२०८१ बैशाख १४

पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

युरो २०२० अघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित हात पारेको छ।

पोर्चुगलले बुधबार राति भएको खेलमा इजरायललाई ४-० गोलले पराजित गरेको हो। 


Advertisement


पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे। उनले खेलको ४२ मिनेटमा पहिलो गोल गर्दा दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए। 

यस्तै कप्तान क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए। उनलाई गोल गर्न पनि फर्नान्डेजले नै पास दिएका थिए। 

पोर्चुगलका लागि अर्को गोल खेलको ८६ मिनेटमा कान्सेलोले गरेका थिए। 


पोर्चुगल युरो २०२० मा समूह ‘एफ’ मा छ। यो समूहमा पोर्चुगलसँगै जर्मनी, फ्रान्स र हंगेरी छन्।

पोर्चुगलले युरोको पहिलो खेलमा आगामी मंगलबार हंगेरीसँग खेल्नेछ।

Copy link
Powered by Social Snap