२०८३ आश्विन १५

खेलकुद

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्। Advertisement '२००२ मा १५ वर्षको हुँदा मैले सुरू  गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,' पारसले लेखेका छन्। नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन्।  'क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गरें।  मेरो जीवनमा  मैले देखेको सपना भनेको  नै मैले नेपाली क्...
एन्फा प्रवक्ताबाट राईको राजीनामा

एन्फा प्रवक्ताबाट राईको राजीनामा

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन्।  सोमबार उनले वरिष्ठ उपाध्यक्षको रोहबरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन्।  Advertisement ‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो!’, उनले फेसबुमा लेखेका छन्। यसैबीच प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्ने भएका छन्।  ...
ओलम्पिक फुटबलको पुरूषतर्फ स्पेन, ब्राजिल, जापान र मेक्सिको सेमिफाइनलमा

ओलम्पिक फुटबलको पुरूषतर्फ स्पेन, ब्राजिल, जापान र मेक्सिको सेमिफाइनलमा

खेलकुद
जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनल स्पेन, ब्राजिल, जापान र मेक्सिको पुगेसँगै समिकरण पुरा भएको छ। Advertisement पहिलो क्वार्टरफाइनलमा आइभरी कोष्टलाई ५-२ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो। स्पेनको जितमा सब्सिच्युट खेलाडी राफा मिरले ह्याट्रिक गरे। अब स्पेनले फाइनल प्रवेशका लागि घरेलु टोली जापानको सामना गर्नेछ। जापानले यसअघि न्युजिल्याण्डलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। यस्तै अर्को सेमिफाइनलमा ब्राजिलले मेक्सिकोको सामना गर्नेछ। दक्षिण कोरियालाई ६-३ ले हराउँदै मेक्सिकोले सेमिफाइनलको यात्रा तय गर्दा ब्राजिलले इजिप्टमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। दुबै सेमिफाइनल मंगलबार हुनेछन्। सेमिफाइनल अन्तर्गत पहिलो खेलमा ब्राजिल र मेक्सिको भिड्ने छन्। यी दुई ...
दुई महिना पछि धकेलियो ए डिभिजन लिग, विजेतालाई ७५ लाख

दुई महिना पछि धकेलियो ए डिभिजन लिग, विजेतालाई ७५ लाख

खेलकुद
सहिद स्मारक ए डिभिजन लिग पूर्व निर्धारित मिति भन्दा करिब २ महिना पछि सर्ने भएको छ । यसअघि असोज ३ गतेबाट सुरु गर्ने भनिएको लिग कात्तिक २९ गतेबाट सुरु गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले त्यसलाई ध्यानमा राख्दै लिग सारिएको एन्फाले जनाएको छ। एन्फा र सहभागी १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले मिति सार्ने निर्णय गर्नुका साथै पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । Advertisement अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको हो। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्‍याएको हो। यसअघिको सिजनमा च्याम्पियनले ५० लाख रूपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको  उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्...
पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका हुन् टोकियो ओलम्पिकका पदक

पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका हुन् टोकियो ओलम्पिकका पदक

खेलकुद
अहिले जापानको टोकियोमा ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। सन् २०२० मा हुनु पर्ने ओलम्पिक कोभिड-१९ महामारीका कारण एक वर्षपछि धकेलिएको हो। जारी ओलम्पिकमा यो समाचार तयार पार्दासम्म पदक तालिकामा चीन २२ स्वर्णसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १९ स्वर्ण जितेको छ। आयोजक जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ। ओलम्पिक विश्व खेलकुदको कुम्भमेला हो। विभिन्न खेलमा संसारका विभिन्न मुलुकका देशले पदकलाई प्रतिष्पर्धा गर्छन्। ओलम्पिक जितेका पदक खेलाडीसँगै उनीहरूको देशको प्रतिष्ठासँग पनि जोडिन्छन्। Advertisement आयोजक जापानले यसपालि पदकलाई खेलाडी र देशको प्रतिष्ठासँगै वातावरणसँग पनि जोडेको छ। ओलम्पिकमा खेलाडीलाई दिइने सबै पदक उसले पुराना स्मार्टफोन र ल्यापटपबाट बनाएको हो। यसका लागि जापानले अभियान नै चलाएको थियो। सन् २०१७ मा सुरू भएको अभिया...
प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विषयमा छानविन गर्न मन्त्रालयलाई अनुरोध गरिने

