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा ग्राहहरूलाई विशेष छुट दिएको छ। सन् २०१० नोभेम्बर ११ मा खुलेको अनलाइन फूड डेलिभरी सेवा प्रदायक फुडमाण्डौंले नेपालका प्रमुख सहरहरूमा सेवा दिइरहेको छ।  फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न मालीले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने बताए। ‘यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँसम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं,’ उनले भने।  यसै क्रममा फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२ प्रतिशत छुटको कुपन कोड सार्वजनिक गरेको छ। ‘हाम्रो १२ औं वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र रू. १२ मा पाइने विभिन्न खानाहरू र कम्तीमा ४० प्रतिशत ब...
तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात

अर्थतन्त्र, आर्थिक
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज)मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्टि्रक गाडी आयात भएको छ । यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिनामा १ अर्ब ९१ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ६८६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ...
जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड

जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
तपाईंलाई कटन अर्थात् सुतीका गुणस्तरीय तन्ना, पर्दा, सिरानीका खोल, बेबी–बेडिङ इत्यादि चाहिएको छ? सिरक, ब्ल्यांकेट, खास्टो, कुसनको खोल, टेबल कभर, डाइनिङ टेबलमा राख्ने कभर पनि चाहिएको छ कि! छ भने तपाईंको आवश्यकता पूरा गर्छ ललितपुरको 'कटन मिल' ले। कटन मिलका सञ्चालक हुन् दिदीबहिनी प्रशन्ना बस्नेत र प्रियंका बस्नेत। उनीहरू बजारबाट सुतीको सेतो कपडा किन्छन् र त्यसमा बुट्टा छापेर विभिन्न डिजाइनका घरायसी कपडा तयार गर्छन्।  कटन मिलमा घरमा प्रयोग हुने प्रायः सबै किसिमका कपडा पाइन्छन्। गज्जब के छ भने सबै उत्पादन स्वदेशी हुन्। कटन मिलको कारखाना ललितपुरको थेंचोमा छ। बिक्रीका लागि ललितपुरकै सानेपा र काठमाडौंको रातोपुलमा शोरूम छन्। प्रशन्नाका अनुसार कटन मिलको उत्पादन राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारले पनि रूचाएको छ।  'पाँच वर्षयता हाम्रो उत्पादनले स्वद...
भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’

भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
झन्डै दुई वर्षअघिको कुरा हो। दुई साथी, रिजेश श्रेष्ठ र कृपा जोशी ज्याकेट किन्न ठमेल पुगे। उनीहरू मर्निङ वक, साइक्लिङ र हाइकिङ जाँदा लगाउन मिल्ने हलुका ज्याकेटको खोजीमा थिए। भनेजस्तो कपडा र रङको पाएनन्।  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने रिजेशले त्यसअघि २०७५ कात्तिकतिर पनि ट्रेकिङका लागि विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट खोजेका थिए। त्यस बेला उनी एक ट्रेकिङ एजेन्सीमा बजार प्रबन्धकका रूपमा काम गर्थे। त्यही वर्ष असोजतिर उनी विदेशीको टोली लिएर हेलम्बु ट्रेकिङ गए। 'त्यस बेला ट्रेकिङ जाँदा बजारमा उपलब्ध नेपाली ब्रान्डकै ज्याकेटलगायत लुगा लगेको थिएँ। लुगाहरू उपयुक्त लागेको थियो,' २८ वर्षीय रिजेश अहिले सम्झिन्छन्, 'तर फर्किने बेलामा ज्याकेटले त्यहाँको मौसम धान्नै सकेन। मसँगै गएका विदेशीहरूले लगाएको विदेशी ब्रान्डका लु...
१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

अर्थतन्त्र
२७ असोज, काठमाडौं । मा काठमाडौं कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । काठमार्डौमा आयोजना हुने स्र्टाअप फेस्ट यस वर्षको आर्ठौ कार्यक्रम हो, जसमा काठमाडौं वाहिरका ४० बढि स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ सहित १०० बढि स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् । यस फेस्टममा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आ...
पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

विचार, विचार
काठमाडौं । बच्चाहरूमा नक्कल गर्ने बानी हुन्छ । त्यसैले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो बालबालिकाले नक्कल गर्ने मनोवैज्ञानिक अलबर्ट बान्दुराले बताएका छन् । बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन् । अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन् । त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि गर्न नहुने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् । ‘अभिभावकलाई बालबालिकाले प्रेरणाको स्रोत ‘रोल मोडल’ मानेका हुन्छन्, उनीहरूले गरेको हरेक कार्य ठीक हो भन्ने उनीहरूको बुझाइ हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले बालबालिकाको अगाडि  अभिभावकले सकारात्मक तथा राम्रो बानी व्यवहार गर्नुपर्छ ।’ यदि बालबालिकाको अगाडि नराम्रो व्यवहार गर्‍यो भने त्यो व्यवहार उसले आफ्नो उमेर समूहको साथीसँग गर्छन् । त्यसैले यी पाँच ग...
नेपालका कुन विश्वविद्यालयले कस्ता जनशक्ति उत्पादन गर्छन् ?

नेपालका कुन विश्वविद्यालयले कस्ता जनशक्ति उत्पादन गर्छन् ?

शिक्षा
नेपालमा ११ वटा विश्वविद्यालय छन् । ती ११ वटै विश्वविद्यालयमा हरेक वर्ष साढे लाख भन्दा बढी विद्यार्थी पढ्छन् । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् ।  त्रिभुवन विश्वविद्यालयमा मात्रै ३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्ष नेपालका विश्वविद्यालयमा ४ लाख ४१ हजार ८१९ विद्यार्थीले अध्ययन गरेका थिए । ती मध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयबाट ३ लाख ३५ हजार ५४३ विद्यार्थीले अध्ययन गरेका थिए ।  विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ विश्वविद्यालयबाट १८ हजार ३५६, पूर्वाञ्चल विश्वविद्यालयबाट २७ हजार ५२७, नेपाल संस्कृत विश्वविद्यालयबाट ३ हजार ७४९, पोखरा विश्वविद्यालयबाट ३० हजार ५४२, लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ६९५, कृषि तथा वन विश्वविद्यालयबाट ३ हजार ८७१, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट १० हजार ११३, मध्यपश्चिम विश्ववि...
टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

SYM शुद्ध सकारात्मकता, नेपाली चलचित्र
कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ ।  प्रेमगीत–३ नेपाली भाषाबाहेक हिन्दी, उर्दु लगायत अंग्रेजी सबटाइटलमा ५० भन्दा बढी देशमा एकसाथ सिनेमा घरको सिस्टममा प्रदर्शन भयो । यो पंक्तिकार प्रेमगीत–३ को कार्यकारी निर्माताको नाताले भन्नैपर्ने हुन्छ कि यसको निर्माणमा निकै मेहनत परेको छ । संस्थापक निर्देशक छेतेन गुरुङ, सन्तोष सेनको क्याप्टेनसिप अनि स्पट ब्वाइदेखि डाइरेक्टरसम्म टिमको अथक मेहनत छ यसमा । काठमाडौंदेखि मनाङको माइनस २९ सम्मको तापक्रम अनि दुई वर्ष भारतको मुम्बईका गल्ली गल्लीका संघर्षको कथा निकै लामो छ ।  टिमवर्कको सफल उदाहरण नै अहिलेको प्रेमगीत–३ सफलताको श्रेय हो भन्ने मैले बुझेको छु । चलचित्र छायाँकनको लागी जब हामी १३०...