२०८१ बैशाख १९

खेलकुद

फुटबल टिमको प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

फुटबल टिमको प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा ३६ खेलाडीलाई स्थान दिएका छन् भने १४ खेलाडीलाई छनोट गरेका छैनन्।  Advertisement नेपाली टिम साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छ। नेपाली टिमबाट गोलकिपर विशाल सुनारसँगै अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, दोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई बाहिरिएका हुन्।  मिडफिल्डर विक्रम लामा अहिले टिमसँगै अभ्यास गरिरहेका छन्। यदि पूर्ण फिट भएमा उनी राष्ट्रिय टिममा पर्नेछन्। साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने तय भए पनि पक्का भइसकेको छैन।  एसियन कपको अन...
पाकिस्तानविरूद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डले गर्‍यो ‘क्लिन स्विप’

पाकिस्तानविरूद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डले गर्‍यो ‘क्लिन स्विप’

खेलकुद
पाकिस्तानविरूद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डले क्लिन स्विप गरेको छ। मंगलबार राति सम्पन्न तेस्रो एकदिवसीय खेल पनि जित्दै इंग्ल्यान्डले सिरिज ३-० ले कब्जा गरेको हो।  Advertisement बर्मिङघममा पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा ३३१ रन जोडेको थियो।  पाकिस्तानका लागि कप्तान बाबर अजामले शतक प्रहार गरे। उनले १५८ रन जोडे। १३९ बल खेलेका उनले १४ चौका र ४ छक्का प्रहार गरे।  मोहमद रिजवानले ७४ रन र ओपनर इमाम उल हकले ५६ रनको योगदान दिए।  बलिङमा इंग्ल्यान्डका ब्रायडन कार्सले पाँच विकेट लिन सफल भए। उनले १० ओभरमा ६१ रन खर्चिए।  ३३२ रनको लक्ष्य इंग्ल्यान्डले ७ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्‍यो। इंग्ल्यान्डका लागि जेम्स भिन्सले १०२ रनको शतकीय पारी खेले।  लेविस ग्रेगरीले ७७ रन बटुल्दा इंग्ल्यान्डको जित सम्भव भएको थ...
अर्जेन्टिनी मिडफिल्डर स्पेनिस च्याम्पियन एट्लेटिकोमा आवद्ध

अर्जेन्टिनी मिडफिल्डर स्पेनिस च्याम्पियन एट्लेटिकोमा आवद्ध

खेलकुद
स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले अर्जेन्टिनी मिडफिल्डर रोद्रिगो डि पाउललाई भित्र्याएको छ।  उनी इटालियन क्लब युडिनेसेबाट ४२  मिलियन अमेरिकी डलरमा एट्लेटिकोमा आबद्ध भएका हुन्। Advertisement एट्लेटिको र डि पाउलबीच पाँच  वर्षको सम्झौता भएको छ।  अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको भोलिपल्ट उनी सन् २०२६ सम्मका लागि एट्लेटिकोमा आबद्ध भएका हुन्।  कोपा अमेरिका २०२१ मा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसपछि उनी एट्लेटिकोको नजरमा परेका थिए।  एट्लेटिकोमा आबद्ध हुन पाउनु खुसीको क्षण भएको उनको भनाइ छ। 'म धेरै खुसी भएको छ, म च्याम्पियनसँग आबद्ध भएको छु र आफ्नो जिम्मेवारीबारे सचेत छु,' डि पाउलले भने।  यसअघि उनले सन् २०१६ देखि युडिनेसेबाट खेलेका थिए। जहाँ उनले १७७ खेलमा ३३ गोल गरे। त...
१४औं साग २०२३ को मार्चमा पाकिस्तानमा, २७ खेलमा प्रतिस्पर्धा हुने

१४औं साग २०२३ को मार्चमा पाकिस्तानमा, २७ खेलमा प्रतिस्पर्धा हुने

खेलकुद
फाइल तस्बिर : सन् २०१९ मा नेपालमा भएको सागको समापनमा पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिँदै। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ को मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको छ।  १३औं साग सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजना भएको थियो। १३औं सागको समापनमा १४औं सागका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो। साग प्रत्येक दुई दुई वर्षमा हुने भए पनि कोभिडका कारण १४औं साग तीन वर्षको अन्तरालमा हुने भएको हो। Advertisement १४ औं सागको आयोजक देश पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षको अध्यक्षतामा सोमबार भर्चुअल बैठक बसेको थियो।  बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाएका थिए।   बैठकमा नेपाल र पाकिस्तानसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटा...
युरो २०२० : रोनाल्डोलाई गोल्डेन बुट, को बने सर्वोत्कृष्ट खेलाडी?

युरो २०२० : रोनाल्डोलाई गोल्डेन बुट, को बने सर्वोत्कृष्ट खेलाडी?

