२०८१ बैशाख १९

दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिल र आइभरी कोस्टको यु-२३ टिमले बराबरी खेलेका छन्। आइतबार भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो।

खेलको १४ मिनेटमा ब्राजिलका डोउग्लास लुइसले रातो कार्ड पाएका थिए।


Advertisement


कोउएसीले ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदा आइभरी कोस्टमा पनि १० खेलाडीमा सीमित बन्यो। उनले खेलको ६५ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए। 

यसअघि ब्राजिलले पहिलो खेलमा जर्मनीलाई ४-२ गोलले पराजित गरेको थियो। ब्राजिलले समूह ‘डी’ मा दुई खेलबाट चार अंक जोडेको छ। 

यता ‘सी’को खेलमा अर्जेन्टिनाले इजिप्टलाई १-० गोलले पराजित गरेको छ।

अर्जेन्टिनाको जितमा मेडिनाले ५२ मिनेटमा गोल गरेको थियो। यसअघि पहिलो खेलमा अर्जेन्टिनालाई अस्ट्रेलियाले पराजित गरेको थियो। 

यता फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ गोलले पराजित गरेको छ। फ्रान्सले समूह ‘ए’ मा पहिलो जित हात पारेको हो।

Copy link
Powered by Social Snap