२०८२ चैत्र १

विचार

विचार : प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

विचार : प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

SYM शुद्ध सकारात्मकता, विचार, विचार
काठमाडौँ, ११ वैशाख (रासस) : औद्योगिक क्रान्तिको प्रभावले युरोपभरि औद्योगिकीकरणको सुरूआत, दार्शनिक क्षेत्रमा नयाँ बहसको प्रारम्भ, लोकतान्त्रिक चेतनाको विस्तार र मजदुर आन्दोलन विकसित हुँदै थियो । मुख्यतः १८३० को दशकपछि मजदुर आन्दोलनले सङ्गठित स्वरूप लिँदै जाँदा आन्दोलन लक्ष्यमुखी बनाउन विचारधाराका क्षेत्रमा आधुनिक विचारले स्थान पाउँदै थियो । त्यही बिन्दुमा माक्र्स–एगेल्सको पहलमा सन् १८६४ मा मजदुरको पहिलो अन्तर्राष्ट्रिय गठन भएपश्चात् राज्यसत्ता र प्रणालीका सन्दर्भमा व्यवस्थित बहस देखाप¥यो । अन्तर्राष्ट्रियमा कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स, कार्ल काउत्स्की, बाकुनिन, लासाललगायतका विलक्षण प्रतिभाका नेताहरू थिए । माक्र्स भन्थे, “पुँजीवादी राज्यको विकल्प समाजवादी राज्य व्यवस्था नै हो, यसका निम्ति विचार, राजनीति, सङ्गठन र राज्यसत्तामा समाजवादीको योजनाबद्ध पहलकदमी र हस्तक्षेप आवश्यक प...
विचार :नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

विचार :नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

SYM शुद्ध सकारात्मकता, विचार, विचार
नेपालगञ्ज, १ वैशाख (रासस)ः ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित राष्ट्रिय पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ । विक्रम संवत् अङ्गे्रजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस् भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वभर छरिएर रहेका नेपालीहरुले एक आपसमा शुभकामना दिन सुरु गर...
आलेखः ‘चिल गाडी कैले आउन्या ओ’

आलेखः ‘चिल गाडी कैले आउन्या ओ’

विचार, विचार
कालीकोट, २६ चैत (रासस) : ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उहाँलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ । अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा कतै आफूले खनेको मैदानमा आउने हो कि भन्ने लाग्छ उहाँलाई । यतिका वर्षसम्म पनि जहाज नआएको देख्दा निरास हुँदै उहाँ भन्नुहुन्छ, “चिल गाडी नदेखिकनै मन्न्या हौँ कि ?” गाउँको विमानस्थलमा जहाजको सुविधा भए...
विचार- सरकार निजी क्षेत्र सहकार्य : अर्थतन्त्र सुधारको मार्गचित्र

विचार- सरकार निजी क्षेत्र सहकार्य : अर्थतन्त्र सुधारको मार्गचित्र

विचार, विचार
अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोष मानिहाल्ने अवस्थामा छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक बाटोतर्फ नै अग्रसर भइरहेको हो कि भन्ने महसुस हुन थालेको छ । विदेशी विनिमय सञ्चिति रु १४ खर्ब नजिक पुगेको छ । व्यापार घाटा १८ दशमलव सात प्रतिशतले घटेको र ‘रेमिट्यान्स’ २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तमा रू ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै रु ३६ अर्ब ११ करोडले वृद्धि भएको छ । अमेरिकी डलरमा शोधनान्तर बचत रु एक अर्ब एक करोड छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा थियो । शोधनान्तर स्थितिमा मात्रै नभई चालु आवमा चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ...
प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

विचार, विचार
कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् । राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो । गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स ...
बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

विचार, विचार
कुनै ब्यक्तिले आर्जन गरेको पैसा उपभोग, बचत,लगानी ,दान वा सामाजिक कामहरुमा खर्च गर्छ । बैंक तथा वितिय संस्थाहरुको कारोबारको प्रमुख र एक मात्र स्रोत र साधन बचत नै रहेकोले जनतासङ्ग उपभोग कम गरेर भए पनि बैंकले हामिसङ्ग बचत गरौ भनी आह्वान गर्दछ । यसकोलागी आकर्षक ब्याज , बचतको सुरक्षण ( रु ५ लाख सम्म्को बचतको बिमा हुने) मागेको बखत तुरुन्त वा मुद्द्ती निक्षेपमा सम्झौता बमोजिम फिर्ता हुने , आवश्यकताको बेला मुद्द्ती निक्षेप धितो राखी ऋण पाउने आदि सुविधा दिएको हुन्छ ।कथमकदाचित बैंक लिक्विडेशनमा गएमा पनि बैंकको सम्पती बिक्रीबाट आएको रकममा बचतकर्ताको अग्राधिकार रहने कानुनी व्यवस्था छ ।यी सब कारणहरुले जनताले निर्धक्कसङ्ग बैंकमा बचत गरेको पाइन्छ । आवश्यकता र मागको आधारमा बैंकले जनताबाट संकलन गरेको बचत रकम नै कृषक, उद्योगि,व्यापारी, सेवामुलक तथा व्यक्तिलाई निश्चित अवधिको लागि सम्झौता बम...
कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

