२०८३ असार १४

खेलकुद

टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

खेलकुद
टोकियो ओम्पिकअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धामा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ। समूह 'डी' को खेलमा बुधबार ब्राजिलले साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। Advertisement ब्राजिलको जितमा कुन्हाले १४ मिनेटमा पहिलो गोल गर्दा रिचार्लीसनले ७६ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। यता आइभरी कोस्टसँग १-१ गोलको बराबरी खेलेको जर्मनी भने बाहिरिएको छ। समूहमा ब्राजिलले तीन खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा जर्मनीलाई ४-२ ले हराएको ब्राजिलले दोस्रो खेलमा आइभरी कोस्टसँग बराबरी खेलेको थियो। दोस्रो भएको आइभरी कोस्ट ५ अंक जोड्दै अन्तिम आठमा पुग्यो। ४ अंक जोडेको जर्मनी भने बाहिरियो।  यता समूह 'बी' बाट दक्षिण कोरिया र न्युजिल्यान्ड अन्तिम आठमा पुगेका छन्।  दक्षिण कोरियाले बुधबार समूहको अन्तिम खेलमा होन्डुरस...
टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा गौरिकाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा गौरिकाको राष्ट्रिय कीर्तिमान

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्। यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्। Advertisement बुधबार सय मिटर फ्रिस्टायलको पहिलो हिटमा पौडीएकी गौरिका चार खेलाडी मध्ये तेस्रो भइन्। शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए। गौरिकाले ग्वामका खेलाडीलाई मात्र पछि पार्न सकिन्।  यो स्पर्धामा कुल ५१ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने...
टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

खेलकुद
जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा कामयै छ।  प्रतियोगिताको चौथो दिन स्वर्ण पदकमा अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा यथावत रहेको हो। यसअघि प्रतियोगिताको तेस्रो दिन पनि जापान अगाडि थियो। Advertisement ७१ स्वर्णको टुंगो लाग्दा जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच काँस्यसहित कूल १८ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।  यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ ।  यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्व...
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्। यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो स्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ। Advertisement सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्।  जारी ओलम्पिकको ...
टोकियो ओलम्पिक : नेपालका एलेक्जान्डरले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : नेपालका एलेक्जान्डरले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।  सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।  यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो। नेपालमा भएको १३औं सागमा उनले ५४:१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।  Advertisement आफ्नै नामको कीर्तिमान तोडेका उनी पहिलो हिट्समा पहिलो भए। सात जना पौडिएको हिड्समा कोसोभोका खेलाडी दोस्रो भए। प्यालेस्टाइनका खेलाडी तेस्रो, गुएनाका चौथो, भुटानका पाँचौ, माल्दिभ्सका सातौ र सोलोमन आइल्यान्डका खेलाडी सातौं भए।  समग्रमा ५९औं भएसँगै उनी पहिलो चरणबाटै बाहिरिए। यो स्पर्धामा कुल ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धाका शीर्ष १६ खेलाडी सेमिफाइनल पुगेक...
फुटबल टिमका कप्तान किरण भन्छन्- गल्ती होइन समाधान खोजौं

फुटबल टिमका कप्तान किरण भन्छन्- गल्ती होइन समाधान खोजौं

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले समाधान खोज्न आग्रह गरेका छन्।  नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेपछि कप्तान किरणले समाधान खोज्न आग्रह गरेका हुन्।  Advertisement किरणले फेसबुकमा लेखेका छन्,'राष्ट्रिय टिम एक परिवार हो। हामी कहिले माथि र तल पुगेका छौं। हामीलाई थाहा छैन को सही र को गलत छ। तर हामी एक राष्ट्रिय टिमका रूपमा कुनै सदस्य गुमाउन चाहँदैनौं। यो समय आगामी खेल र प्रतिस्पर्धाका लागि एकजुट हुने समय हो, कृपया गल्ती होइन समाधान खोज्नुहोस्।' यसअघि आइतबार अलमुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिन गएको भन्दै फेसबुकमा लेखेका थिए। उनले अहिलेसम्म राजीनामा भने दिएका छैनन्।  नेपाली फुटबलप्रेमीको अथाह ...
टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

खेलकुद
जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान तेस्रो दिन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  अमेरिका र चीनलाई स्वर्ण पदकमा उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले यो समाचार तयार पार्दासम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ। तेस्रो स्थानमा झरेको चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।  यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ।  Advertisement तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ बेलायत पाँचौँ स्थानमा रहेको छ। यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक...
दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

खेलकुद
टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिल र आइभरी कोस्टको यु-२३ टिमले बराबरी खेलेका छन्। आइतबार भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो। खेलको १४ मिनेटमा ब्राजिलका डोउग्लास लुइसले रातो कार्ड पाएका थिए। Advertisement कोउएसीले ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदा आइभरी कोस्टमा पनि १० खेलाडीमा सीमित बन्यो। उनले खेलको ६५ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए।  यसअघि ब्राजिलले पहिलो खेलमा जर्मनीलाई ४-२ गोलले पराजित गरेको थियो। ब्राजिलले समूह 'डी' मा दुई खेलबाट चार अंक जोडेको छ।  यता 'सी'को खेलमा अर्जेन्टिनाले इजिप्टलाई १-० गोलले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२ मिनेटमा गोल गरेको थियो। यसअघि पहिलो खेलमा अर्जेन्टिनालाई अस्ट्रेलियाले पराजित गरेको थियो।  यता फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ गोलले पराजित गरेको छ। फ्र...
फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

खेलकुद
अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।  Advertisement 'डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले  मेरोबारेमा नाटक गरेका छन्,' उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्। यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।  अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो ल...
टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

खेलकुद
टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ। चीनकी सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन्। कोरोना भाइसका कारण बनाइएको नयाँ नियमका कारण उनलाई मेडल किस्तीमा राखिएर दिइएको थियो भने उनले मेडल समारोहमा मास्क लगाएरै आफ्नो देशको राष्ट्रिय गान गाएकी थिइन्।  Advertisement ओलम्पिकको पहिलो दिन आज अहिलेसम्म २० देशले पदक जितेका छन्। जसमा चीनसहित ६ देशले स्वर्ण पदक हात पारेका छन्।  चीन दुई स्वर्ण जित्दा आयोजक जापान, इक्वेइडर, इरान, दक्षिण कोरिया र कोसोभोले १-१ स्वर्ण हात पारेका छन्। दक्षिण एसियाको भारतले पहिलो पहिलो दिन पदक जितेको छ। भारतले रजत पदक जितेको हो। भारतकी मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेकी हुन्।  उनी ओलम्पिक भारोत्तोलनमा भारतका लागि रजत जित्ने पहिलो खेलाडी बनिन्। यो इभेन्ट...