२०८१ बैशाख १९

खेलकुद

पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

खेलकुद
जापानमा जारी ३२ औं ग्रिस्मकालिन ओलम्पिकमा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्यसहित ४० पदक जितेको छ। चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो । यता, १७ स्वर्ण जितेको आयोजक जापान भने दोस्रो स्थानमा रहेको छ। जापानले ४ रजत र ७ कास्यसहित २८ पदक जितेको छ। Advertisement तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १४ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ।  शुक्रबार पौडीको स्पर्धामा अमेरिकी टोली स्वर्ण पदकविहीन भएको छ । यो सँगै अब अमेरिकालाई पहिलो हुने सम्भावना कम भएको छ । यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रूस चौथो स्थानमा रहेको छ। हालसम्म रूसले १० स्व...
‘यही अवस्था रहे नेपालको ओलम्पिक यात्रा आगामी ६ दशकसम्म पनि यस्तै हुन्छ’

‘यही अवस्था रहे नेपालको ओलम्पिक यात्रा आगामी ६ दशकसम्म पनि यस्तै हुन्छ’

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत शुक्रबार विहान एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएसँगै नेपालको यसपटकको ओलम्पिक यात्रा पनि सहभागितामै सीमित बन्यो।  सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो। त्यसयता सन् १९६८ को मेक्सिको ओलम्पिक बाहेक नेपालले सबै ओलम्पिकमा सहभागिता जनाएको छ। तर नेपालले पदक त के कुनै पनि खेलाडीले दोस्रो चरणमा समेत स्थान बनाउन सकेका छैनन्। तेक्वान्दोका संगीना वैद्य र दीपक बिष्ट बाहेक अन्य खेलाडीले छनोट पार गरेर ‌अहिलेसम्म ओलम्पिक खेल्न सकेका छैनन्।  संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए। के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सीमित हुने हो? यो प्रश्न खेलकुद विज्ञ सुशीलनरसिंह राणालाई सोधका छौं। ...
जुडो टोली स्विट्जरल्यान्ड जाने

जुडो टोली स्विट्जरल्यान्ड जाने

खेलकुद
आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन्। तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन्। प्रशिक्षकमा राजीव प्रधान छन्। Advertisement अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ  टोलीको हवाइ टिकट-खान-बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एन...
टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

खेलकुद
टोकियो ओलम्पिकमा रूसका ३३५ खेलाडी सहभागी छन्। तर, अरू देशका खेलाडी जस्तै उनीहरूलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रिय गानको उपयोग गर्ने अनुमति छैन।  यी सबै खेलाडी रसियन ओलम्पिक कमिटी अर्थात् आरओसीको झण्डामा टोकियो ओलम्पिक खेलिरहेका छन्। उनीहरूले जितेको पदक पनि टोकियो ओलम्पिकको पदक तालिकामा आरओसीको नाममा छ। जसको झण्डा रुसको भन्दा अलग छ।  Advertisement जारी ओलम्पिकमा आरओसीको झण्डामा अहिलेसम्म २५ खेलाडीले पदक जितिसकेका छन्। जसमा ७ स्वर्ण, ११ रजत र ७ कास्य समावेश छन्। आरओसी पदक तालिकामा चीन, अमेरिका र जापानपछि चौथो स्थानमा छ। यसअघिका ओलम्पिकमा रूस पदक तालिकामा माथिल्लो स्थानमा रहने गर्थ्यो। क्षेत्रफलको हिसाबमा संसारको सबैभन्दा ठूलो देश रूस २०१६ को रियो ‌ओलम्पिकमा ५६ पदक जित्दै पदक तालिकाको चौथो स्थानमा रहेको थियो। सन् २०१९ मा वर्ल्ड...
टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

