२०८१ बैशाख १४

टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

टोकियो ओम्पिकअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धामा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ।

समूह ‘डी’ को खेलमा बुधबार ब्राजिलले साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।


Advertisement


ब्राजिलको जितमा कुन्हाले १४ मिनेटमा पहिलो गोल गर्दा रिचार्लीसनले ७६ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।

यता आइभरी कोस्टसँग १-१ गोलको बराबरी खेलेको जर्मनी भने बाहिरिएको छ।

समूहमा ब्राजिलले तीन खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा जर्मनीलाई ४-२ ले हराएको ब्राजिलले दोस्रो खेलमा आइभरी कोस्टसँग बराबरी खेलेको थियो।

दोस्रो भएको आइभरी कोस्ट ५ अंक जोड्दै अन्तिम आठमा पुग्यो। ४ अंक जोडेको जर्मनी भने बाहिरियो। 

यता समूह ‘बी’ बाट दक्षिण कोरिया र न्युजिल्यान्ड अन्तिम आठमा पुगेका छन्।  दक्षिण कोरियाले बुधबार समूहको अन्तिम खेलमा होन्डुरसलाई ६-० ले हरायो। 

न्युजिल्यान्डले रोमानियासँग गोलरहित बराबरी खेल्दै अन्तिम आठमा स्थान बनायो।

Copy link
Powered by Social Snap