२०८१ बैशाख ६

खेलकुद

टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

खेलकुद
जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान तेस्रो दिन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  अमेरिका र चीनलाई स्वर्ण पदकमा उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले यो समाचार तयार पार्दासम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ। तेस्रो स्थानमा झरेको चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।  यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ।  Advertisement तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ बेलायत पाँचौँ स्थानमा रहेको छ। यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक...
दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

खेलकुद
टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिल र आइभरी कोस्टको यु-२३ टिमले बराबरी खेलेका छन्। आइतबार भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो। खेलको १४ मिनेटमा ब्राजिलका डोउग्लास लुइसले रातो कार्ड पाएका थिए। Advertisement कोउएसीले ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदा आइभरी कोस्टमा पनि १० खेलाडीमा सीमित बन्यो। उनले खेलको ६५ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए।  यसअघि ब्राजिलले पहिलो खेलमा जर्मनीलाई ४-२ गोलले पराजित गरेको थियो। ब्राजिलले समूह 'डी' मा दुई खेलबाट चार अंक जोडेको छ।  यता 'सी'को खेलमा अर्जेन्टिनाले इजिप्टलाई १-० गोलले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२ मिनेटमा गोल गरेको थियो। यसअघि पहिलो खेलमा अर्जेन्टिनालाई अस्ट्रेलियाले पराजित गरेको थियो।  यता फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ गोलले पराजित गरेको छ। फ्र...
फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

खेलकुद
अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।  Advertisement 'डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले  मेरोबारेमा नाटक गरेका छन्,' उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्। यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।  अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो ल...
टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

खेलकुद
टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ। चीनकी सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन्। कोरोना भाइसका कारण बनाइएको नयाँ नियमका कारण उनलाई मेडल किस्तीमा राखिएर दिइएको थियो भने उनले मेडल समारोहमा मास्क लगाएरै आफ्नो देशको राष्ट्रिय गान गाएकी थिइन्।  Advertisement ओलम्पिकको पहिलो दिन आज अहिलेसम्म २० देशले पदक जितेका छन्। जसमा चीनसहित ६ देशले स्वर्ण पदक हात पारेका छन्।  चीन दुई स्वर्ण जित्दा आयोजक जापान, इक्वेइडर, इरान, दक्षिण कोरिया र कोसोभोले १-१ स्वर्ण हात पारेका छन्। दक्षिण एसियाको भारतले पहिलो पहिलो दिन पदक जितेको छ। भारतले रजत पदक जितेको हो। भारतकी मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेकी हुन्।  उनी ओलम्पिक भारोत्तोलनमा भारतका लागि रजत जित्ने पहिलो खेलाडी बनिन्। यो इभेन्ट...
टोकियो ओलम्पिक सुरू, गौरिका र एलेक्जान्डरले बोके नेपालको झण्डा

टोकियो ओलम्पिक सुरू, गौरिका र एलेक्जान्डरले बोके नेपालको झण्डा

खेलकुद
कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक गेम्स सुरू भएको छ। कोरोनाका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिता अबको दुई साता जापानको राजधानी टोकियोमा संचालन हुनेछ।  प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  ओलम्पिकमा नेपालका पाँच खेलाडीले सहभागिता जनाउँदैछन्। Advertisement शुक्रबार भएको उद्घाटन समारोहमा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह नेपालको झण्डा बोकेका छन्। गत वर्ष हुने तय भएको ओलम्पिक कोरोना भाइरसका कारण एक वर्ष सारिएको थियो। तोकिएको समयभन्दा एक वर्षपछि हुन लागेको ओलम्पिक त्रासमुक्त भने छैन।  माक्स, क्वारेन्टिन र पिसिआर टेस्ट ओलम्पिक खेलमा थपिएका अनिवार्य नियम हुन्। आयोजकले सकेसम्म सुरक्षित बनाउने कोशिस गरे पनि ओलम्पिकमा सहभागीमा कोरोना संक्रमण हुने दर रोकिएको छ...
छलफल नगरी प्रशिक्षकको करार थपेको भन्दै कृष्ण थापाले दिए एन्फा टेक्निकल कमिटीबाट राजीनामा

छलफल नगरी प्रशिक्षकको करार थपेको भन्दै कृष्ण थापाले दिए एन्फा टेक्निकल कमिटीबाट राजीनामा

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीको संयोजक पदबाट कृष्ण थापाले राजीनामा दिएका छन्। एन्फाका उपाध्यक्ष समेत रहेका थापाले विधिविधान विपरित कार्य हुँदै आएको भन्दै राजीनामा दिएका हुन्।  Advertisement उनले आफूलाई कुनै जानकारी नदिइ, सरसल्लाह नगरी राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको करार थप्ने, एकेडेमीका लगि यू-१३ खेलाडीको अन्तिम नाम सिफारिस गर्ने,  बी लाइसेन्स कोर्ष आयोजना गर्ने,  राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षकहरू नियुक्त गर्ने जस्ता विधिबिधान विपरित कार्य हुँदै आएकोले पदमा बस्न नैतिकताले निमल्ने बताउँदै राजीनामा दिएका हुन्।  थापाले यसअघि यू-१३ छनोटमा आफूसँग सल्लाह नगेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। यस्तै उनले एन्फाको कार्यसमिति बैठकको माग गर्दै अरु दुई उपाध्यक्षसँगै एन्फामा पत्र समेत दर्ता गराएका थिए। ...
कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक

कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक

खेलकुद
कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक गेम्स सुरू हुँदैछ। कोरोनाका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिता अबको दुई साता जापानको राजधानी टोकियोमा संचालन हुनेछ।  प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  गत वर्ष हुने तय भएको ओलम्पिक कोरोना भाइरसका कारण एक वर्ष सारिएको थियो। तोकिएको समयभन्दा एक वर्षपछि हुन लागेको ओलम्पिक त्रासमुक्त भने छैन।  Advertisement माक्स, क्वारेन्टिन र पिसिआर टेस्ट ओलम्पिक खेलमा थपिएका अनिवार्य नियम हुन्। आयोजकले सकेसम्म सुरक्षित बनाउने कोशिस गरे पनि ओलम्पिकमा सहभागीमा कोरोना संक्रमण हुने दर रोकिएको छैन।  बिहीबारसम्म ओलम्पिकमा सहभागी ८७ जनामा कोरोना पुष्टि भइसकेको छ।  यसपटकको ओलम्पिकमा ३३ खेलको ३३९ मेडल इभेन्ट हुनेछन्। ३३ मध्ये पाँच खेल नयाँ छन्। यस...
ए डिभिजन लिग तोकिएकै मितिमा हुन्छ : एन्फा

ए डिभिजन लिग तोकिएकै मितिमा हुन्छ : एन्फा

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ए डिभिजन लिग तोकिएकै मितिमा हुने बताएका छन्। उनले कोरोना भाइरसका कारण लिग नरोकिने बताए।  आगामी असोज ३ गतेदेखि सुरु गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग गतिविधि रोक्न चार वटा क्लबले माग गरेपछि शेर्पाले  प्रतिक्रिया दिएका हुन्। Advertisement 'यसअघि क्लबहरूसँग गरिएको बैठकमा खेलाडीलाई खोप लगाउने, प्रत्येक खेलअघि पिसिआर टेस्ट गर्ने, पोजेटिभ भए आइसोलेसन व्यवस्थान गर्ने सहमती भएको थियो। कोभिडको कारणले लिग रोक्ने सम्भावना छैन। घोषित मितिमा लिग गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,' शेर्पाले भने। 'नेपाली फुटबल अघि बढाउन लिग निरन्तर संचालन गर्नुपर्छ। बिना दर्शक पनि लिग गराउनु पर्छ  भनेर अगाडि बढिरहेका छौं।' शेर्पाले लिग गतिविधिको विषयमा असन्तुष्टि जनाएका चार क्लबले पन...
टोकियो ओलम्पिक : नेपालकी सोनिया भट्टले इरिनासँग भिड्ने

टोकियो ओलम्पिक : नेपालकी सोनिया भट्टले इरिनासँग भिड्ने

खेलकुद
टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।  बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुने तय भएको हो। Advertisement खेल आगामी शनिबार हुनेछ। प्रारम्भिक चरणको खेल स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ। यो समूहको पदकको टुंगो शनिबार नै लाग्नेछ।  रसियाकी इरिनाले आफ्नो देशको झण्डाबाट भने खेल्ने छैनन्। रसिया डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको कारण रसियाका खेलाडीहरू ओलम्पिकको झण्डबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन्।  शनिबार नै नेपालकी अर्की खेलाडीले प्रतिस्पर्धा गर्दैछिन्। सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। यो खेल स्थानीय समयअन...
टोकियो ओलम्पिक: ब्राजिलकी मार्टाले बनाइन् कीर्तिमान, अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम

टोकियो ओलम्पिक: ब्राजिलकी मार्टाले बनाइन् कीर्तिमान, अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत फुटबलमा ब्राजिलकी मार्टाले कीर्तिमान बनाएकी छिन्। बुधबार चिनविरुद्ध गोल गर्दै उनी महिला र पुरुष प्रतिस्पर्धामा लगातार पाँच ‌ओलम्पिकमा गोल गर्ने पहिलो खेलाडी बनिन्। Advertisement उनले २००४ देखि लगातार ओलम्पिक खल्दै गोल समेत गरेकी हुन्। ४३ वर्षीय मार्टाले ओलम्पकिमा गोल संख्या ११ पुर्‍याएकी छिन्। उनले दुई गोल गरेको समूह बीको खेलमा ब्राजिलले चीनलाई ५-० गोलले पराजित गरेको छ। यता समूह सीको खेलमा स्विडेनले अमेरिकालाई ३-० गोलले पराजित गरेको छ। यससँगै विश्व विजेता अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। महिला फुटबलको प्रतिस्पर्धा तीन समूहमा चार चार टिम गरी १२ टिमबीच प्रतिस्पर्धा भइरहेको छ। आगामी शुक्रबारदेखि औपचारिक रूपमा सुरू हुने टोकियो ओलम्पिकका केही विधाका खेल भने सुरु भएका छन्।  ...