२०८३ आश्विन १६

खेलकुद

सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीमाथि नेपालको सानदार जित

सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीमाथि नेपालको सानदार जित

खेलकुद
पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी भएको छ। यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २-० ले आफ्नो पक्षमा परेको छ।  ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो। पिएनजीको इनिङ्ग्स ध्वस्त पार्न क्रममा नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिन सफल भए। उनले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए।  Advertisement यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिनु थियो। पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिएन सफल भए। पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १...
भारतसँग नेपाल २-१ले पराजित

भारतसँग नेपाल २-१ले पराजित

खेलकुद
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो।  भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। Advertisement ८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए।  नेपालका लागि तेजले  खेल सकिन तीन मिनेट बाँकी छँदा गोल  फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट सुन्दर गोल गरेका हुन्। खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्। पहिलो हाफमा डाँगीले ड...
नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।  खेल आगामी भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल  नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  Advertisement दशरथ रंगशालामा खेल हेर्न चाहने दर्शकलाई प्रवेश दिइनेछ। जसमा साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआइपीतर्फको ५ सय रुपैयाँ मूल्य तोकिएको छ। टिकट प्रभु पेबाट काट्न सकिनेछ।  खेलका लागि बंगलादेशको टिम भोलि बिहान काठमाडौं आइपुग्नेछ।  नेपाली टिम अहिले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटको तयारी गरिरहेको छ।  छनोट प्रतियोगिता आगामी महिना उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।  नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र हङकङसँग असोज ५ गते खेल्नेछ। तीन टिममध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।  ‍नेपाल...
रोमान्चक खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हरायो, शृंखलामा २-० को अग्रता

रोमान्चक खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हरायो, शृंखलामा २-० को अग्रता

खेलकुद
न्युजिल्यान्डलाई ४ रनले हराउँदै बंगलादेशले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता लिएको छ। शेरे बांग्ला नेसनल स्टेडियम ढाकामा भएको खेलमा बंगलादेशले दिएको १४२ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। Advertisement उसका लागि कप्तान टम लाथमले अविजित ६७ रन बनाउँदा विल योंगले २२ तथा ल म्याककोन्चीले १५ रन बनाए। यस्तै राचिन रविन्द्रले १० रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। अन्तिम २ ओभरमा जितको लागि न्युजिल्यान्डलाई २८ रन आवस्यक रहँदा मोहम्मद सैफुद्दीनले १९ औं ओभरमा मात्र ८ रन खर्चिए। त्यसपछि अन्तिम ओभरमा २० रन आवस्यक रह्यो। अन्तिम ओभरमा मुस्तफिजुर रहमानले पहिलो ४ बलमा ७ रन मात्र खर्चिए पछि अन्तिम २ बलमा जित्न १३ रन आवस्यक रह्यो। सो अवस्थामा मुस्...
इटालीले बराबरी गर्‍यो ब्राजिल र स्पेनको कीर्तिमान

इटालीले बराबरी गर्‍यो ब्राजिल र स्पेनको कीर्तिमान

खेलकुद
इटालीयन राष्ट्रिय फुटबल टिमले अपराजित खेल संख्या ३५ खेलसम्म लम्बाएको छ। विश्वकप छनोटअन्तर्गत बिहीबार राति बुल्गेरियासँग १-१ गोलको बराबरीमा रोकिएको इटालीले अपराजित खेल संख्या ३५ पुर्‍याउंँदै नयाँ कीर्तिमान पनि बनाएको छ। Advertisement इटालीले स्पेन र ब्राजिलको कीर्तिमानसँग बराबरी गरेको हो। यसअघि ब्राजिल सन् १९९३ देखि १९९६ को बीचमा ३५ खेलसम्म अपराजित भएको थियो।  पछि स्पेनले ब्राजिलको कीर्तिमान बराबरी गरेको थियो। ब्राजिलको कीर्तिमान बराबरी गर्ने क्रममा स्पेन २००७ देखि २००९ को बीचमा खेलेका ३५ खेलमा पराजित भएन।  यसअघि इटालीले युरो कपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै उपाधि जित्ने क्रममा अपराजित खेल संख्या ३४ मा पुर्‍याएको थियो।  इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३५ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन...
रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

खेलकुद
क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग सिजन २०२१-२२ मा ७ नम्बरको जर्सी लगाउने म्यानचेस्टर युनाइटेडले पुष्टि गरेको छ।  युनाइटेडमा यसअघि ७ नम्बरको जर्सी इडिन्सन काभानीले लगाउने गर्थे। काभानीले अब २१ नम्बरको जर्सी लगाउनेछन्।  काभानीले राष्ट्रिय टिममा पनि २१ नम्बरकै जर्सी लगाउने गर्छन्।  Advertisement यसअघि रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेमा २ वर्षका लागि आबद्ध भएका थिए। पाँच पटकका बालन डि’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन्। उनी सन् २००९ मा युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए।  उनले युनाइटेडका लागि २९२ खेल खेल्दै ११८ गोल गरेका थिए। उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। रियलबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए।  त्यतिबेला उ...
विश्वकप छनोट : स्पेनको २८ वर्षपछि हार, इंग्ल्यान्ड र बेल्जियमको सानदार जित

