२०८१ बैशाख १६

खेलकुद

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

खेलकुद
१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । ...
आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

खेलकुद
२२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा ! राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो । आहा ! राराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि उचालेको छ । संकटाले ०७७ को संस्करणमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो । अघिल...
भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु

भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु

खेलकुद
२१ पुस, काठमाडौं । नेपाल टी–२० लिगको व्यपारिक तथा रणनीतिक साझेदार विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालिया अहिले भारतमा छन् । प्रतियोगिताको बीचमै भारत भागेको भन्दै नेपाल क्रिकेट संघ क्यानले कम्पनीसँगको सम्झौता रद्ध गर्ने तयारी गरेको बताएको छ । भारतमै रहेका जतिनले बिहीबार क्यानलाई तिर्नुपर्ने रकमको तेस्रो किस्ताबापत ६० लाख भारतीय रुपैयाँ पठाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसले तिर्नुपर्ने रकमको एउटा हिस्सा बिहीबार क्यानको खातामा आएको पुष्टि गरे । क्यानले सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि ३३ करोड रुपैयाँको सम्झौता गरेको छ । पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्ने सम्झौता छ । त्यसमध्ये आधाभन्दा बढी रकम प्राप्त भएको र बाँकी रकम जसरी पनि उठाउने क्यान अध्यक्ष चन्दले बताए । सेभेन थ्रीले ९ पुसदेखि त्रिवि क्रिकेट मै...
शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

खेलकुद
२० पुस, काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ । उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । गत...
काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

खेलकुद
१४ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा नेपाली महिला टिम उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि यात्रामा असफल रह्यो । भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् । नेपाल भलिबल संघले खुला छनोटमार्फत खेलाडी छनोट गरी करिव एक महिनाको तयारीसहित टिमलाई बंगलादेश पठाएको थियो । प्रतियोगितामा बंगलादेश र उज्वेकिस्तानका २–२ तथा नेपाल र श्रीलंका गरी ६ टिमको सहभागिता थियो । पुरुषतर्फ नेपाल फाइनलमा यही प्रतियोगिताको पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिम फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनलमा नेपालले कीर्गिस्तानलाई २–० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा बंगलादेश, नेपाल, कीर्...
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

खेलकुद
५ पुस, काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल ख...
पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

SYM शुद्ध सकारात्मकता, खेलकुद
४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । नेपालको टिटुके समूह प्रतियोगिताको अन्तिम च...
Who might win the Golden Glove? Here are 4 strong contenders

Who might win the Golden Glove? Here are 4 strong contenders

खेलकुद
२ पुस, काठमाडौं । फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् । सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो । फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ । जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चा...
मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं

मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं

खेलकुद
२९ मंसिर, काठमाडौं । विश्वकपको सेमिफाइनलमा पराजित भएपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आफूहरु तेस्रो स्थानका लागि कोशिस गर्ने बताएका छन् । विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको कीर्तिमान बनाएको मोरक्को बुधबार फाइनल प्रवेशका लागि भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भयो । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ । रेग्रागुईले हालसम्म अवसर नपाएका खेलाडीलाई सो खेलमा मौका दिने बताएका छन् । प्रशिक्षकले रेग्रागुईले भने, ‘मानसिक रुपमा यो निकै गाह्रो समय हो । म अहिलेसम्म खेल्ने मौका नपाएका खेलाडीलाई तेस्रो स्थानको लागि हुने खेलमा अवसर दिन्छु । मोरक्को टिममा राम्रो एकता बनाइराख्न पनि यो जरुरी छ । मोरक्को फुटबल एउटा उचाइमा पुग्न धेरै टाढा छैन ।’ उनले साविक विजेताविरुद्धको खेलमा आफ्ना तीन प्रमुख डिफेन्डर चोटका कारण मैदान बाहिर रहेका कारण घाटा भएको ब...
मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?

मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?

खेलकुद
मंगलबार राती कतारको लुसेलस्थित लुसेल रंगशालामा लिओनल मेसीको जादूमयी खेलको साक्षी बन्न पाइयो। फिफा विश्वकप २०२२ को सेमिफाइनलमा मेसीले क्रोएसियाविरूद्ध आफ्नो कला देखाए। अर्जेन्टिना ३-० ले विजयी हुँदै उपाधि नजिक पुग्यो। हुन त मेसीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरूद्धको खेलमा पनि उस्तै खेल देखाएका थिए। आफ्नो वरिपरि विपक्षीलाई फनफनी नचाउने र बललाई उत्कृष्ट तवरबाट पास निकाल्दा लुसेल रंगशालामा समर्थकको हुटिङ एक्कासी बढ्थ्यो। क्रोएसियाविरूद्ध पहिलो गोल मेसीले पेनाल्टीबाट गरेका थिए। दोस्रो गोल अल्भारेजले गर्दा तेस्रो गोलमा मेसीको कला देखियो। उनले विपक्षी बक्सभित्र उत्कृष्ट तरिकाबाट बल घुमाउँदै अल्भारेजका लागि पास मिलाइदिएका थिए। मैदानमा मेसीलाई विपक्षीले चार तिरबाट घेरिरहँदा उनको खुट्टा बलबाट बल फुत्किदैन थियो। विपक्षी शारीरिक रूपमा आफूभन्दा बलिया भए पनि मेसीले विपक्षीलाई छक्याइ...