खेलकुद
युरो २०२० को सर्वोत्कृष्ट खेलाडी इटालीका गोलकिपर जियानलुगी डोन्नरुम्मा घोषित भएका छन्। इंग्ल्यान्डविरुद्धको फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरेका डोन्नरुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। Advertisement पेनाल्टी सुटआउटमा पुगेको फाइनल खेलमा उनले इंग्ल्यान्डका जाडोन साञ्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए। जससँगै इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गरेको थियो। डोन्नरुम्माले प्रतियोगिताभर तीन क्लिनसिट राखेका थिए। प्रतियोगितामा स्पेनका मिडफिल्डर पेड्रीले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए। १८ वर्षीया पेड्री प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। युरो अघि उनले स्पेनिस टिमबाट चार खेल मात्र खेलेका थिए।  यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट पाए। उनले प्रतियोगिताभर पाँच गोल गरेका थ...
पूरा भयो मेसीको पहिलो धोको!

पूरा भयो मेसीको पहिलो धोको!

खेलकुद
अन्तत: लिओनल मेसी र उनको देश अर्जेन्टिना अन्तर्राष्ट्रिय उपाधि उचाल्न सफल भए। कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार बिहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो। मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो। सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो। जसमा मेसीले चार फाइनलमा खेलेका थिए। तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो। Advertisement १९९३ यता अर्जेन्टिना र मेसी अभागी सावित भइरहे। क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्। तर उनी र उनको देश २८ वर्षसम्म ‍अभागी सावित भए। अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको ...
पहिलो एकदिवसीय खेलमा पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

पहिलो एकदिवसीय खेलमा पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

खेलकुद
पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिम इंग्ल्यान्डले सहज जित हात पारेको छ। बिहीबार कार्डिफ भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो।  Advertisement पहिले ब्याटिङ गरेको पाकिस्तान ३५.२ ओभरमा १४१ रनमै अलआउटमा भयो। पाकिस्तानका लागि फखर जमानले ४७ रन जोड्दा शादब खानले ३० रन बटुले। अन्य ब्याट्सम्यानमै सस्तैमा आउट भए।  बलिङमा इंग्ल्यान्डका सकिब मोहमुदे ४ विकेट लिए।  १४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर फिल साल्टले ७ रनमा आउट भए। डेभिड मालनले नटआउट ६८ रन र जाक क्रलीले नटआउट ५८ रन जोडे।  ...
कोपा अमेरिकामा पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

कोपा अमेरिकामा पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

खेलकुद
ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो।  Advertisement कोलम्बियालाई जिताउन लुइस डियाजले खेलको अन्तिममा गोल गरे। खेलमा अग्रता भने पेरूले लिएको थियो। खेलको ४५औँ मिनेटमा  योशिमर योतुनले गोल गरी पेरुलाई सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरू हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काए। खेलको ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा  पेरूका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए। ९० मिनेटपछि ६ मिनेट थप गरिएको थियो। थपिएको चौथो अर्थात ९४औँ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी ...
अष्ट्रेलियामाथि वेष्ट इण्डिजको शानदार जित

अष्ट्रेलियामाथि वेष्ट इण्डिजको शानदार जित

खेलकुद
अष्ट्रेलियासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इण्डिज १८ रनले विजयी भएको छ। शनिबार घरेलु टोलीले वेष्ट इण्डिजले दिएको १४६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि सहज जित हात पारेको हो। Advertisement अष्ट्रेलियाका लागि मिचेल मार्शमार्शले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्। उनले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए। यस्तै, म्याथ्यू वेडले ३३, मोइसेस हेनरिक्सले १६ र  डान क्रिश्चियनले १० रन बनाउँदा। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।  बलिङमा वेष्टइन्डिजका लागि ओबेद म्याकोयले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यस्तै, हेडेन वाल्शले ३, फेबियन एलेनले २ र आन्द्रे रसेलले एक विकेट हात पारे। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टो...
पाँचौ फाइनलमा सफल होलान् मेसी?

पाँचौ फाइनलमा सफल होलान् मेसी?

खेलकुद
स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेसी र नेइमार आइतबार विहान एकअर्काविरुद्ध भिड्दैछन्। आइतबार विहान कोपा अमेरिका २०२१ को उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्दा मेसी र नेइमार पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छन्। Advertisement दुवैले आफ्नो देशका लागि मुख्य प्रतियोगिताको उपाधि उचाल्ने अवसर अहिलेसम्म पाउन सकेका छैनन्। छ पटकका बालन डि'अर विजेता अर्जेन्टाइन फरवार्ड मेसी चौथो पटक कोपा अमेरिकाको फाइनल खेल्दैछन्। सम्भवत यो उनका लागि करिअरमा उपाधि जित्ने अन्तिम अवसर हुन सक्छ।  कोपा अमेरिका २०२१ मा मेसीले चार गोल गर्दा उतिकै पास गोलका लागि सिर्जना गरेका छन्। उत्कृष्ट लयमा देखिएका ३४ वर्षीय मेसीका लागि आगामी वर्ष कतारमा हुने विश्वकप अन्तिम विश्वकप हुन सक्छ।  मेसीले २००७, २०१५ र २०१६ को कोपाको फाइनल खेलेका थ...