२०८१ बैशाख २१

युरोकप फुटबल : इटालीको सुखद सुरुआत

काठमाडौं । इटालीले युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ । रोमामा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको हो । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित हो ।


Advertisement


ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक–एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो ।

६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।

जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा छ । यता, टर्कीले हारबाट प्रतियोगितामा खराब सुरुआत गरेको छ । 

Copy link
Powered by Social Snap