विचार, विचार
मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडामा मेला लगाउने भएपछि कपडा ब्यवसायीहरुले हल्का बिरोध गरेको सुनिएको थियो । तरलता अभाव भैरहेको बजारमा एउटा दुइटा ग्राहक मात्र आइरहेकोमा ती ग्राहक पनि मेला तिर लागेमा रैथाने कपडा ब्यवसायीलाई मर्का पर्ने नै हो कि ? तरलता अभावको समयमा मेला भर्न जाने स्थानीय दर्शकको पैसा छिमेकी मुलुक वा छिमेकी जिल्ला गएमा स्थानीय बजारको कारोबारमा पछि सम्म केही असर पर्छ होला । बजारमा तरलता अधिक भएको बेला मनोरञ्जन , मेला आदि आयोजना हुने भएमा सान्दर्भिक नै हुन्छ होला । कोभिड , डेङ्गु ,चर्को ब्याज , तरलता अभाव ,सुस्त बजार आदि कुबेला आयोजित मेरो शहरको मेला हिजो घुम्न गैयो । रु६०/- टिकट काटेर भित्र पसे । एउटा स्टलमा बिजुलीको तापमा खुवा बनाउदै रहेछन् । आगोको तापमा घोटेको खुवा त खाएकै हो , यस्तो बिजुलीको तापबाट बनाएको खुवा खान मन लाग्यो र फुच्चे कागजको कपमा रु५०/- ...
विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी : Bhim Bahadur Khadka

विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी : Bhim Bahadur Khadka

विचार, विचार
भिमबहादुर खड्का सुन्दर सुदूरपश्चिमका अनेक सौन्दर्यस्थलमध्ये एक हो, खप्तड लेक । अध्यात्मवादीलाई जति मोहक छ, भौतिकवादमा विश्वास राख्नेहरूका लागि पनि उत्ति नै आकर्षक छ खप्तड । आध्यात्मिक मनोवृत्तिको साधारण व्यक्तिलाई पनि साधक, तपस्वी र ब्रह्मज्ञानी बनाउने यो उच्च भूमि जो-कोही भौतिकवादीको लागि पनि चित्ताकर्षक छ । यहाँ प्रकृतिप्रेमी तथा अध्येताले समय बितेको पत्तै नपाउने अनेक परिदृश्य र विषय छन् । योगी–ध्यानी साधक र आस्थावानका लागि त यो ठाउँ यसै पनि तीर्थस्थल हुँदै हो । सबैखाले मानिसले खोज्ने आनन्द र सुख-शान्ति खप्तडमा विद्यमान छ । यी विशेषताले खप्तडलाई सुप्रसिद्ध पर्यटनस्थल बनाइसकेको छ । सूपको केन्द्रमा अवस्थित यो अनुपम पर्यटनस्थललाई अब समग्र प्रदेशको आर्थिक उन्नतिसँग जोडेर लैजाने समय आएको छ । लामो समय गरिबी, अभाव, अशिक्षा र कुरीतिको पर्यायको रूपमा प्रस्तुत गरिएको सिंगो सूपलाई...
जहाँ मजदुरहरूको जीवनशैली देखेर म लोभिएँ: Hira Bishwakarma

जहाँ मजदुरहरूको जीवनशैली देखेर म लोभिएँ: Hira Bishwakarma

विचार, विचार
मैले मानव बसोवास भएका छ वटा महादेशमध्ये चारवटाका २० वटा देशको भ्रमण गर्ने अवसर पाएँ। केही देशमा छोटो समय बस्ने अवसर पनि पाएँ। यी २० वटा देशमध्ये अति पुँजीवादी, लोककल्याणकारी, अति गरिब र पुँजीवादी अर्थतन्त्रमा साम्यवादी व्यवस्था भएका देशहरू पर्छन्। यिनमा साम्यवादी राजनीतिक व्यवस्था अपनाएका तर हाल बहुदलीय लोकतन्त्र भएका मुलुकहरू पनि पर्छन्। यी सबै देशहरूबारे मेरो आफ्नो अनुभव छ। यता नेपालको ठूलो जनमत अहिले पनि कम्युनिस्ट भन्ने पार्टीहरूलाई विश्वास गर्छ।  मेरो भ्रमण अनुभवका आधारमा नेपालीको यो विश्वास एउटा दिवास्वप्न मात्रै हो भन्न मैले कुनै ठूलो दार्शनिक आधार लिनुपर्छ जस्तो लाग्दैन। मैले उत्तर कोरियाको भ्रमण गर्ने अवसर पाएको छैन। तैपनि मेरा एकजना मित्रको भनाइ यहाँ राख्न चाहन्छु।  उनी साम्यवादी विचारधाराका कट्टर समर्थक त हुन् नै, राम्रो कलाकार र साहित्यक...
अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे

अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे

विचार, विचार
हाम्रो देशले राणाशासनबाट र छिमेकी मुलुक भारतले अंग्रेज उपनिवेशबाट मुक्ति पाएको कालखण्ड एउटै थियो। त्यही कालखण्डमा उत्तरको छिमेकी देश चीनमा युगान्तकारी राजनीतिक परिवर्तन भएको थियो। त्यतिबेला नेपाली जनताको आयस्तर र छिमेकी चीन तथा भारतका जनताको आयस्तरमा खासै ठूलो भिन्नता थिएन। देशको आर्थिकस्तर पनि उस्तै–उस्तै थियो। तर सात दशकपछि अर्थात् अहिलेको अवस्था हेर्ने हो भने छिमेकी चीन र भारतसँग तुलना नै गर्न नसकिने आर्थिक अवस्थामा हामी छौं। यसको मुख्य कारण हो, नेपालको राजनीतिक अस्थिरता। लोकतान्त्रिक गणतन्त्रमार्फत छिमेकी मुलुक भारतमा राजनीतिक स्थिरता कायम भयो भने चीनले जनवादी गणतन्त्रमार्फत राजनीतिक स्थिरता दियो। तर हामीले भने कस्तो राजनीतिक व्यवस्था स्थापना गर्ने ? भन्ने संघर्षमै ७० वर्ष गुजार्‍यौं। आखिर राजनीतिक शासन व्यवस्था भनेको साध्य नभएर साधन रहेछ भन्ने उदाहरण हाम्रै दुई छिमेकी...