२०८१ बैशाख २१

युरो कपमा आज तीन खेल हुँदै

युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछ। 

पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘डी’ अन्तर्गतको खेल साँझ ६:४५ बजे लन्डनमा हुनेछ। 


Advertisement


युरो कपमा इंग्ल्यान्ड र क्रोएसियाबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा क्रोएसिया २ खेलमा विजयी भएको छ भने इंग्ल्यान्डले १ खेलमा जित हात पारेको छ। 

दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘सी’ अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा राति ९:४५ बजे सुरू हुनेछ।

म्यासेडोनिया पहिलो पटक युरो कपमा छनोट भएको हो। दुई देशबीच भएका दुई प्रतिस्पर्धामा दुवै खेलमा अस्ट्रिया विजयी भएको छ।

समूह ‘सी’ कै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ। खेल आम्स्टर्डममा राति १२:४५ बजे सुरू हुनेछ।

अघिल्लो युरो कप र विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् २०१४ को विश्वकपछि पहिलो मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ।

Copy link
Powered by Social Snap