टोकियो ओलम्पिक: पुरुष फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

खेलकुद
टोकियो ओम्पिकअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धामा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ। समूह 'डी' को खेलमा बुधबार ब्राजिलले साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। Advertisement ब्राजिलको जितमा कुन्हाले १४ मिनेटमा पहिलो गोल गर्दा रिचार्लीसनले ७६ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। यता आइभरी कोस्टसँग १-१ गोलको बराबरी खेलेको जर्मनी भने बाहिरिएको छ। समूहमा ब्राजिलले तीन खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा जर्मनीलाई ४-२ ले हराएको ब्राजिलले दोस्रो खेलमा आइभरी कोस्टसँग बराबरी खेलेको थियो। दोस्रो भएको आइभरी कोस्ट ५ अंक जोड्दै अन्तिम आठमा पुग्यो। ४ अंक जोडेको जर्मनी भने बाहिरियो।  यता समूह 'बी' बाट दक्षिण कोरिया र न्युजिल्यान्ड अन्तिम आठमा पुगेका छन्।  दक्षिण कोरियाले बुधबार समूहको अन्तिम खेलमा होन्डुरस...
टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा गौरिकाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा गौरिकाको राष्ट्रिय कीर्तिमान

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्। यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्। Advertisement बुधबार सय मिटर फ्रिस्टायलको पहिलो हिटमा पौडीएकी गौरिका चार खेलाडी मध्ये तेस्रो भइन्। शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए। गौरिकाले ग्वामका खेलाडीलाई मात्र पछि पार्न सकिन्।  यो स्पर्धामा कुल ५१ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने...
टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

खेलकुद
जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा कामयै छ।  प्रतियोगिताको चौथो दिन स्वर्ण पदकमा अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा यथावत रहेको हो। यसअघि प्रतियोगिताको तेस्रो दिन पनि जापान अगाडि थियो। Advertisement ७१ स्वर्णको टुंगो लाग्दा जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच काँस्यसहित कूल १८ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ।  यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ ।  यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्व...
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्। यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो स्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ। Advertisement सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्।  जारी ओलम्पिकको ...
टोकियो ओलम्पिक : नेपालका एलेक्जान्डरले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : नेपालका एलेक्जान्डरले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।  सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।  यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो। नेपालमा भएको १३औं सागमा उनले ५४:१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।  Advertisement आफ्नै नामको कीर्तिमान तोडेका उनी पहिलो हिट्समा पहिलो भए। सात जना पौडिएको हिड्समा कोसोभोका खेलाडी दोस्रो भए। प्यालेस्टाइनका खेलाडी तेस्रो, गुएनाका चौथो, भुटानका पाँचौ, माल्दिभ्सका सातौ र सोलोमन आइल्यान्डका खेलाडी सातौं भए।  समग्रमा ५९औं भएसँगै उनी पहिलो चरणबाटै बाहिरिए। यो स्पर्धामा कुल ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धाका शीर्ष १६ खेलाडी सेमिफाइनल पुगेक...
फुटबल टिमका कप्तान किरण भन्छन्- गल्ती होइन समाधान खोजौं

फुटबल टिमका कप्तान किरण भन्छन्- गल्ती होइन समाधान खोजौं

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले समाधान खोज्न आग्रह गरेका छन्।  नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेपछि कप्तान किरणले समाधान खोज्न आग्रह गरेका हुन्।  Advertisement किरणले फेसबुकमा लेखेका छन्,'राष्ट्रिय टिम एक परिवार हो। हामी कहिले माथि र तल पुगेका छौं। हामीलाई थाहा छैन को सही र को गलत छ। तर हामी एक राष्ट्रिय टिमका रूपमा कुनै सदस्य गुमाउन चाहँदैनौं। यो समय आगामी खेल र प्रतिस्पर्धाका लागि एकजुट हुने समय हो, कृपया गल्ती होइन समाधान खोज्नुहोस्।' यसअघि आइतबार अलमुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिन गएको भन्दै फेसबुकमा लेखेका थिए। उनले अहिलेसम्म राजीनामा भने दिएका छैनन्।  नेपाली फुटबलप्रेमीको अथाह ...