२०८१ बैशाख १९

टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण, दक्षिण एसियाको भारतसहित २० देशले जिते पदक

टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ। चीनकी सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन्।

कोरोना भाइसका कारण बनाइएको नयाँ नियमका कारण उनलाई मेडल किस्तीमा राखिएर दिइएको थियो भने उनले मेडल समारोहमा मास्क लगाएरै आफ्नो देशको राष्ट्रिय गान गाएकी थिइन्। 


Advertisement


ओलम्पिकको पहिलो दिन आज अहिलेसम्म २० देशले पदक जितेका छन्। जसमा चीनसहित ६ देशले स्वर्ण पदक हात पारेका छन्। 

चीन दुई स्वर्ण जित्दा आयोजक जापान, इक्वेइडर, इरान, दक्षिण कोरिया र कोसोभोले १-१ स्वर्ण हात पारेका छन्।

दक्षिण एसियाको भारतले पहिलो पहिलो दिन पदक जितेको छ। भारतले रजत पदक जितेको हो। भारतकी मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेकी हुन्। 

उनी ओलम्पिक भारोत्तोलनमा भारतका लागि रजत जित्ने पहिलो खेलाडी बनिन्। यो इभेन्ट्मा चीनकी होऊ जहुईले स्वर्ण र र इन्डोनेशियाकी विन्डी असाहले कास्य पदक जिते।

पहिलो दिन नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भइन्। 

महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। 

जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।

यसअघि आजै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन्। 

उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्। 

कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

कल्पनाले ६१६.८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन्।
अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।  एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। 

एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन्। 

यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ। 

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।

Copy link
Powered by Social Snap