२०८३ असार १३

खेलकुद

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

खेलकुद
उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन् । समूह ’ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । त्यतिबेला नेपाल आफ्नो समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डलाई पराजित गरेको थियो । दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को ...
ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

खेलकुद
ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् । टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहनेछ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले मार्च २४ मा श्रीलङ्का, मार्...
विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

खेलकुद
सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका हुन् । यससँगै अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले ...
कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु

कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु

खेलकुद
झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता २०७९ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रेदशसभा सदस्य एकराज कार्कीले गर्नुभयो । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टोलीले रू ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, द्वितीय हुने टोलीले रू ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टोलीले रू सात हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजयीले रू ३० हजार, द्वितीयले रू १५ हजार र तृतीय हुने टोलीले रू पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार ...
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : अन्जन वर्षको उत्कृष्ट खेलाडी

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : अन्जन वर्षको उत्कृष्ट खेलाडी

खेलकुद
उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित समारोहमा विष्टलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित गरिएको हो । उक्त विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहालसमेत परेका थिए । विष्टले तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उल्लेखनीय योगदान पू¥याएका थिए । उनले अवार्डसँगै मोटरसाइकल प्राप्त गरेका छन् । त्यसैगरी वर्षको उत्कृष्ट महिला खेलाडी भलिबल खेलाडी अरुणा शाहीले जितिन् । उक्त विधामा बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुस्पा भण्डारी तथा क्रिकेटकी सीताराना मगर र रुबिना श्रेत्री मनोनयनमा परेका थिए । शाहीले बङ्गलादेशको ढाकामा सम्प...
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

SYM शुद्ध सकारात्मकता, खेलकुद
म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी स...
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

खेलकुद
१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । ...
आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

खेलकुद
२२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा ! राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो । आहा ! राराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि उचालेको छ । संकटाले ०७७ को संस्करणमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो । अघिल...
भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु

भारत पुगेका जतिनले क्यानलाई पठाए ६० लाख भारु

खेलकुद
२१ पुस, काठमाडौं । नेपाल टी–२० लिगको व्यपारिक तथा रणनीतिक साझेदार विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालिया अहिले भारतमा छन् । प्रतियोगिताको बीचमै भारत भागेको भन्दै नेपाल क्रिकेट संघ क्यानले कम्पनीसँगको सम्झौता रद्ध गर्ने तयारी गरेको बताएको छ । भारतमै रहेका जतिनले बिहीबार क्यानलाई तिर्नुपर्ने रकमको तेस्रो किस्ताबापत ६० लाख भारतीय रुपैयाँ पठाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसले तिर्नुपर्ने रकमको एउटा हिस्सा बिहीबार क्यानको खातामा आएको पुष्टि गरे । क्यानले सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि ३३ करोड रुपैयाँको सम्झौता गरेको छ । पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्ने सम्झौता छ । त्यसमध्ये आधाभन्दा बढी रकम प्राप्त भएको र बाँकी रकम जसरी पनि उठाउने क्यान अध्यक्ष चन्दले बताए । सेभेन थ्रीले ९ पुसदेखि त्रिवि क्रिकेट मै...
शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

खेलकुद
२० पुस, काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ । उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । गत...