विश्वकप छनोट : स्पेनको २८ वर्षपछि हार, इंग्ल्यान्ड र बेल्जियमको सानदार जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा स्पेन पराजित भएको छ। स्पेनलाई बिहीबार राति भएको खेलमा स्विडेनले २-१ गोलले पराजित गर्‍यो। स्पेन विश्वकप छनोटमा सन् १९९३ पछि पहिलो पटक पराजित भयो। Advertisement मार्च १९९३ मा डेनमार्कसँग पराजित भए यता स्पेनले विश्वकप छनोटमा ५२ खेल जित्दा १४ बराबरी खेलेको थियो। बिहीबार भएको समूह 'बी' को खेलमा स्पेनका लागि सोलेरले चौथो मिनेटमा पहिलो गोल गरे। स्विडेनका लागि इसाकले पाँचौ मिनेटमै नै बराबरी गोल फर्काए। ५७ मिनेटमा क्लासनले गोल गरेसँगै स्विडेन विजयी भयो। समूहमा स्विडेन लगातार तीन जितसँगै शीर्ष स्थानमा छ। यता इंग्ल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गर्‍यो। समूह 'आई' को खेलमा इंग्ल्यान्डका लागि स्टर्लिङले ५५, केनले ६३, माग्युरले ६९ र राइसले ८७ मिनेटमा गोल गरे।  बेल्जियमले समूह 'ई' को खेलमा ...
नेपाल र भारतबीचको खेलअघि के भन्छन् दुवै टिमका प्रशिक्षक र कप्तान?

नेपाल र भारतबीचको खेलअघि के भन्छन् दुवै टिमका प्रशिक्षक र कप्तान?

खेलकुद
नेपाल र भारतबीच भोलि बिहीबार र आइतबार गरी दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।  दशरथ रंगशालामा हुने दुवै खेल साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ।  खेलमा सरकारले ५१ सय दर्शकलाई मैदानमा राख्ने पाउने अनुमति दिएको छ।  Advertisement अनलाइनबाट टिकट काटेर मैदानमा खेल हेर्न आउने दर्शकले भ्याक्सिन कार्ड ल्याउनु पर्नेछ र कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ।  खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जितका लागि खेल्ने बताएका छन्।  भारतसँगको खेल कठिन हुने नेपालका कप्तान किरणकुमार लिम्बूको भनाइ छ। भारतीय टिमका प्रशिक्षक इगोर स्टिमाक नेपालसँगको खेललाई लिएर उत्साहित छन्। भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग खेल्न सधैं कठिन हुने प्रतिक्रिया दिएका छन्।  खेलअघि उनीहरूले दिएको प्रतिक्रिया यस्तो छ :- ...
नेपालले भारतलाई हराएका ती दुई अवसर

नेपालले भारतलाई हराएका ती दुई अवसर

खेलकुद, देश, समाचार
नेपाल र भारतको राष्ट्रिय टोली अहिलेसम्म १९ पटक एकअर्काविरुद्ध भिडेका छन् । र, भारत १३ पटक विजयी भएको छ । त्यसैगरी चार खेल बराबरीमा टुंगिएका छन् । नेपालले जितेको दुई पटकमात्रै हो । तर ती दुबै जित निकै शानदार छन् ।  ढाकामा मणि चम्किदा १९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको फाइनलमा नेपाल र भारत भिडेका थिए । यस संस्करणको साफमा अन्तिम दिनसम्म नेपालको राष्ट्रिय धुन रंगशालामा बजेको थिएन । किनकी, स्वर्ण जित्ने टोलीको मात्रै राष्ट्रिय धुन बज्ने प्रावधान थियो र नेपालले अन्तिम दिनसम्म कुनै खेलमा स्वर्ण जितेन ।  Advertisement अन्तिम दिन फुटबलतर्फको फाइनल खेल थियो । यस खेलमा  भारतले पहिलो हाफमै अग्रता बनायो । त्यसपछि उमेश प्रधानले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए । तर, भारतका आइएम विजयले अन्त्यतिर गोल गरेपछि नेपालको खेल जित्ने आशा निराशामा परिणत भ...
एसियन युथमा पदक जितेका बक्सर भन्छन्-‘अबको लक्ष्य युथ विश्व च्याम्पियनसिप’

एसियन युथमा पदक जितेका बक्सर भन्छन्-‘अबको लक्ष्य युथ विश्व च्याम्पियनसिप’

खेलकुद
युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ विश्व च्याम्पियनसिप’ भएको बताएका छन्।  प्रतियोगितामा सहभागी भई यूएईबाट आज फर्किएका खेलाडीहरुले त्रिभुवन विमानस्थलमा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताए। Advertisement पुरुष ५४ किलोमा कास्य पदक जितेका छिरिङवाङ्दी शेर्पाले दुई महिनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाए। “संघ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उनले भने, “अबको लक्ष्य युथ विश्व च्याम्पियनसिपमा पदक जित्ने हो ।”  यस्तै महिला ५२ किलोमा कास्य जितेकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने यूएईमा सम्पन्न जुनियर च्याम्पियनसिपबाट प...