२०८१ बैशाख ८

घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ । घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि ब्राजिलले सहभागिता जनाउने पक्का भएको हो । 


Advertisement


खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिताको विषय अन्योलमा थियो ।

ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने बताएका छन् ।

 

आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । यता, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

Copy link
Powered by Social Snap