प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विषयमा छानविन गर्न मन्त्रालयलाई अनुरोध गरिने

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छानविन गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरिने भएको छ।  एन्फाको शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। यसअघि प्रमुख प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेखेका थिए।  Advertisement लगत्तै नेम्बाङले अलमुताइरीको आरोप खण्डन गर्दै छानविनको माग गरेका थिए। त्यसपछि दुवैले छानविन गर्न एन्फामा निवेदन दिएका थिए।  'एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ तथा पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानविन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन...
पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

खेलकुद
जापानमा जारी ३२ औं ग्रिस्मकालिन ओलम्पिकमा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्यसहित ४० पदक जितेको छ। चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो । यता, १७ स्वर्ण जितेको आयोजक जापान भने दोस्रो स्थानमा रहेको छ। जापानले ४ रजत र ७ कास्यसहित २८ पदक जितेको छ। Advertisement तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १४ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ।  शुक्रबार पौडीको स्पर्धामा अमेरिकी टोली स्वर्ण पदकविहीन भएको छ । यो सँगै अब अमेरिकालाई पहिलो हुने सम्भावना कम भएको छ । यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रूस चौथो स्थानमा रहेको छ। हालसम्म रूसले १० स्व...
‘यही अवस्था रहे नेपालको ओलम्पिक यात्रा आगामी ६ दशकसम्म पनि यस्तै हुन्छ’

‘यही अवस्था रहे नेपालको ओलम्पिक यात्रा आगामी ६ दशकसम्म पनि यस्तै हुन्छ’

खेलकुद
टोकियो ओलम्पिकअन्तर्गत शुक्रबार विहान एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएसँगै नेपालको यसपटकको ओलम्पिक यात्रा पनि सहभागितामै सीमित बन्यो।  सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो। त्यसयता सन् १९६८ को मेक्सिको ओलम्पिक बाहेक नेपालले सबै ओलम्पिकमा सहभागिता जनाएको छ। तर नेपालले पदक त के कुनै पनि खेलाडीले दोस्रो चरणमा समेत स्थान बनाउन सकेका छैनन्। तेक्वान्दोका संगीना वैद्य र दीपक बिष्ट बाहेक अन्य खेलाडीले छनोट पार गरेर ‌अहिलेसम्म ओलम्पिक खेल्न सकेका छैनन्।  संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए। के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सीमित हुने हो? यो प्रश्न खेलकुद विज्ञ सुशीलनरसिंह राणालाई सोधका छौं। ...
जुडो टोली स्विट्जरल्यान्ड जाने

जुडो टोली स्विट्जरल्यान्ड जाने

खेलकुद
आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन्। तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन्। प्रशिक्षकमा राजीव प्रधान छन्। Advertisement अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ  टोलीको हवाइ टिकट-खान-बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एन...
टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

खेलकुद
टोकियो ओलम्पिकमा रूसका ३३५ खेलाडी सहभागी छन्। तर, अरू देशका खेलाडी जस्तै उनीहरूलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रिय गानको उपयोग गर्ने अनुमति छैन।  यी सबै खेलाडी रसियन ओलम्पिक कमिटी अर्थात् आरओसीको झण्डामा टोकियो ओलम्पिक खेलिरहेका छन्। उनीहरूले जितेको पदक पनि टोकियो ओलम्पिकको पदक तालिकामा आरओसीको नाममा छ। जसको झण्डा रुसको भन्दा अलग छ।  Advertisement जारी ओलम्पिकमा आरओसीको झण्डामा अहिलेसम्म २५ खेलाडीले पदक जितिसकेका छन्। जसमा ७ स्वर्ण, ११ रजत र ७ कास्य समावेश छन्। आरओसी पदक तालिकामा चीन, अमेरिका र जापानपछि चौथो स्थानमा छ। यसअघिका ओलम्पिकमा रूस पदक तालिकामा माथिल्लो स्थानमा रहने गर्थ्यो। क्षेत्रफलको हिसाबमा संसारको सबैभन्दा ठूलो देश रूस २०१६ को रियो ‌ओलम्पिकमा ५६ पदक जित्दै पदक तालिकाको चौथो स्थानमा रहेको थियो। सन् २०१९ मा वर्ल्ड...