२०८१ बैशाख २०

युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

युरो २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ। 

प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा इटाली र टर्कीबीच इटालीको रोममा प्रतिस्पर्धा हुँदैछ। 

यसपटकको युरो कपको विजेताले १० मिलियन युरो (१ अर्ब ४२ करोड रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ।


Advertisement


उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन प्राप्त गर्नेछ।

फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। 

क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ। 

समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्नेछ। 

युरो २०२० सहभागी टिमले कम्तिमा ९.२५ र बढीमा (विजेता) ले ३४ मिलियन युरो  (४ अर्ब ४२ करोड रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्न सक्नेछ। 

Copy link
Powered by Social Snap