टोकियो ओलम्पिक सुरू, गौरिका र एलेक्जान्डरले बोके नेपालको झण्डा
कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक गेम्स सुरू भएको छ। कोरोनाका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिता अबको दुई साता जापानको राजधानी टोकियोमा संचालन हुनेछ।
प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
ओलम्पिकमा नेपालका पाँच खेलाडीले सहभागिता जनाउँदैछन्।
Advertisement
शुक्रबार भएको उद्घाटन समारोहमा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह नेपालको झण्डा बोकेका छन्।
गत वर्ष हुने तय भएको ओलम्पिक कोरोना भाइरसका कारण एक वर्ष सारिएको थियो। तोकिएको समयभन्दा एक वर्षपछि हुन लागेको ओलम्पिक त्रासमुक्त भने छैन।
माक्स, क्वारेन्टिन र पिसिआर टेस्ट ओलम्पिक खेलमा थपिएका अनिवार्य नियम हुन्। आयोजकले सकेसम्म सुरक्षित बनाउने कोशिस गरे पनि ओलम्पिकमा सहभागीमा कोरोना संक्रमण हुने दर रोकिएको छ...









