२०८१ बैशाख ८

मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं




२९ मंसिर, काठमाडौं । विश्वकपको सेमिफाइनलमा पराजित भएपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आफूहरु तेस्रो स्थानका लागि कोशिस गर्ने बताएका छन् ।

विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको कीर्तिमान बनाएको मोरक्को बुधबार फाइनल प्रवेशका लागि भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भयो ।


Advertisement


मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ । रेग्रागुईले हालसम्म अवसर नपाएका खेलाडीलाई सो खेलमा मौका दिने बताएका छन् । प्रशिक्षकले रेग्रागुईले भने, ‘मानसिक रुपमा यो निकै गाह्रो समय हो । म अहिलेसम्म खेल्ने मौका नपाएका खेलाडीलाई तेस्रो स्थानको लागि हुने खेलमा अवसर दिन्छु । मोरक्को टिममा राम्रो एकता बनाइराख्न पनि यो जरुरी छ । मोरक्को फुटबल एउटा उचाइमा पुग्न धेरै टाढा छैन ।’



उनले साविक विजेताविरुद्धको खेलमा आफ्ना तीन प्रमुख डिफेन्डर चोटका कारण मैदान बाहिर रहेका कारण घाटा भएको बताए । नायेफ एग्वार्ड, रोमेन सइस र नुस्सेर मजरोइ घाइते हुँदा मोरक्कोले रक्षापंक्तिमा थप दबाव झेलेको थियो ।

‘हामीले हाम्रो उत्कृष्ट दियौं । यो निकै महत्वपूर्ण थियो । हामीले तीन मुख्य डिफेन्डरलाई खेलअघि नै वार्मअपको बेला गुमायौं, तर यो बाहनाले काम छैन,’ उनले भने, ‘हामीले धेरै गल्ती गर्‍यौं । पहिलो हाफमा हामी प्राविधिक रुपमा कमजोर देखियौं । दोस्रो हाफमा थपिएको गोलले हामीबाट खेल खोसियो ।’

Copy link
Powered by Social Snap